Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ५, २०८३ बागेश्वरी पोस्ट
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले ‘पूर्वानुमानमा आधारित पूर्व कार्य राष्ट्रिय कार्यढाँचा–२०८३’ सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणका क्रममा शर्माले पूर्वानुमानमा आधारित पूर्व कार्यलाई सुदृढ गर्दै विपद्बाट हुने जनधन तथा वातावरणीय क्षति न्यूनीकरण गर्न कार्यढाँचा तयार गरिएको बताए । आसन्न विपद्को अवस्थामा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यमान संघीय शासन संरचना अनुसार बहुस्तर, अन्तर निकाय तथा विकास साझेदारबीच सहकार्य र समन्वयमार्फत पूर्वानुमानमा आधारित पूर्व कार्य सञ्चालन गर्ने उद्देश्य कार्य ढाँचाले लिएको उनले बताए ।

कार्यक्रम अन्तर्गत बाढी आउनु अघि समुदायमा पूर्व सूचना तथा पूर्व चेतावनी सम्प्रेषण गर्ने, जोखिममा रहेका समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा अस्थायी आश्रयस्थलमा खानेपानी, सरसफाइ तथा स्वच्छता, नगद सहायता लगायतका आवश्यक सेवा उपलब्ध गराउने योजना रहेको छ ।

बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी कार्यक्रम बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

अभिमुखीकरण कार्यक्रममा तीन वटै गाउँपालिकाका जनप्रतिनिधि, विपद् फोकल पर्सन, नेपाल रेडक्रस सोसाइटीका पालिका शाखाका संयोजक, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नेरेसो बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका उपसंयोजक मीनबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वरी वर्मा, नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्य लगायतको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक प्रमोद अधिकारीले गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत प्रह्लाद विश्वकर्माले गरेका थिए । 


प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP