prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बक्तृत्वकलामा साइनिङ स्टारकी बर्षा पाण्डे प्रथम
बक्तृत्वकलामा साइनिङ स्टारकी बर्षा पाण्डे प्रथम
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ४, २०७७ बागेश्वरी पोस्ट
बक्तृत्वकलामा साइनिङ स्टारकी बर्षा पाण्डे प्रथम
प्रथम स्थान हासिल गरेकी पाण्डेलाई पुरस्कार दिइँदै

नेपालगञ्ज । नेपालगञ्जमा आयोजित 'पुस्तकको महत्व' विषयक बक्तृत्वकला प्रतियोगितामा साइनिङ स्टार स्कुल कोहलपुरकी छात्रा बर्षा पाण्डेले प्रथम स्थान हासिल गर्नुभएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आदर्श मावि नेपालगञ्जमा आज आयोजना गरेको जिल्लाव्यापी माध्यामिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा लक्ष्मी मावि मदुईकी श्रृष्टि शर्मा दोस्रो तथा ज्ञानज्योति मावि चप्परगौडीका प्रकाश थापा तृतीय हुनुभएको छ । प्रतियोगितामा त्रिभुवन मावि कोहलपुरकी समिका थापा र मंगल मावि नेपालगञ्जका पंख रोकायले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

No description available.

राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक गिरीराज पौडेल, बागेश्वरी पोष्ट डटकमका प्रधान सम्पादक नवीन गिरी र भेरी साहित्य समाजका महासचिव लेकप्रसाद प्याकुरेल निर्णायकका रुपमा रहनुभएको थियो । विजयी प्रतियोगी तथा सहभागीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त लामिछाने र बाँके शाखा अध्यक्ष शालिक सुवेदीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

No description available.

२३ वटा विद्यालयका २३ जना छात्रछात्रा सहभागी प्रतियोगितामा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश अध्यक्ष लामिछानेले पुस्तकको महत्वलाई हृदयंगम गर्दै पुस्तक पढ्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि साहित्कार सनत रेग्मीले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकाले नयाँ पुस्ताले पुस्तकको महत्वलाई बुझ्नुपर्नेमा जोड दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले पढेर कहिल्यै नसकिने भन्दै जीवन पर्यन्त पुस्तकको महत्व कहिल्यै नघट्ने उल्लेख गर्नुभयो ।

No description available.

शाखा उपाध्यक्ष मन्दिरा पाण्डेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवदीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र शर्मा, आदर्श माविका प्रिन्सिपल विरभान केसीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य समेत रहनुभएका शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रदिप सापकोटाले गर्नुभएको थियो ।

No description available.


प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP