नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १३, २०८३ बागेश्वरी पोस्ट
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आज बसेको नगर कार्यपालिका बैठकले बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । 

हालसम्म कोहलपुरका एक जनाको बाढीमा परी मृत्यु भएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिका ११ का कविराम थारुको मृत्यु भएको छ । थारुको शव चितवनमा फेला परेको थियो । उनको आजै कोहलपुर शवदाहगृह अन्त्यष्टि गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । अझै ११ जना बेपत्ता भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका छन् । 

कार्यपालिकाको बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने निर्णय गरिएको छ । वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नम्बर २ का वडा अध्यक्ष हरि सिंह कठायतल, ५ का वडा अध्यक्ष  दिपेन्द्र श्रेष्ठ र ६ का वडा अध्यक्ष श्रीकृष्ण  थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्नेछ । 

विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णय समेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पुर्‍याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP