नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ११, २०८३ बागेश्वरी पोस्ट
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न जिल्लावासीमा अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक अपिल जारी गर्दै २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्को यस घडीमा सहयोगका लागि आग्रह गरेको हो ।

अपिलमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितको खोज, उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिइरहेको उल्लेख गरिएको छ । प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक रहेकाले आर्थिक सहयोग गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सकिने जनाएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल तथा हिमालयन बैंक (डलर खाता) का खाता विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री राहत कोषका लागि भने राष्ट्रिय वाणिज्य बैंकको खाता उपलब्ध गराइएको छ ।

सरकारले पनि रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न देशवासीलाई अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले विपद्को समयमा मानवीय सहयोगमा जुट्न सम्पूर्ण बाँकेवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा आग्रह गरेको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
नेपालगञ्जमा अन्तर स्थानीय तह समन्वय बैठक सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP