prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • दुर्घटनाग्रस्त अमेरिकी कम्पनी निर्मित विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको भनाइ
दुर्घटनाग्रस्त अमेरिकी कम्पनी निर्मित विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको भनाइ
RSG-2
एजेन्सी
बुधबार, पुस २३, २०७६ एजेन्सी
दुर्घटनाग्रस्त अमेरिकी कम्पनी निर्मित विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको भनाइ

तेहरान । इरानको उड्ययन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ ।

अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित यसमा यात्रा गरिरहेका १७६ जनाको मृत्यु भएको छ ।

इरानको नागरिक उड्ययन संगठनका प्रमुख अलि अबेद्जादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ, ‘हामीले ‘ब्लाक बक्सहरू’ निर्माण कम्पनी वा अमेरिकालाई दिने छैनौ ।’

उनले भने, ‘ब्लाक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने भन्ने बिषयमा अझै निर्णय गर्न बाँकी छ ।’

यूक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नम्बर पीएस७५२ विमानस्थलबाट उडेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्लाक बक्स’ भेटिएको इरानले बताएको छ ।

अबेद्जादेहले भने, ‘अन्तर्राष्ट्रिय उड्ययन कानूनमा आधारित भएर इरानले ‘ब्लाक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।’

इरानी अधिकारीका अनुसार इरानी उड्ययन संगठनले ‘ब्लाक बक्स’को अनुसन्धान गर्नेछ तर यस अनुसन्धानमा यूक्रेनी प्राबिधिकहरू उपस्थित रहन सक्नेछन् ।

‘ब्लाक बक्स’ को अनुसन्धान र व्याख्याका लागि खासगरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् ।

इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।

इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।

विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेखेका छन् ।

विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य गरी कुल १७६ जना रहेका र उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले जनाएका छन् ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP