नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
RSG-2
युनियन सदस्यको क्षमता विकासमा अग्रजको जोड
बागेश्वरी पोस्ट
आइतबार, भदौ १४, २०८३ बागेश्वरी पोस्ट
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य शिविर तथा तीजको अवसरमा महिला पत्रकारहरुको लागि लेखन अभिवृत्ति कार्यक्रम गर्ने भएको छ । 

युनियन बाँकेको आइतबार बसेको कार्यसमितिको दोस्रो बैठकले पत्रकारहरुको लागि निःशुल्क मिर्गौला परीक्षण शिविर तथा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा लेखनवृत्ति कार्यक्रम गर्ने निर्णय गरेको हो । 

अध्यक्ष कमल खत्रीको अध्यक्षतामा बसेको बैठकले युनियनका संस्थापक स्व. पन्नालाल गुप्त (चाचाजी) को जन्मजयन्तीको अवसरमा यही भाद्र २७ गते नेपालगञ्जमा पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर गर्ने तथा यही भाद्र महिनाभित्र तीजको अवसरमा महिला पत्रकारहरुको लागि लेखनवृत्ति कार्यक्रम गर्ने तय गरिएको सचिव भिष्म लोधले जानकारी दिए । 

स्व. पन्नालाल गुप्त स्मृति प्रतिष्ठान, सेन्ट्रल सिटी हस्पिटल, नेपाल पत्रकार महासंघ बाँकेको समन्वय र सहकार्यमा स्वास्थ्य शिविर गरिनेछ । रसुवामा आएको बाढीका कारण सिंगो देश नै दुःखमा रहेको कारण हरितालिका तीजको अवसरमा गरिने अन्य कार्यक्रम नगरेर लेखनवृत्ति कार्यक्रम मात्र गर्ने निर्णय गरेको छ । 

यसैगरी युनियनले “युनियन संवाद” कार्यक्रम गर्ने भएको छ । समाजमा रहेका समसामायिक समस्या तथा मुद्दाका सवालमा नियमित रूपमा युनियन संवाद कार्यक्रम गर्ने भएको हो । 

युनियन सदस्यको क्षमता विकासमा अग्रजको जोड

नेपाल प्रेस युनियन बाँकेले युनियनलाई चलायमान बनाउन आवश्यक छलफल तथा परामर्शको कार्यलाई अगाडि बढाएको छ । युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले संगठनलाई निरन्तररुपमा चलायमान बनाउन आइतबार नेपालगन्जमा युनियनका पूर्व अध्यक्ष तथा अग्रजहरुसंग आवश्यक छलफल तथा सुझाव संकलन गरेको छ ।

युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको अग्रजहरुसंगको छलफल तथा परामर्श कार्यक्रममा युनियनलाई सांगठनिक रुपमा बलियो बनाएर जानुपर्ने बताए । वक्ताहरुले युनियन बाँकेले देशभरीमै शखाहरूमध्ये राम्रो काम गरिरहेको प्रशंसासंगै थप सशक्त भएर अघि बढ्नुपर्ने र त्यसका लागि कार्ययोजना बनाएर जानुपर्ने सुझाव दिए । 

युनियनमा आवद्ध पत्रकार व्यवसायिक पत्रकारितामा अग्रसर हुन जरुरी रहेको र त्यसका साथै उनीहरुलाई आवश्यक क्षमता विकास, व्यवसायिक तालिम, सामाजिक संजालको प्रयोग जस्ता विषयमा प्रशिक्षण चलाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, महासचिव एवम् पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ प्रदेश सदस्य निर्मल आचार्य, युनियन बाँकेका पूर्व अध्यक्षहरु प्रियास्मृति ढकाल, अर्जुन ओली, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा मगर, अग्रजहरु निरज गौतम, बिजय कुमार बर्मा, राकेश मिश्र, मोहम्मद आरिफ अन्सारी, रुपन ज्ञवाली लगायत, क्रियाशील महिला पत्रकार समूह बाँके अध्यक्ष साबित्री गिरीले युनियनलाई सशक्त बनाउन सल्लाह, सुझाव दिएका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP