prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी संसदमा संस्थापनकै बोलवाला, संस्थापन इतरका सांसद भूमिकाविहिन
लुम्बिनी संसदमा संस्थापनकै बोलवाला, संस्थापन इतरका सांसद भूमिकाविहिन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २२, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनी संसदमा संस्थापनकै बोलवाला, संस्थापन इतरका सांसद भूमिकाविहिन

नेपालगन्ज । सत्ता राजनीतिमा 'बहुचर्चित' लुम्बिनी प्रदेश फेरि एक पटक गर्माएको छ । विपक्षी गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताब दर्ता गर्दैगर्दा विशेष अधिवेशन आह्वान भइसकेको छ । पटक पटक धरापमा पर्दा पनि 'पद' जोगाउन सकेका मुख्यमन्त्री शंकर पोखरेल अब भने कुनै नाटकीय परिवर्तन भएन भने 'विलखबन्द'मा पर्ने करिब निश्चित जस्तै छ ।

paribartan 1

योग्यता, दक्षता र क्षमताको आधारमा नभई पार्टी संस्थापन पक्षसंग नजिक भएकै आधारमा अबसर पाउने गरेको गुनासो कांग्रेस नेताहरु गर्छन् । अहिले प्रतिपक्षमा रहेको पार्टीको संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक र एक मात्र समितिका सभापति सबै संस्थापन समूहकै छन् ।

संघीय सरकारको सत्ता राजनीतिमा एकै ठाउँमा उभिएका नेपाली कांग्रेस र माओवादी लुम्बिनी प्रदेशमा पनि उस्तै कसिलो गरी मोर्चाबन्द भएका छन् । बहुमत पु¥याउन ४१ सांसद चाहिनेमा 'विमला वली'को साथले प्रतिपक्ष अब सत्ता पक्ष बन्ने देखिएको छ । विपक्षी गठबन्धनले सत्ता आफ्नो हातमा लिने अवस्था आएपछि सांसदहरुले 'मुख मिठ्याउन' थालिसकेका छन् । चुनावी परिणामपछि पाँचै बर्ष प्रतिपक्षको बेञ्चमा बस्ने म्याण्डेट पाएपछि त्यस्तै मनस्थितिमा गुज्रेका कांग्रेसका सांसदहरुले मन्त्री बन्न 'खुट्टा उचाल्न' थालिसकेका छन् ।

लुम्बिनीमा कांग्रेसका १९ सांसद छन् । ती मध्ये संस्थापन समूहका १३ जना छन् भने संस्थापन इतरका ६ जना छन् । तर, पार्टीलाई अवसर आउँदा संस्थापनकै 'बोलवाला' रहँदै आएको गुनासो छ । योग्यता, दक्षता र क्षमताको आधारमा नभई पार्टी संस्थापन पक्षसंग नजिक भएकै आधारमा अबसर पाउने गरेको गुनासो कांग्रेस नेताहरु गर्छन् । अहिले प्रतिपक्षमा रहेको पार्टीको संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक र एक मात्र समितिका सभापति सबै संस्थापन समूहकै छन् ।

संसदीय दलको नेतामा विरेन्द्र कुमार कनौडिया छन् । यसअघिका दलका नेता बलदेव पोख्रेलको निधनपछि तत्कालीन उपनेता कनौडिया दलका नेता बनेका हुन् । उनी पनि संस्थापन समूहकै थिए । रोचक त यो छ कि तत्कालीन उपनेता कनौडिया दलका नेता बन्दै गर्दा प्रमुख सचेतक संस्थापन इतर समूहलाई दिने सहमतिमा सर्वसम्मतिको वातावरण बनेको थियो । तर, उनी संस्थापन इतर समूहसंग गरिएको पूर्व सहमतिमा इमान्दार हुन सकेनन् । प्रमुख सचेतकमा फखरुदिन खान र सचेतकमा निर्मला क्षेत्री छन् । यसअघि प्रमुख सचेतक बनाइएका सुरेन्द्र बहादुर हमाल पनि संस्थापन पक्षकै नेता हुन् । कांग्रेसको नेतृत्व रहेको एक मात्र लेखा समिति सभापतिमा डिल्ली बहादुर चौधरी छन् । "योग्यता र क्षमताको आधारमा छनौट हुँदैन, आफ्ना पक्षका को को छन्, आफूप्रति को बढी बफादार छ, त्यो आधारमा हुन्छ," एक जना सांसदले भने-"अब पार्टी सत्तामा जाने अवस्था आउन थाल्दा फेरि तिनै अवसर पाइरहेकाहरुले खुट्टा उचालीसकेका छन् ।"

मन्त्रालय बढाएर ११ बनाउने गृहकार्य गरिरहेको अहिलेको विपक्षी गठबन्धन सत्तामा जाँदा कांग्रेसले ४ वटा मन्त्रालय पाउने देखिन्छ । त्यसो हुँदा संस्थापन र संस्थापन इतरका सांसद्ले कुन हिसाबले अवसर पाउँछन् भन्ने चासो कांग्रेस बृत्तमा बढेको छ । प्रतिपक्षमा रहँदा पार्टीका तर्फबाट संसदीय दल, प्रमुख सचेतक, सचेतक, समिति सभापति बनिसकेका नेताहरु नै सत्ता प्राप्त हुनुअघि नै मन्त्री बन्न 'लबिङ'मा लागिसकेको स्वयम् कांग्रेस नेताहरु बताउँछन् । संसदीय दलका नेता कनौडिया र लेखा समितिका सभापति चौधरी आ-आफ्नो नेतृत्वमा सरकारमा जाने दाउमा रहेको एक सांसदले बताए ।

तत्कालीन दलका नेता बलदेब पोख्रेलको निधन भएपछि समानुपातिकको सूचीमा उनीपछि रहेका शंकर गिरी संसदमा प्रवेश गरेपछि लुम्बिनी संसदमा प्रतिपक्षको आभाष वढी मुखरित भएको स्वयम् सत्ता पक्षीय सांसदहरु स्विकार्दछन् । मुख्यमन्त्री शंकर पोख्रेलकै गृह जिल्लाका सांसद गिरीले खरोरुपमा सरकारका विरुद्ध बुलन्द गरेको आवाजले संसदमा कांग्रेसको सशक्त उपस्थिति देखिएको सांसदहरु बताउँछन् । सदन र सडकमा सशक्त आवाज उठाउने विर बहादुर राना, अष्ट्भुजा पाठक र रमा अर्याल पनि संस्थापन इतर समूहकै सांसद हुन् ।

"सारा जीवन कांग्रेस बनाउन लागेका काबिल सांसदहरु पनि छन् संसदमा, भोलि मन्त्री बन्दा आफ्नो भिजन र एजेण्डाले राम्रो काम गर्न सक्ने क्षमतावान पनि छन्, संसदमा प्रभावकारी भूमिका खेलेका पनि छन्, तर, यहाँ संस्थापन इतरका सांसद्लाई लखेट्न मात्र खोजिन्छ, अवसर त फेरि बढी संस्थापन समूहकै सांसदको पोल्टामा जान्छ," उनले भने-"यो पटक पार्टी सरकारमा जाने अवस्था आयो भने मेरो तेरो नभनेर जनताले मन्त्रीमा देख्न चाहेका सांसदहरु सरकारमा पठाएर जनतामा आशा जगाउनुपर्दछ ।"

 

संस्थापन समूहका सांसद

संस्थापन इतर समूहका सांसद
१. विरेन्द्र कुमार कनौडिया १. शंकर गिरी
२. डिल्ली बहादुर चौधरी २. विर बहादुर राना
३. फखरुदिन खान ३. अष्ट्भुजा पाठक
४. निर्मला क्षेत्री ४. भुवनेश्वर चौधरी
५. अर्जुन कुमार श्रेष्ठ ५. रमा अर्याल
६. सुरेन्द्र बहादुर हमाल ६. रिना नेपाल वि.क.
७. माला गोतामे सुनार  
८. मो. याकुब अन्सारी  
९. पुष्पा थरुनी  
१०. शान्तिदेवी स्वर्णकार  
११. रुन्धावती शर्मा  
१२. वैजनाथ कलवार  
१३. वसीउधिन खाँ  

 


प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP