नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • झडपमा महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा कर्फ्यु लगाइयो
झडपमा महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा कर्फ्यु लगाइयो
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ७, २०७८ बागेश्वरी पोस्ट
झडपमा महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा कर्फ्यु लगाइयो

नेपालगन्ज । शिक्षकले आफ्नै विद्यालयकी एक छात्रालाई बलात्कार गरेको घटनामा उत्पन्न भएको झडपमा महिला प्रहरीको ज्यान गएपछि मोरङ जिल्लाको लेटाङका धेरैजसो क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

लेटाङ ५ स्थित शिक्षा विकास माविका मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई बलात्कार गरेको घटना बाहिर आएपछि भएको झडपलाई शान्त पार्ने क्रममा खटिएकी एक प्रहरी महिलाको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटना नियन्त्रण भन्दा बाहिर गएपछि स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यू लगाएको छ । आइतबार दिउँसोको झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङ ५, खेरुवा वरपरको क्षेत्रमा अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जनाएको छ । एक प्रहरी महिला जवानको मृत्यु हुनुका साथै करिब अढाइ दर्जन घाइते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर छ । 

शिक्षकले विद्यार्थीमाथि बलात्कार गरेको घटना बाहिर आएपछि आइतबार दिनभर विद्यालय परिसर तनावग्रस्त बन्यो । अभिभावक तथा छिमेकी विद्यालयबाट गएका विद्यार्थीहरू समेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए ।  

दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका थिए ।  घटना अझैसम्म साम्य नभएसँगै जिल्ला प्रशासनले कर्फ्यू लगाएको हो । आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको  धारिलो चक्कु  लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP