नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
बागेश्वरी पोस्ट
आइतबार, चैत १५, २०८२ बागेश्वरी पोस्ट
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित कार्यक्रम नरैनापुर–४ स्थित रंगशालामा सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा सरोकारवाला निकाय र स्थानीयबासीबीच दोहोरो प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको अन्त्यमा पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ ।

घोषित प्रतिबद्धता अनुसार पालिकाभित्र रहेका गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समितिमार्फत निर्णय गरी कार्यपालिकामा पठाइने, विद्यालय व्यवस्थापन समिति चयन गर्दा अभिभावकलाई जानकारी नहुने गुनासो समाधान गर्न आगामी दिनमा सार्वजनिक सूचना जारी गरी पारदर्शी प्रक्रिया अपनाइने जनाइएको छ । यस्तै, नरैनापुर–४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गरिने, धारा तथा बोरिङ आवश्यकता अनुसार वितरण प्रक्रिया अगाडि बढाइने, सडक निर्माण गर्दा नाला व्यवस्थापन अनिवार्य गरिने र योजनाको प्रभावकारी अनुगमन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै सडक अतिक्रमणका कारण बढ्दो दुर्घटना न्यूनीकरणका लागि अतिक्रमण हटाउने पहल गरिने पनि जनाइएको छ ।

कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले सार्वजनिक सुनुवाईको उद्देश्य प्रष्ट पार्दै सुनुवाई पूर्व गरिएको नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले चालू आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिको प्रगति विवरण प्रस्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वागत गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले गरेका थिए ।

सुनुवाईमा सहभागीहरूले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई आयोजना गरी आफ्ना गतिविधि र प्रगतिबारे जानकारी गराएको तथा प्रत्यक्ष रूपमा प्रश्न राख्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा लक्षित वर्गका कार्यक्रम लगायत विविध विषयमा सहभागीहरूले खुलेर प्रश्न राखेका थिए । प्रश्नहरूको जवाफ जनप्रतिनिधि तथा कर्मचारीहरूले दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा डेढ सय बढीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP