नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १४, २०८३ बागेश्वरी पोस्ट
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग

नेपालगञ्ज । बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय स्मृति दिवसका अवसरमा नेपालगञ्जमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

एड्भोकेसी फोरम नेपाल, न्यायका लागि द्वन्द्वपीडित समाज, नेपाल रेडक्रस सोसाइटी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग तथा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल लगायत संस्थाहरूको संयुक्त आयोजनामा ‘राज्यको दायित्व र नागरिकको खबरदारी’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा द्वन्द्वपीडितहरूले सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए । पीडितहरू चन्द्रकला उप्रेती, चन्द्रकला अधिकारी, कलि परियार, सीता शाही लगायतले आफ्ना पीडा सुनाउँदै वर्षौँदेखि बेपत्ता रहेका आफन्तको अवस्था सार्वजनिक गर्न माग गरे ।

उनीहरूले बेपत्ता पारिएका व्यक्तिको खोजी, सत्यको स्थापना, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई प्रभावकारी परिपूरणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । “शान्ति सम्झौता भएको २० वर्षसम्म पनि न्याय पाएनौँ । अझै कति वर्ष कुर्नुपर्ने हो ?” द्वन्द्वपीडितहरूले प्रश्न गरेका छन् ।

कार्यक्रमको सहजीकरण एड्भोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सहभागी थिए । मन्त्री खत्रीले द्वन्द्वपीडितका समस्या र मागलाई प्राथमिकताका साथ सम्बोधन गर्न पहलकदमी लिने बताए । उनले पीडितसँग नियमित संवाद गर्ने र सत्य तथा न्यायको प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

May be an image of one or more people, people studying, dais, hospital and text that says 'सन्द्न बल पुर्वक व्यक येपता पाने कार्यी विरुदुको अन्तराष्ट्रिय स्मृति दिवस वेपता पारिएकाहरुको सम्भना, न्याय सत्यको ख्वोजी: पीडित परिवारसंग हाम्रो ऐक्यवद्रता राज्यको दायित्व नागरिकको खबरदारी २०८३ भाव् จษ (३ अगस्ट २०२६) नेपालगज, 우민질'

पीडित परिवारलाई प्रदेश सरकारका विभिन्न सामाजिक तथा आर्थिक कार्यक्रमसँग जोड्ने, उनीहरूका बालबालिकाको शिक्षा र भविष्यका लागि सहयोग गर्ने तथा स्वास्थ्य र मनोसामाजिक सेवामा पहुँच बढाउन पहल गर्ने उनको भनाइ थियो । मन्त्री खत्रीले बेपत्ता पारिएका व्यक्तिको स्मृति र सम्मानलाई कायम राख्दै मानव अधिकारलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउने तथा पीडितको सहभागितालाई महत्व दिने बताए ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला बारकी अध्यक्ष पुनम श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश श्रीवास्तव लगायतले पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएका थिए ।

May be an image of one or more people and table

वक्ताहरूले द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको भन्दै संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री, विश्वसनीय र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । राज्यले पीडित परिवारप्रतिको दायित्व पूरा गर्दै सत्य, न्याय र परिपूरण सुनिश्चित गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ थियो ।

कार्यक्रमका सहभागीहरूले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्नु राज्यको पहिलो दायित्व भएको भन्दै नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारमाध्यम र सरोकारवाला सबैले निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए ।


प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न माग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ४९ हजार सहयोग
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP