नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जवानीमा गरेको अपराधको सजाय बुढेसकालमा
जवानीमा गरेको अपराधको सजाय बुढेसकालमा
बागेश्वरी पोस्ट
बुधबार, चैत ४, २०७७ बागेश्वरी पोस्ट
जवानीमा गरेको अपराधको सजाय बुढेसकालमा

नेपालगन्ज। जवानीमा गरेको अपराधको सजाय एक जनाले बुढेसकालमा पाएका छन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले पक्राउ गरेको छ ।

घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनका अनुसार विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको थियो ।

तामाङले उधारोमा रु एक हजार ५०० मा भैँसी किनेर पैसा नतिरेको विषयमा विवाद भई झगडा र कुटपिट हँुदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो । वारदातपछि उनी फरार भएका थिए । पक्राउ गरेका तामाङलाई आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

तामाङले यसअघि विसं २०२१ मा भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई विसं २०२८ मा बिरामी अवकास भई पेन्सनसमेत लिने गरेको कुरा खुल्न आएकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP