नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भागरथी हत्याका आरोपीले बयान फेरे,'घाँटीमा चक्कु राखेर मार्ने धम्की दिएपछि स्वीकारेँ'
भागरथी हत्याका आरोपीले बयान फेरे,'घाँटीमा चक्कु राखेर मार्ने धम्की दिएपछि स्वीकारेँ'
banijya office RSG-2
हत्या गर्ने एकजना वडा कार्यालयकै कर्मचारी: हत्या आरोपी
बागेश्वरी पोस्ट
आइतबार, चैत ८, २०७७ बागेश्वरी पोस्ट
भागरथी हत्याका आरोपीले बयान फेरे,'घाँटीमा चक्कु राखेर मार्ने धम्की दिएपछि स्वीकारेँ'
फाइल फोटो

नेपालगन्ज।बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् ।

जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले जानकारी दिएका छन्। उनले भने, “अहिले बाबु सुधार गृहमा छ । हामीलाई फोन गरेर आफूले नमारेको बताएको थियो ।

त्यसपछि दाजु (दिनेशका बुबा दीपकराज भट्ट ) र म शनिबार उसलाई भेट्न गएका थियौं । उसले आफूले नमारेको बतायो ।” पहिले हत्या स्वीकार गरिस्, फेरि अहिले यस्तो किन भन्दैछस् भन्ने बुबा र काकाको प्रश्नमा दिनेशले भने, “मलाई प्रहरीले बुबा र भाइलाई पनि मारिदिने धम्की दिएपछि स्वीकार गरेको हुँ ।”

दुईजना व्यक्तिले हत्या गरिरहेको दिनेशले देखेका कारण अन्त नभन्नसमेत धम्की दिएको उनले बताएको काका देवदत्तले बताए । दिनेशका बुबा दिपकप्रकाश भट्टले भने, “म हिजो बाबु (दिनेश) लाई भेटेर आए । बाबुले हत्या गर्ने एक जनालाई आफूले चिनेको र अर्कोलाई नचिन्ने बताएको छ। चिनेको एकजना वडा कार्यालयकै कर्मचारी हो भन्छ ।”

अहिले यस्तो किन भन्दैछस्, पहिले आफ्नै अगाडि स्वीकार गरेको होस् भन्ने बुबाको प्रश्नमा दिनेशले भने, “पहिला तपाईं (बुबा) गाउँमै हुनुहुन्थ्यो । मेरो घाँटीमा चक्कु लगाएर तपाईं र भाइलाई मारिदिने धम्की दिएको हो । तपाईं गाउँमै हुनुहुन्थ्यो । तपाईंलाई गाउँमा मारिदियो भने म कहाँ जाउँला भनेर स्वीकार गरेको हुँ ।

अहिले तपाईं गाउँबाट बाहिर हुनुहुन्छ । त्यही भएर मैले साँचो कुरा भनेको हुँ ।” हाल दिनेशका बुबा कञ्चनपुरको महेन्द्रनगरमा भाइको घरमा रहेका छन् । तर, यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दिपकराज भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी बताएको थियो । दिनेश १६ वर्षका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी थियो। दिनेशले यसअघि घटनामा आफूबाहेक कोही पनि संलग्न नरहेको बयान दिएका थिए । हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाइ हुन्।

उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् । बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ मा शव फेला परेको थियो । भागरथीको शव लवलेक जंगलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो ।

घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमा दिनेशलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।लेखाजोखा न्युज डटकमबाट।


प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP