नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • असोज ३ गते हुने तय गरिएको नेपालगञ्ज १० नाइट रन स्थगित
असोज ३ गते हुने तय गरिएको नेपालगञ्ज १० नाइट रन स्थगित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २९, २०८२ बागेश्वरी पोस्ट
असोज ३ गते हुने तय गरिएको नेपालगञ्ज १० नाइट रन स्थगित

नेपालगञ्ज । यही असोज ३ गते हुने तय गरिएको नेपालगञ्ज १० नाइट रन स्थगित गरिएको छ । देशको बिषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो । "शुभेच्छुकहरुबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौँ ," एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने–"तर, युवाहरुको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षति हुँदा मुलुक शोकमग्न रहेको बेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौं ।" 

"यसले धावक तथा दौडप्रति रुची भएका तमाम व्यक्तिहरुप्रति पर्न गएको असुविधाप्रति आयोजक क्षमायाचना गर्दछ । सयौँ व्यवसायिक धावकहरुले अनलाइन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजना सम्बन्धि जिज्ञासा आइरहेको छ । यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौं," नेपालगञ्ज १० नाइट रनका संस्थापक ठकुरीले भने, "तर यो यस वर्षकै लागि रोकिएको होइन । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’ एम्सको पूर्णकालीन सदस्यताको मान्यतासँगै यस बर्षदेखि नेपालगञ्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । यसले खेलाडीलाई बेग्लै उत्साह र उर्जा थपेको थियो । 

नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाई एवं अन्य काममा पनि धारा नेपालगञ्ज म्याराथनको टिम परिचालन हुनेछ । देशमा दश बर्षे सशस्त्र द्वन्द अन्त्य भएर नयाँ संविधान घोषण गर्ने तयारी रहेकै बेला २०७२ सालमा पुनः मधेस आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झिल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगञ्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो । 

हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेशा, व्यवसाय र उमेर समूहलाई एकैपटक एकै थलोमा एउटै भूमिकामा दौडमार्फत ल्याउन सक्ने एक मात्र इभेन्ट सडक दौड भएकाले नै म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो । कुनै पनि बर्ष नरोकिई ११ बर्षदेखि निरन्तर चलेको धारा नेपालगञ्ज म्याराथन सम्भवतः नेपालको शीर्ष इभेन्ट हो । एम्सको दुई इभेन्ट पूर्णकालीन सदस्य बन्ने नेपालगञ्ज सम्भवतः नेपालको एक मात्र सहर हो ।


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP