prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • मिसाइल हमलापूर्व नै सूचना पाएको इराकी प्रधानमन्त्रीको भनाइ
मिसाइल हमलापूर्व नै सूचना पाएको इराकी प्रधानमन्त्रीको भनाइ
banijya office
एजेन्सी
बुधबार, पुस २३, २०७६ एजेन्सी
मिसाइल हमलापूर्व नै सूचना पाएको इराकी प्रधानमन्त्रीको भनाइ
इराकी प्रधानमन्त्री अदिल अब्दुल महदी

एजेन्सी । इराकी प्रधानमन्त्रीले मिसाइल हमलाबारे इरानले आफूलाई पूर्व जानकारी गराएको बताएका छन् ।

nepalgunj 081-082

प्रधानमन्त्री अदिल अब्दुल महदीले इरानबाट आफूले मिसाइल हमलाबारे मौखिम सूचना पाएको बताएका हुन् । जनरल सुलेमानीको हत्याको बदलामा केही समयमा नै कारबाही सुरु गर्न लागेको भनेर इरानले आफूलाई भनेको महदीले एक विज्ञप्ति मार्फत् जानकारी दिए ।

त्यस्तै इरानले अमेरिकी सेनामाथि मात्रै हमला गर्ने भनेर सूचना दिएको समेत इराकी प्रधानमन्त्रीको भनाइ छ । तर हमला गर्ने स्थानबारे इरानले नबताएको पनि महदीले प्रस्ट पारे ।

इरानबाट हमला हुने सूचना पाएलगत्तै महदीले इराकी सुरक्षाबललाई सतर्क हुन भनेका थिए ।

प्रधानमन्त्री महदीले हाल मध्यपूर्वमा खतरनाक अवस्था सिर्जना भएको र यसले उक्त क्षेत्रसहित विश्वभर युद्ध निम्त्याउने समेत चेतावनी दिएका छन् ।

इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेसँगै इरानले इराकमा रहेको अमेरिकाकाे सैनिकको बेसक्याम्पमा कैयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिइसकेको छ ।

साथै इरानको सैन्य बल इस्लामिक रिभोलुस्नरी गार्ड कर्पले इरानमाथि पुनः हमला भए युएईको दुबई र इजरायलले हाइबामाथि हमला गर्ने बताएको छ ।

‘अमेरिकाले गरेका अपराधमा इजरायली सत्ता पृथक छैन’, इरानको सैन्य बललाई उदृत गर्दै तास्निमले लेखेको छ, ‘अमेरिकाको रक्तपिपासु र दम्भी सत्ता अर्थात सबैभन्दा ठूलो शैतानलाई चेतावनी दिन चाहन्छौं- यदि इरानमाथि थप हमला वा दुष्ट कारबाही भएमा हामीले पीडादायी र सशक्त जवाफ दिनेछौं ।’

यता इरानका सर्वोच्च नेता खोमिनीले बुधबार इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा हमला भएको मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका छ्न् ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खोमिनीले मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका हुन् ।

बुधबार टेलिभिजनबाट सम्बोधन गर्दै खोमिनीले भने, ‘हिजो राति हामीले उनीहरुलाई झापड हान्यौं ।’ ‘यो क्षेत्रबाट भ्रष्ट अमेरिकी उपस्थितिको अन्त्य हुनुपर्छ’, सैन्य प्रतिकार मात्रै पर्याप्त नभएको भन्दै उनले थपे ।

मिसाइल हमलामा परी कम्तिमा पनि ८० अमेरिकी मारिएको इरानी समाचार माध्यमले जनाएका छन् ।

इरानको सरकारी टेलिभिजनले कम्तिमा पनि ‘८० जना अमेरिकी आतंककारी’ मारिएको जनाएको हो । १५ वटा मिसाइल हमलाबाट अमेरिकी हेलिकप्टरसहित महत्वपूर्ण उपकरणमा गम्भीर क्षति भएको समेत समाचारमा बताइएको छ ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १९:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP