नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • तरुण दल कार्यकर्ताको हत्या गर्ने वडाध्यक्षसहित ५ जना नेकपा कार्यकर्ता जेल चलान
तरुण दल कार्यकर्ताको हत्या गर्ने वडाध्यक्षसहित ५ जना नेकपा कार्यकर्ता जेल चलान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १३, २०७७ बागेश्वरी पोस्ट
तरुण दल कार्यकर्ताको हत्या गर्ने वडाध्यक्षसहित ५ जना नेकपा कार्यकर्ता जेल चलान

नेपालगन्ज। तरुण दलका कार्यकर्ताको खुँडा प्रहार गरी हत्या गरेको आरोपमा वडाध्यक्षसहित ५ जनालाई जेल चलान गरिएको छ।

बझाङ जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गर्ने नेकपाका कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडी, भतिजा प्रकाश ऐडीसहित पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

वडा नं ३ बाट निर्वाचित वडाध्यक्ष विकास ऐडीको भतिज प्रकाशले काकाले प्रयोग गर्ने सरकारी बाइकमा गई बिच सडकमा आक्रमण गरी तरुण दलका कार्यकर्ताको अमृत सिंहको हत्या गरेका थिए। २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलवार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका ३ का वडाध्यक्ष विकास ऐडी, भतिजा प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन् । घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयाबहादुर रोकायालाई भने रु एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको तर सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए ।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबिच विवाद भएको थियो । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको थियो ।

साँझ स्थानीय बजारको बिच सडकमै सिंहमाथि खुँडा प्रहार गरी हत्या गरिएको थियो ।


प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP