prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कारबाही भोग्नुभन्दा सामुहिक राजिनामा दिने नेपाल समूहको निष्कर्ष
कारबाही भोग्नुभन्दा सामुहिक राजिनामा दिने नेपाल समूहको निष्कर्ष
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २२, २०७८ बागेश्वरी पोस्ट
कारबाही भोग्नुभन्दा सामुहिक राजिनामा दिने नेपाल समूहको निष्कर्ष

नेपालगन्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

paribartan 1

पार्टीभित्रै अलग सांगठानिक संरचना बनाउँदा पनि चासो नखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । बरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणका कारण नर्भिक अस्पतालमा उपचारत छन् । बाँकी नेताहरुबीच मंगलबार भएको छलफलमा अध्यक्ष ओली विश्वासको मत लिन संसदमा गएर के प्रमाणित गर्न चाहन्छन् र कसरी अगाडि बढ्ने भन्नेमा नै बढी केन्द्रीत छ ।ओलीको कदमबारे के निर्णय लिने भन्ने निष्कर्षमा पुगिसकेको छैन । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूहरुलाई किनारा लगाउन खोजेको निष्कर्षमा भने उनीहरु प्रष्ट देखिएका छन् । नेताहरुकाअनुसार ओलीको कदमप्रति मुलतः तीन समान धारणा देखिएकको छ ।

जसरी पनि संसद् छल्ने!

बजेट अधिवेशन बोलाउन नै ढिलो भइसकेका बेला बोलाइएको विशेष अधिवेधनलाई नेपाल समूहका नेताहरूले षड्यन्त्रका रुपमा बुझेका छन् । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत नै लिन चाहेका थिए भने नियमित अविधेशनमै सभामुखबाट समय पाउन सक्थे’ भन्ने बुझाइ नेपाल समूहका नेताहरुमा छ । विशेष अधिवेशन रोजेको विश्वासको मत पाउनका लागि नभई संसद् छलेर अध्यादेशबाट बजेट ल्याउन भएको नेपाल समूहका अधिकांश नेताको बुझाइ छ ।

संसद्को सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले विपक्षमा उभिदै ओलीको कदम बिफल पार्ने निर्णय गरिसकेका छन् भने जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह पनि ओलीको विपक्षमा उभिन तयार छ ।

प्रधानमन्त्रीसँग सम्वादमा भएको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिँदा बहुमत त पुग्छ । तर त्यसका लागि एमाले एक ठाउँमा उभिनुपर्छ । पार्टीमा इतर समूहका नेताहरुसँग सम्वादमा कुनै चासो नदेखाउने तर, विश्वासको मत लिन सदनमा जाने निर्णय गरेका कारण ओलीले बहुमत जुटाउन चाहेका हुन् भन्नेमा नेपाल समूहका नेताहरु सहमत छैनन् । ‘संसदबाट बजेट नल्याउनलाई नै विशेष अधिवेशन बोलाइएको बुझ्न गाह्रो पर्दैन’, एक स्थायी कमिटी सदस्य भन्छन् ।

विश्वासको मत नपाएमा कोरोना संक्रमणलाई देखाएर अध्यादेशबाट बजेट ल्याउने तयारी हुनसक्ने ती नेता बताउँछन् ।

निशाना निर्वाचन

प्रधानमन्त्री ओलीले चालेको कदमको दोस्रो अन्तर्य जसरी पनि मुलुकलाई निर्वाचनमा लैजान खोजिएको अर्थमा यो समूहमा छलफल चलेको छ । एमाले एकठाउँमा उभिँदा पनि जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत नदिए सरकार अल्पमतमा पर्छ । एमाले एकढिक्का नभएको पनि सरकार अल्पमतमा पर्छन् । त्यो बुझेका ओलीले विपक्षमा पनि सरकार बन्न चाहिने बहुमत पुग्न नदिने रणनीतिसहित यो कदम चालेको हुनसक्ने अनुमान यो समूहले गरेको छ ।

गएको ५ पुसमा प्रतिनिधिसभा विघटन गरेर ओलीले मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । सर्वोच्च अदालतको ११ फागुनको फैसलापछि पुनस्र्थापित संसदले पनि काम गर्न नसक्ने भएकाले मुलुकलाई चुनावमा लैजानुपर्ने अभिव्यक्ति ओली र उनी निकट नेताहरुले दिँदै आएका छन् । मातहतका कमिटीमा पठाइएको अन्तरपार्टी निर्देशन  पनि ओलीले ताजा जनादेशको विकल्प नरहेको उल्लेख गरेका छन्।
त्यसैले संसद्बाट सरकार नबन्ने सुश्चित गराउन ओलीले विशेष अधिवेशन बोलाएको हुनसक्नेबारे पनि छलफल छ । ‘केपी ओली विश्वासको मत लिनु नभई मुलुकलाई आफूले लैजान खोजेको बाटोतर्फ उन्मुख गराउन यो कदम चाल्दैछन्’, माधव समूह नेताका एक नेता भन्छन् ।

जे गरे पनि कारबाही 

गएको १२ वैशाखमै कारबाहीको तयारी गरेका अध्यष ओली जसरी पनि आफ्नो समूहका सांसदहरुलाई कारबाही गर्ने पक्षमा रहेको माधव नेपाल समूहका समूहका नेताहरुको बुझाइ छ । ‘विश्वासको मत पाएपनि कारबाही गर्छन्, पाएनन् पनि किनारा लगाउँछन्’, ती नेता भन्छन् ।
एमाले अध्यक्ष ओलीले अदालतको फैसलाअनुसार २ जेठ २०७५ बमोजिमको पार्टी सञ्चालन गर्नुपर्ने माग राखेर समानान्तर गतिविधि गर्दै आएको माधव समूहका नेताहरुलाई चरणबद्ध स्पष्टीकरण सोधेका छन्।

पहिलो चरणमा नेता नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेर ६ महिनालाई कारबाही गरेका थिए । ६ वैशाखमा २७ सांसदलाई स्पष्टीकरण लिएर कारबाहीको अधिकार आफैंले लिएका छन् । उनले १६ वैशाखमा फेरि तीन सांसदलाई स्पष्टिकरण सोधेर माधव समूहका ३० सांसदलाई जतिबेला पनि कारबाही गर्नसक्ने आधार ओलीले तयार पारेका छन् ।

अध्यक्ष ओलीले विश्वासको मत नदिए पनि कारबाही, दिए पनि कारबाही गर्न सक्ने निष्कर्ष निकालेको नेपाल समूहका नेताहरुबीच कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल शुरु भएको छ ।

एक नेताका अनुसार जसरी पनि इतर समूहलाई ओली कारबाही नै गर्न चाहन्छन् भने राजीनामा उपयुक्त हुन्छ भन्ने विकल्पमा नेताहरु समहत भएका छन् । तर, निर्णय भइसकेको छैन । ‘अझै समय छ, तर जसरी पनि कारबाही गर्ने केपी ओलीको चाहना हो भने राजीनामाको विकल्प छैन भन्नेमा नेताहरुबीच लगभग सहमति जुटेको छ’, स्रोतले भन्यो ।

माधव नेपाल समूहले २८ फागुन यता भएका निर्णय खारेज गरेर २ जेठ २०७५ को एमाले बैठक बोलाउनुपर्ने अडान लिँदै आएको छ । तर ओली समूह यो शर्तमा मान्न तयार छैनन् । अहिलेको संसदीय गणितमा निर्णायक रहेको माधव नेपाल समूहसँग सम्वाद गर्न पनि रुची देखाएको छैन । ‘उहाँहरु एमालेकै नेताहरु हुनुहुन्छ, मत दिनुहोस् भनेर छलफल गरिराख्नु पर्दैन’, नेता सुवास नेम्वाङ भन्छन् ।अनलाइनखबरबाट।


प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP