नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ ७, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा आज अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सम्पन्न बैठकमा बर्दिया जिल्लाका सबै स्थानीय तह तथा बाँके जिल्लाका कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विपद् तथा वातावरण समितिका संयोजक, विपद् फोकल पर्सन र जेसी फोकल पर्सनहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला समन्वय समिति, बर्दियाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले उपमहानगरपालिकाले सुरु गरेको अन्तर स्थानीय तह स्रोत साझेदारी तथा समन्वय संयन्त्र र आवासीय घर बिमा कार्यक्रम लगायत विपद् व्यवस्थापनका क्षेत्रमा गरिएका असल अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागी अन्य स्थानीय तहका प्रतिनिधिहरूले समेत आफ्ना स्थानीय तहमा भइरहेका विपद् व्यवस्थापनसम्बन्धी असल अभ्यास, अनुभव र प्रयासबारे जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जलाई पश्चिम क्षेत्रको विपद् व्यवस्थापनको हबका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले आपत्कालीन सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहहरूबीच आपसी समन्वय, स्रोत साझेदारी र सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव प्रदीप कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले नेपालगञ्ज उपमहानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरिरहेका नवीनतम तथा अनुकरणीय कार्यहरूको प्रशंसा गरे । उनले स्थानीय तहहरूबीचको समन्वय र स्रोत साझेदारीले विपद् पूर्व तयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन वुमन र एचआईको साझेदारी एवं सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममार्फत स्थानीय तहहरूबीच समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रवर्द्धन गर्दै विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यमा सहयोग पुर्‍याइँदै आएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP