Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १०, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'

नेपालगञ्ज । नेपालगञ्जसहित बाँकेका विभिन्न पालिकामा बुधबार मुस्लिम समुदायले इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मोत्सव ‘मोहम्मद डे’ धार्मिक श्रद्धा र उत्साहका साथ मनाएका छन् ।

इस्लामिक पात्रो हिजरी संवत्को तेस्रो महिना रवि उल अव्वलको १२ तारिखका दिन मनाइने पर्वका अवसरमा नेपालगञ्जमा बिहानैदेखि विशेष कार्यक्रम आयोजना गरिएको थियो । मुस्लिम समुदायका बालबालिका, युवा तथा अगुवाहरूले नेपाली राष्ट्रिय झण्डा र मदिनाको झण्डा बोकेर मोहम्मदी जुलुस निकालेका थिए ।

जामा मस्जिदबाट सुरु भएको जुलुस नेपालगञ्जका विभिन्न क्षेत्रको परिक्रमा गर्दै गौसिया मस्जिदमा पुगेर समापन भएको थियो । जुलुसमा सहभागीहरूले धार्मिक नारासहित पर्वको शुभकामना आदानप्रदान गरेका थिए ।

यस वर्षको जुलुसमा डिजे तथा ठूलो साउण्ड सिस्टमको प्रयोग नगरी धार्मिक मर्यादा अनुसार कार्यक्रम गरिएको छ । पर्वलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपालगञ्जका विभिन्न चोकमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

मोहम्मद डेको पूर्वसन्ध्यादेखि नै नेपालगञ्जका सडक, गल्ली, घर, टोल तथा मस्जिदहरू आकर्षक रूपमा सजाइएको थियो । विभिन्न स्थानमा धार्मिक प्रवचन तथा अन्य धार्मिक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

मुस्लिम समुदायले हजरत मोहम्मदको जन्मोत्सवलाई धार्मिक आस्था, सद्भाव र आपसी भाइचाराको सन्देश फैलाउने अवसरका रूपमा मनाएका छन् ।

मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले स्थानीय विदा दिएका छन् ।


प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP