नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २०, २०८२ बागेश्वरी पोस्ट
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया

नेपालगञ्ज । लैङ्गिक हिंसा विरुद्धको अभियान २५ नोभेम्बरदेखि १६ दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि धार्मिक अगुवा तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।

अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) को आयोजना र इस्लामी संघ नेपाल प्रदेश लुम्विनीको सहआयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष नजरुल हसन फलाहीको प्रमुख आतिथ्यता र अन्तर धार्मिक संजाल (निरन नेपाल) तथा इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष ओबैदुर्रहमान खानको सभाध्यक्षतामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित आइडियल पब्लिक माध्यमिक विद्यालयमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अल्हेरा एजुकेशनल सोसाइटी उपाध्यक्ष इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव एवम् आइडियल पब्लिक मावि अध्यक्ष बद्री आलम खानले लैंगिक हिंसा न्यूनीकरणका लागि सामुदायिक एकताको आवश्यकताका साथै महिलाको अधिकार सुनिश्चित भएको समाजमै सु-शासन सम्भव हुने उल्लेख गर्दै समाजलाई दीगो रूपान्तरणतर्फ लैजान सकिने कुरामा जोड दिएका छन् ।

इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष खानले लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्यांकहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियानमा सीमित नरही निरन्तररुपमा सम्बन्धित सबै निकायहरूले आ-आफ्नो क्षेत्रबाट सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको उनले बताएका छन् ।

फातिमा फाउण्डेशन अध्यक्ष मैमुना सिद्धिकीले सामाजिक परिवर्तन र लैंगिक हिंसा विरुद्ध सशक्त रूपमा आवाज उठाउने हिम्मतको आवश्यकता प्रविधिलाई सुरक्षित रूपमा उपयोग गर्न सके मात्र लैंगिक हिंसाका रोक्न सकिने बताइन् । पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकारात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको हुँदा सकारात्मक सोचको विकास गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् । 

बालबालिका, ज्येष्ठ नागरिक, महिला सेवा केन्द्र प्रमुख चन्द्रिका खनालले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनीकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने कुरामा जोड दिँदै महिला र पुरुष बीचमा मात्र नभई महिला महिला बीच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा समेत व्यक्त गरेकी थिइन् ।

आइडियल पब्लिक माबिका अतिरिक्त क्रियाकलाप संयोजक आदिल अन्सारीले सहजीकरण गरेको कार्यक्रममा अल्हेरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष खुर्शिद आलम इस्लाही, धर्मगुरु, बुद्धिजीवी, समाजसेवी लगायत महिला अगुवा, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि, संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
'लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्'
'लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्'
ग्रामिण समुदायका महिला अझै हिंसा पीडित
ग्रामिण समुदायका महिला अझै हिंसा पीडित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP