prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोनाविरुद्वको ‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी
कोरोनाविरुद्वको ‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी
banijya office
रासस
शुक्रबार, जेठ ७, २०७८ रासस
कोरोनाविरुद्वको ‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी

नेपालगन्ज । पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ ।

nepalgunj 081-082

नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २० हजारको हाराहारीमा कोरोना सङ्क्रमित फेला परिसकेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार लाख ८८ हजार ६४५ जना कोरोना पोजेटिभ देखिएका छन् । यो बिहीबारसम्मको तथ्याङ्क हो । 

यस्तै, तीन लाख ६६ हजार ९४६ जना निको भएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ८४७ छ । कोरोनाको दोस्रो लहर अघिल्लोभन्दा निक्कै सङ्क्रामक रहेको जनस्वास्थ्यकर्मीहरुको भनाइ छ ।

सङ्क्रमणको चक्र तोड्न सरकारले निषेधाज्ञा लागू गरिरहेको छ । तर पनि सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेको छैन । सरकारले नेपालमा भेटिएको कोरोनाकोे पछिल्लो प्रजाति असाध्यै खतरनाक र सङ्क्रामक भएको जनाएको छ । 

सरकारले यसबीचमा कोरोनाको खोप ल्यायो । भारतबाट अनुदानमा दिएको १० लाख डोज र चीनबाट आएको आठ लाख खोप प्रयोग भइसक्यो । सरकारले भारतको सिरम इन्स्टिच्यूटबाट २० लाख डोज खोप किन्ने सम्झौता गरेकामा १० लाख डोज मात्रै आयो र बाँकी तत्काल नआउने भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग खोप उपलब्ध गराइदिन आग्रह गर्दैआउनु भएको छ । बिहीबार मात्रै प्रधानमन्त्रीले बेलायती राजदूतलाई खोप उपलब्ध गराइदिन आग्रह गरकेका थिए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कूल २१ लाख १३ हजार ८० जनाले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् भने चार लाख २६ हजार ५१० जनाले दोस्रो मात्रा खोप लगाएका छन् । नेपालले खोप आयात गरेको भारतको सिरम इन्स्टिच्यूटले आगामी पुस मसान्त अगाडि खोप दिन नसक्ने बताइसकेको छ । उसले नेपाललाई मात्रै नभई बङ्गलादेशलाई समेत त्यस्तै जानकारी गराएको छ । 

नेपाल सरकारले चीनबाट खोप ल्याउने तयारी गरिरहेको छ । खोप आइसकेपछि व्यवस्थित रुपले लगाइदिने प्रयोजनका लागि अनलाइनमार्फत् फाराम समेत भराउन थालिसकेको छ । 

नेपालमा सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्दो छ । अस्पतालमा शय्या पाउन मुस्किल छ । अक्सिजनको अभाव पनि उस्तै छ । यस्तो विषम अवस्थामा पनि सहज उपलब्ध हुनसक्ने एउटा विकल्प रहेको डा। समर्थ सिंहको दावी छ । 

उनले सरकारले अनुमति दिएको खण्डमा नाकमा प्रयोग गरेर कोरोना नियन्त्रण गर्न सकिने खोप नेपालमै बनाउन सकिने जानकारी दिए । उनले भने – “संसारका खोप उत्पादक विभिन्न कम्पनीहरुले नाकमा प्रयोग गर्न सकिने खोपको बारेमा गरेको शोध तथा अनुसन्धानलाई निक्कै अगाडि पु¥याइसकेका छन् । केही कम्पनीको खोप त परीक्षणको क्रम मै छ । सरकारले अनुमति दिए आगामी ६ महिनाभित्र नेपालमा पनि यस्तो खोप बनाउन सकिन्छ ।” 

डा. सिंहका अनुसार कोरोना भाइरसको लहर फैलिरहेको र एकाध वर्ष अझै यसका नयाँ-नयाँ प्रजाति देखा पर्नसक्ने भएकाले नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशले ठूलो मूल्य तिरेर खोप खरिद गर्न पनि सक्दैनन् । त्यसकारण पनि कम लागतमा नाकमा प्रयोग गर्न मिल्ने खोप तयार पार्न जरुरी छ । त्यो काम गर्न सकिन्छ । 

कोरोना नाक र मुखबाट नै सर्ने भएकाले पनि त्यसलाई जहाँ सङ्क्रमण हुने हो, त्यहीँ नष्ट गर्ने उपाय उक्त खोपमा देखिन्छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले खोप निर्माता कम्पनी भारत बायोटेकलाई नाकमा राख्ने खोप विकास गर्न स्वीकृति दिएको छ । 

यस्तै, हङकङ विश्वविद्यालय तथा बेइजिङस्थित वोन्ताई बायो फार्मेसीले पनि ‘नेजल स्प्रे’को क्षेत्रमा काम गरिरहेका छन् । ती विश्वविद्यालयले दोस्रो चरणको परीक्षण गरिरहेका छन् । यस्तै, फिनल्याण्डको युनिभर्सिटी अफ हेलसिन्की र युनिभर्सिटी अफ फिनल्याण्डले प्रि–क्लिनिकल परीक्षण गरिरहेका छन् । युनिभर्सिटी अफ भर्जिनियाले पनि प्रि–क्लिनिकल परीक्षण थालेको छ । 

इजरायल र न्युजील्याण्डले त स्यानोटाइज नाम दिइएको नेजल स्प्रेलाई आन्तरिक प्रयोगका लागि अनुमति दिइसकेको छ । यो सन्दर्भमा हाम्रोमा पनि नाकमा प्रयोग गरिने खोप तयार गर्न सकिने र पेटेन्ट राइट समेत पाइने डा समर्थ सिंह बताउछन् । उनले कोरोना भाइरसको एन्टिजेन किन्न सकिने र नेजल स्प्रे मार्फत् खोप राखेर प्रयोग गर्न सकिने जानकारी दिए । 

यस्तो खोपले तीनदेखि चार हप्तासम्म काम गर्ने अनुसन्धानबाट फेला परेको उनको भनाइ छ । मुख वा नाकमा पुगेको भाइरसलाई त्यही रोक्न वा कम गर्न सकियो भने सङ्क्रमण हुने मात्रा कम हुने भएकाले पनि यो सरल र सहज विधि भएको उनको भनाइ छ । हाल काठमाडौंको बयोधा अस्पतालमा न्यूरोलोजीको एचओडी समेत रहेका डा। सिंहले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समेत यसबारेको आफ्नो प्रस्ताव पेश गरिसकेका छन् ।

“हालसम्म कुनै जानकारी त प्राप्त भएको छैन, आशा छ  हाम्रो प्रस्तावलाई सरकारले स्वीकार गर्छ । यो हामी जस्ता मुलुकका लागि ठूलो आशा र अपेक्षा समेत हो,” उनले भने । 

उनका अनुसार आइजिए न्यूट्रलाइज्ड हुने अवस्थाका कारण कोरोनाको भाइरस मानव शरीर भित्र छिर्न सक्दैन । यो बालबालिका तथा वृद्धवृद्धालाई समेत सहज रुपमा प्रयोग गर्न सकिन्छ । 

कुनै पनि प्रकारको निश्चित तापक्रम यसका लागि आवश्यक नपर्ने भएकाले पनि नेपाल जस्ता देशले पनि यसको विकास गर्न संभव भएको डा। सिंह बताउँछन् । उनका अनुसार एक दर्जनभन्दा बढी खोप उत्पादक कम्पनीले कोरोना विरुद्ध लड्ने यस प्रकारको खोप बनाइरहेका छन् । 

नेपालका नियामक निकायले आपत्कालीन अवस्थालाई ध्यानमा राखेर उक्त खोपका लागि अनुमति दिने विश्वास व्यक्त गर्दै डा। सिंह भन्छन् – “अनुमति पाएको केही समयभित्रै हामी काम शुरु गर्न सक्छौँ । यसका लागि कुनै पनि जटिलता र समस्या पर्ने छैन ।” 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत बायोटेकले निर्माण गरिरहेको त्यस्तो खोप पहिलो चरणको परीक्षणमा छ । विवरणअनुसार १८ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिसमा उक्त खोपको परीक्षण भइरहेको छ ।

भारतका विभिन्न अस्पतालमा अर्को चरणको परीक्षणको तयारी भइरहेको छ । त्यसमा एम्स पटना, एपोलो अस्पताल चेन्नई र सेन्ट थेरेसा अस्पताल हैदरावाद रहेका छन् । सन् २०२१ को नोभेम्बर ३० सम्ममा सबै परीक्षणको नतिजा आउने विश्वास लिइएको छ । परीक्षणमा सकारात्मक  परिणाम हात परे भारत बायोटेकले ठूलो परिमाणमा नेजल भ्याक्सिन उत्पादन गर्ने जनाइएको छ । 

विज्ञहरुका अनुसार नेजल कोभिड खोपमा कुनै पनि प्रकारको सिरिञ्जको समेत जरुरत पर्दैन । अल्प विकसित तथा विकासोन्मुख देशका लागि कम मूल्यमै बन्ने यस्तो खोप विश्वव्यापी रुपमै ओसारपसारका लागि समेत सहज हुनेछ । कम तथा न्यून आय भएका देशका लागि यस प्रकारको खोप एउटा वरदान नै सावित हुने शोधमा संलग्न लानकास्टर विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. मुनिरको भनाइ छ । 

डा. समर्थ सिंह यसमा सहमति जनाउँदै भन्छन् – “महङ्गो मूल्य तिरेर खोप खरिद गर्न नसक्ने देशका लागि नेजल खोप नै उपयुक्त र सही छनोट हुन सक्छ ।” 

शोधमा सहभागी भर्जिनिया विश्वविद्यालयका डा बिल पेट्रीका अनुसार यस प्रकारको खोपको खोजी गर्नु सजिलो र सरल छैन तर, परीक्षण सफलताउन्मुख छ । यो कम उमेरका बालबालिकामा समेत प्रयोग गर्न सकिन्छ ।

नाट्रिक अक्साइड नेजल स्प्रे जस्तै हङकङ विश्वविद्यालयले समेत यसमा खोज गरिरहेको छ । झण्डै सात हजार बिरामीमा यो खोपको परीक्षण भइरहेकै पनि छ । नेपालमा समेत कोरोनाको खोप उपलब्ध गराएको भारतकोे सिरम इन्स्टिच्यूटले समेत सोही प्रणालीमा आधारित खोपको पहिलो चरणको परीक्षण गरिरहेको छ । 

कोरोना भाइरस विशेष गरी नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्दछ । चिकित्सकहरुका अनुसार यो भाइरस एकाध दिन मुख वा घाँटीमा नै रहन्छ । नाकमा प्रयोग गरिने यो खोपले नाक वा मुखमा थुप्रिएको भाइरसलाई त्यही नै मारिदिन्छ र फोक्सोमा प्रवेश गर्न दिँदैन । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालय पनि यस प्रकारको खोजमा संलग्न छ । चीन सरकारले त गत नोभेम्बरमा नै त्यस्तो खोपको परीक्षण शुरु गरिसकेको र त्यसका लागि १०० जना स्वयंसेवक नै परिचालन गरिसकेको छ । 

हाल प्रचलनमा रहेका अधिकांश खोपमा कोरोना भाइरसकै मृत सेलको प्रयोग गरिएको छ । यो सबै उमेर समूहका मानिसमा प्रयोग गर्न नसकिने मात्र हैन एउटा निश्चित तापक्रममा राख्नुपर्ने वाध्यता पनि छ । तर, नाकमा प्रयोग गरिने खोपमा भने यी र यस्ता झण्झट हुँदैनन् । 

विश्व स्वास्थ्य सङ्गठनले समेत परीक्षणका लागि अनुमति दिइसकेको  र संसारका विभिन्न आठ कम्पनी तथा विश्वविद्यालयमा अनुसन्धान भइरहेको यस खोपको छिट्टै नतिजा आउने विश्वास लिइएको छ । 

डा समर्थ सिंहका विचारमा नेपालका नियामक निकायले अनुमति दिए यूरोपमा परीक्षण भइरहेको यस्तो प्रविधिलाई नेपालमा ल्याएर तत्कालै काम गर्न सकिने विश्वास व्यक्त गर्छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १३:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP