नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
banijya office RSG-2
नेपाली सेनाले पनि दाउरा बाँड्यो
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०८२ बागेश्वरी पोस्ट
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार

नेपालगञ्ज । बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । बाँकेका स्थानीय तहले धमाधम दाउरा वितरण गर्न थालेका छन् । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार जिल्लाका आठ वटै पालिकाले दाउरा वितरण गरिरहेका छन् । 

पुस लागेदेखि बाँकेमा एकाध दिन बाहेक घामै लागेको छैन । स्थानीय तहले गरीब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन् । हालसम्म विभिन्न पालिकामा १०८० थान कम्बल वितरण भइसकेको ज्ञवालीले जानकारी दिनुभयो । जानकी गाउँपालिकामा ८००, राप्तीसोनारी गाउँपालिकामा १८०, कोहलपुर खजुरामा ५०/५० थान कम्बल वितरण गरिएको छ । बैजनाथले पनि कम्बल वितरण सुरु गरेको जनाएको छ । १७८० थान कम्बल मौज्दात छ ।

यस्तै सार्वजनिक स्थानमा आगो बाल्नका लागि ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ, र राप्तीसोनारीले २/२ चट्टा दाउरा वितरण गरिसकेका छन् भने अन्य पालिकामा पनि वितरण हुँदैछ । नेपालगन्ज उपमहानगरपालिकाले पनि आजदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । सार्वजनिक स्थान, चोक, मानिसको भिडभाड हुने ठाउँहरुमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

अत्यधिक चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपलिकाले सार्वजनिक स्थानमा आगो ताप्नको लागि दाउरा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले जानकारी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङले बाँकेमा अत्यधिक चिसो बढेका कारण शीतलहर पूर्व कार्य अन्तर्गत स्थनीय तहहरुले दाउरा वितरण गर्ने, चिसोबाट जोगिन विभिन्न सचेतनाको काम गर्न सुरु गरेको बताए ।

May be an image of one or more people

यसैबीच नेपाली सेनाको बज्रदल गण राँझाले चिसो पीडितहरुलाई जिल्लाका खजुरा, पुरैना, फुलटेक्रा, आलानगर लगायत विभिन्न स्थानहरुमा आगो ताप्न दाउरा सहयोग गरेको गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

May be an image of one or more people

यसैगरी यहाँका सबै पालिकाले विद्यालयहरुमा जाडो विदा दिएका छन् । बाँकेमा जिल्ला विपद् ब्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुसार काम गरिरहेको जनाएको छ । उक्त योजना अनुसार यस बर्ष बाँकेमा ३६ हजार घरपरिवारका १ लाख ७६ हजार मानिस चिसो तथा शीतलहरबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ । 

May be an image of one or more people, fire and text


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP