नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भागरथी भट्ट हत्यामा ४ जनाको ‘क्लोज रिङ’तयार
भागरथी भट्ट हत्यामा ४ जनाको ‘क्लोज रिङ’तयार
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ३, २०७७ बागेश्वरी पोस्ट
भागरथी भट्ट हत्यामा ४ जनाको ‘क्लोज रिङ’तयार

नेपालगन्ज। बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन पुगिसक्दा अपराधी पत्ता लाग्न सकेका छैनन्। प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको बताइरहेको छ।

गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थियो। घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदी माघ २५ गतेदेखि आफैं खटिएका छन्। प्रहरीले हत्याको अनुसन्धानमा ४ जनाको "क्लोज रिङ" तयार पारेको छ।

अपराधी ती चार जनामध्ये एक जना हुनुपर्ने निष्कर्ष निकालिएको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए। ‘घटनाको दिन ती चार जना सशंकितहरु सबैको कनेक्सन खोचलेक बजारसँग जोडिएको छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘उक्त दिन उनीहरुमध्ये केही खोचलेक बजारमा देखिएका थिए। केहीले बजारमा बसेर मदिरासमेत सेवन गरेका थिए।’

अनुसन्धानका क्रममा ती ४ जनामध्ये २ जनाको प्राविधिक पक्षबाट विश्लेषण गर्दा उनीहरु अपराधमा संलग्न भएको हुनसक्ने धेरै तथ्य र प्रमाणहरु खुलेको ती अनुसन्धान अधिकृतले बताए। प्रहरीले शंकास्पद व्यक्तिहरुको क्लोज रिङ बनाएर क्लोज मनिटरिङ गरिरहेको बताउँदा एक जना पनि पक्राउ परेका छैनन्। ती व्यक्तिहरु जिल्ला वा क्षेत्र छोड्न लागेमा पक्राउसमेत गर्ने गरी तयारी भइरहेको प्रहरीले जनाएको छ।

सुरुमै पक्राउ गरेर अनुसन्धान गर्नुभन्दा अनुसन्धान सकेर पक्राउ गर्ने पक्षमा प्रहरी रहेको बुझिन्छ। ‘अहिले नै शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्ने पक्षमा छैनौँ। पहिले हामी प्रमाण सङ्कलन गरिरहेका छौँ र अपराध पुष्टि भइसकेपछि मात्रै अपराधीलाई पक्रने पक्षमा छौँ,’ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले भने।

अपराधीको धेरै नजिक पुगिसकेको र केही दिनमै अपराधी सार्वजनिक गर्ने एसएसपी सिंहले बताए। भागरथी हत्या प्रकरणको अनुसन्धान सल्टाउनका लागि प्रदेशका डिआइजी सुवेदीको टिममा अब्बल अधिकारीसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि परिणाम निकाल्नका लागि छानबिन जारी राखेका छन्।

दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुवेदीको भनाइ छ। तर अपराधी कहिलेसम्म पत्ता लाग्छन् भन्ने कुरा उनले खुलाउन चाहेका छैनन्। भागरथी हत्यासम्बन्धी प्रहरीले विशेष सूचना हात पारेको र अनुसन्धानको दायरा साँघुरो बनेको प्रहरी दावी छ। भागरथीको मोबाइलमा आएका कल डिटेल्सको अनुसन्धान पनि प्रहरीले सिध्याएको छ।

डिआइजी सुवेदीले भने, ‘हिजोअस्तिकोभन्दा अनुसन्धान साघुरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ।’ भागरथी प्रकरणको अनुसन्धान कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको जस्तो बन्ने खतरा थियो। उक्त खतरालाई डिआइजी सुवेदीले टार्दै अनुसन्धानमा अग्रपंक्तिमा उभिएका हुन्। १० दिनदेखि कमाण्डर बनेर सुवेदी गाउँको चौकीमा बस्दै आएका छन्। प्रत्येक समय अनुसन्धान अधिकारीसँग रिपोर्टिङ लिइरहेका छन् उनले।आयोमेलबाट।


प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP