नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भागरथीका हत्या आरोपी ११ मा पढ्ने छिमेकी सहपाठी, प्रहरीले आज सार्वजनिक गर्दै
भागरथीका हत्या आरोपी ११ मा पढ्ने छिमेकी सहपाठी, प्रहरीले आज सार्वजनिक गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ५, २०७७ बागेश्वरी पोस्ट
भागरथीका हत्या आरोपी ११ मा पढ्ने छिमेकी सहपाठी, प्रहरीले आज सार्वजनिक गर्दै

नेपालगन्ज । बैतडीेको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपी पक्राउ परेका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी आज सार्वजनिक गर्दैछ ।

भागरथीको हत्या उनी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययनरत युवकले गरेको प्रहरीले जनाएको छ । उनी भागरथीका छिमेकी समेत हुन् । उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

माघ २१ गते बलात्कार र हत्या भएपनि त्यसको भोलिपल्ट साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटो भन्दा करिब ७० मिटर तल बनमाराको भागरथीको शव फेला परेको थियो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ । सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले पक्राउ परेका आरोपीले घटना स्वीकार गरिसकेको बताउनुभएको छ । घटना भएको पहिलो दिन देखि नै उनी शंकाको घेरामा थिए । प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेको आरोपीले बदला लिन यो घटना गराएको प्रहरीलाई बताएका छन् । ‘बाबुको पालाको बदला लिन भागरथीका बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, ‘छिमेकी दुई परिवार बिचमा पुरानो रिसइबी देखिन्छ ।’ अन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।


प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP