नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश ५ मा आवश्यक पंक्षीपालन नीतिका लागि सुझाव लिन गोष्ठी
प्रदेश ५ मा आवश्यक पंक्षीपालन नीतिका लागि सुझाव लिन गोष्ठी
एजेन्सी
बुधबार, पुस १६, २०७६ एजेन्सी
प्रदेश ५ मा आवश्यक पंक्षीपालन नीतिका लागि सुझाव लिन गोष्ठी

ठाकुरद्वारा(बर्दिया), पौष १६ । प्रदेश नम्बर ५ का लागि आवश्यक पंक्षीपालन नीति बनाउन सुझाब दिने उद्देश्यले कार्यशाला गोष्ठी गरिएको छ ।

बर्दियाको ठाकुरद्वारामा आज सम्पन्न प्रदेश नम्बर ५ का लागि पंक्षीपालन नीति तथा रोग नियन्त्रण रणनीति कार्यशाला गोष्ठीमा विद्यमान नीतिमा गर्नुपर्ने सुधार तथा आवश्यक अन्य नीतिका विषयमा सामुहिक छलफल तथा अन्तरक्रिया गरिएको कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.शंकर न्यौपानेले बताउनुभयो । कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको गोष्ठीमा सहभागीहरुले भएका नीतिहरुको व्यवहारिक कार्यान्वयमा जोड दिँदै केही नयाँ नीतिको टड्कारो आवश्यकता औंल्याएका थिए ।

प्रदेश नम्बर ५ का कृषि तथा पशु कार्यालयका प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.तेज बहादुर सुवेदीले पशुपंक्षी व्यवसायको सुधार र विकासका लागि सकेजति पर्यत्न गरिरहेको बताउनुभयो । ५ नम्बर प्रदेशलाई पशुपंक्षीजन्य बस्तुहरुमा आत्मनिर्भर बनाउँदै भविष्यमा निर्यात गर्न सक्ने अवस्थामा पु¥याउनका लागि सरकार र व्यवसायीहरुले पूर्व तयारीमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नयाँ नीति भन्दा पनि अहिले विद्यमान नीतिहरुको कार्यान्वयन जरुरी रहेको उहाँको भनाई छ । पोल्ट्री व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले पोल्ट्री व्यवसायी धराशायी हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै नीति बन्ने तर कार्यान्वयन नहुने अवस्थाले समस्या निम्तिएको बताउनुभयो ।

उहाँले किसानको उत्पादनमा पनि विमा बनाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै हालको विमाको नीति ठिक नभएको जिकिर गर्नुभयो। खुला सीमानाले पोल्ट्री व्यवसायमा अझ चुनौति थपेको खत्रीको भनाई छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय सदस्य ललित जिसीले उत्पादन लागत पहिचान नगरेर हुँचवाको भरमा मूल्य तोक्दा किसान मारमा परेको बताउनुभयो । अनुत्पादक हुने गरी जथाभावी अनुदान नीति अबलम्बन गर्नुभन्दा भन्सार छुट दिने गरी नीति बनाउन आग्रह गर्नुभयो ।

दाना व्यवसायी धर्मराज पोख्रेलले चर्को भन्सार शुल्क तिरेर आयात गर्नुपर्ने दानाजन्य कच्चा पदार्थलाई निरुत्साहित गर्दै भटमास, पिना र मकैको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। गोष्ठीमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले प्रदेश ५ मा विद्यमान तथा आवश्यक पन्छीपालन नीति, पशुपंक्षी विकास महाशाखा प्रमुख डा.प्रदिप शर्माले पंक्षीपालनको विद्यमान अवस्था तथा चुनौति र पशु पोषण तथा पोल्ट्री विज्ञ कृष्णकान्त न्यौपानेले स्थानीय कुखुराको महत्व तथा टेक्निकल प्यारामिटरका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीबाट प्राप्त सुझाबहरुलाई ड्राफ्ट गरेर आवश्यक नीति बनाउन सहयोग पुग्ने गरी निर्देशनालयमा पठाइने कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.न्यौपानेले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP