prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • झारखण्डमा भाजपाको लज्जास्पद हार !
झारखण्डमा भाजपाको लज्जास्पद हार !
banijya office
जेएमएमका कार्यकारी अध्यक्ष हेमन्त सोरेन नयाँ मुख्यमन्त्री बन्ने निश्चित
एजेन्सी
सोमबार, पुस ७, २०७६ एजेन्सी
झारखण्डमा भाजपाको लज्जास्पद हार !

एजेन्सी । भारतको झारखण्डमा भएको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सत्ता छोड्नुपर्ने लगभग निश्चित देखिन्छ ।

nepalgunj 081-082

झारखण्डका ८१ वटा विधानसभा सिटमध्ये कांग्रेस,  झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको गठबन्धनले ४७ सिटमा अग्रता लिएको छ । सत्तारुढ भाजपाले २५ सिटमा र बाँकी सिटमा अन्य दलले अग्रता लिइरहेका छन् ।

मत परिणामबाट झारखण्ड मुक्ति मोर्चा (जेएमएम) का कार्यकारी अध्यक्ष हेमन्त सोरेन नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । त्रिदलीय गठबन्धनले सोरेनलाई भावी मुख्यमन्त्री बनाउने भनेर घोषणा गरिसकेको छ । यो घोषणासँगै सोरेन झारखण्डको नयाँ मुख्यमन्त्री बन्दैछन् ।

जेएमएमका कार्यकारी अध्यक्ष समेत रहेका सोरेनले चुनावी नतिजाबाट आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन् । जनताले स्पष्ट जनादेश दिएको भन्दै सबैप्रति आभारी व्यक्त समेत गरेका छन् ।

त्यस्तै झारखण्डको मत परिणामपछि कांग्रेसका नेता पी चिदम्बरमले भाजपाले निरन्तर सत्ता गुमाउँदै गएको भन्दै ट्विट गरेका छन् । उनले हरियाणामा भाजपाले चोट व्यहोरेको, महाराष्ट्रमा जनताले नै भाजपालाई खारेज गरेको र झारखण्डमा लज्जास्पद हार व्यहोरेको भनेका छन् ।

झारखण्डमा बहुमतका लागि ४१ सिट चाहिन्छ । विधानसभाका लागि यो पटक पाँच चरणमा झारखण्डमा चुनाव भएको थियो । अन्तिम चरणको मतदान शुक्रबार भएको थियो ।

अधिकांश एक्जिट पोलले कांग्रेस–जेएमएम–राजद गठबन्धनलाई अघि देखाएका छन् । हाल झारखण्डमा भाजपाका रघुबर दासको नेतृत्वमा सरकार छ । अब उनको सरकार कायम नरहेन संकेत देखिएको छ । यद्यपि, दास पाँच वर्षको कार्यकाल पूरा गर्ने राज्यका पहिलो मुख्यमन्त्री हुन् ।

हाल झारखण्ड विधानसभामा भाजपाका ४४ विधायक छन् । यो पटकको चुनावमा भाजपाविरुद्ध त्रिदलीय गठबन्धन बनेपछि भाजपाले झण्डै आधा सिट गुमाउनु परेको छ ।

नयाँ मुख्यमन्त्री बन्दै सोरेन 

हेमन्त सोरेन झारखण्डका चर्चित राजनीतिज्ञ हुन् । उनको जन्म सन् १९७५ मा झारखण्डको रामगर्ड जिल्लामा भएको थियो । उनले पटना हाइस्कुलबाट प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका छ्न । निर्वाचन आयोगमा पेश गरिएको व्यक्तिगत विवरणमा उनी बिआईटी मेसरामा मेकानिकल इन्जिनियरिङमा भर्ना भएको तर कोर्स पूरा गर्न नसकेको उल्लेख छ ।

झारखण्डको नयाँ मुख्यमन्त्री बन्न लागेका सोरेन झारखण्ड मुक्ति मोर्चाका कार्यकारी अध्यक्ष समेत हुन् । उनी सन् २००९ देखि २०१० सम्म राज्यसभाको सदस्य बनेका थिए । 

सोरेनले यसअघि सन् २०१३ जुलाई १५ गते झारखण्डको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए । झारखण्डमा लगाइएको राष्ट्रपतीय शासन हटेपछि कांग्रेस र आरजेडीको सहयोगमा उनी मुख्यमन्त्री बनेका थिए ।

सोरेनका २ छोरा, श्रीमति, एक जना भाइ र एकजना बहिनी छन् ।

सोरेनले १९ औं शताब्दीका जातीय योद्दा बिर्सा मुन्डालाई आफ्नो आदर्श व्यक्ति मान्छन् । मुन्डाको साहस र र वीरताबाट आफू निकै प्रभावित भएको भनेर उनले पटकपटक भन्दै आएका छन् ।

आदिवासीका नेता  
सन् २०१६ मा भाजपा सरकारले भूमिसम्बन्धी २ वटा कानुनलाई संशोधन ग‍र्न खोजेपछि सोरेनले विरोध गरेका थिए । कानुन संशोधन गरेर आदिवासीको भूमि बाहिरबाट आएका व्यक्तिलाई कब्जा गर्ने अनुमति दिन लागेको भन्दै उनी विरोधमा उत्रिएका थिए । साथै भाजपाको विरोधमा मानिसहरुले व्यापक विरोध गरेका थिए । 

सन् २०१७ मा मुख्यमन्त्री रघुबर दासले सोरेनलाई ग्लोबन इन्भेष्टर्स समिटमा निमन्त्रणा गरेका थिए । तर सोरेनले उक्त सम्मेलनलाई ‘भूमि लुटाहाको महा चिन्तन शिविर’ भन्दै आलोचना गरेका थिए । उक्त सम्मेलन आदिबासी, मूलबासी र किसानको भूमि छिन्न आयोजना गरिएको सोरेनको आरोप थियो । 

सोरेनले महिलाविरुद्ध हुने हिंसा, मदिराविरोधी अभियान, गरीबी उन्मूलन लगायत विभिन्न सामाजिक अभियानमा समेत सहभागी हुँदै आएका छन् ।

सोरेनले सन् २०१७ को अक्टोबरमा ११ वर्षीया बालिका सन्तोषी कुमारीको भोकमरीबाट ज्यान गएपछि उक्त घटनाबारे सिबिआईले अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । सन्तोषीका बाबुआमालाई रासन कार्ड नदिएको कारण उनको मृत्यु भएको भन्दै उनले घटनाबारे छानबिन गर्नुपर्ने माग गरेका थिए । 

त्यस्तै सोरेनले मदिराविरोधी अभियानमा सहभागी हुँदै आएका छन् । झारखण्डमा समेत बिहारमा जस्तै मदिरामाथि प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ छ ।

उनले एक पटक भनेका थिए- ‘गाउँमा कुनै पनि सरकारले रक्सी खोल्नु हुन्न किनभने यसले झारखण्डका गरीब आदिबासीको जीवन बर्बाद गर्छ । म गाउँमा बस्ने झारखण्डबासीलाई रक्सी पसल बन्द गर्न भन्दै अपिल गर्न चाहन्छु ।’

मदिरामाथि प्रतिबन्ध लगाउने कार्यमा महिला संगठनहरुले समेत समर्थन गर्नुपर्ने सोरेनले बताउँदै आएका छन् ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  २०:१४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP