नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता
बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १७, २०७७ बागेश्वरी पोस्ट
बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय डोटी

नेपालगन्ज । डोटीमा बालिका बलात्कार गरेको आरोपमा एकजना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता भएको छ । जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशिल सिंहले त्यही ठाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा आज मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा प्रहरी जवान सिंह विरुद्ध मुद्दा दर्ता गरिएको हो । 

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति बालिकालाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे बालिकाको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि बालिका अर्धचेत अवस्थामा भेटिएको आफन्तको भनाइ छ ।  

‘सुनसान रात थियो, राति कोही चिच्च्याएको आवाज आयो’, पीडित बालिकाका बुवाले भन्नुभयो, ‘को रहेछ भनेर हेर्न गएको छोरीलाई उसैको दोपट्टाले रुखमा झुण्ड्याएको अवस्थामा भेट्यौँ र हतार हतार दोपट्टा काटेर बचायौँ ।’

अचेत अवस्थामा भेटिएकी छोरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात होस आएपछि आज बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएको पीडितका बुवाले बताउनुभयो ।

बालिकाको घाँटीमा दोपट्टाले लगाएको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताउनुभयो । 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP