prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • विमानस्थलका कर्मचारीले गोप्य सूचना चुहाएपछि सुलेमानी मारिएको खुलासा
विमानस्थलका कर्मचारीले गोप्य सूचना चुहाएपछि सुलेमानी मारिएको खुलासा
banijya office
एजेन्सी
शनिबार, पुस २६, २०७६ एजेन्सी
विमानस्थलका कर्मचारीले गोप्य सूचना चुहाएपछि सुलेमानी मारिएको खुलासा
जनरल कासिम सुलेमानी

एजेन्सी । इरानका वरिष्ठ सैन्य अधिकारी तथा कुद्स फोर्स प्रमुख लेप्टिनेन्ट जनरल कासिम सुलेमानी दमास्कस र बगदादबाट गोप्य सूचना चुहिँदा अमेरिकी ड्रोन हमलामा मारिएको इराकी अधिकारीले बताएका छन् ।

nepalgunj 081-082

जनवरी ३ गते दमास्कसबाट बगदाद आउने क्रममा जनरल सुलेमानीको हत्या भएको थियो । हाल इराकी अधिकारीहरूले सुलेमानीको हत्याबारे छानबिन गरिरहेका छन् ।

छानबिनमा संलग्न अधिकारीका अनुसार दिवंगत सुलेमानी बगदाद आउने क्रममा दमास्कस विमानस्थलमा पुगेका थिए । उनलाई कालो सिसा भएको एक कारमा राखेर इरानको रिभोलुस्नरी गार्ड कर्पसका ४ जना सदस्यले विमानस्थनसम्म पुर्‍याएका थिए ।

विमानस्थलमा प्रवेश गरेपछि सुलेमानी बगदाद उड्न लागेको चाम विङ्स विमान सेवाको एयर बस ए-३२० मा चढेका थिए । यात्रुसम्बन्धी विवरणमा सुलेमानी र उनलाई विमानस्थल पुर्‍याएका सैनिकको नाम दर्ता नगरिएको चाम विङ्सका एक कर्मचारीले बताएका छन् ।

सुलेमानीले आफूमाथि सुरक्षा खतरा बढ्दै गएपछि बगदाद आउने क्रममा निजी विमान प्रयोग नगरेको उनको सुरक्षा व्यवस्था गर्दै आएको इराकस्थित एक सुरक्षा सुत्रले जनाएको छ ।

जनवरी ३ गतेको यात्रा नै सुलेमानीका लागि अन्तिम यात्रा हुन पुग्यो । २ वटा सैन्य सवारी साधनमार्फत् बगदाद विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकी ड्रोन हमलामा उनले शहादत प्राप्त गरेका थिए ।

अमेरिकी ड्रोन हमलामा सुलेमानीलाई लिन विमानस्थल पुगेका पपुलर मोबिलाइजेशन फोर्सेसका उपप्रमुख अबु महदी अल मुहान्दिस समेत मारिएका थिए ।

सुलेमानी चढेको विमान जनवरी ३ गते राति १२ः३० बजे बगदाद विमानस्थलमा अवतरण गरेको थियो । विमानबाट ओर्लेपछि सुलेमानी र उनका सुरक्षा गार्ड भन्सारमार्ग छलेर विमानस्थलको एक सडकतिर लागेका थिए ।

अल मुहान्दिसले विमानबाट ओर्लिएपछि सुलेमानीलाई भेटेका थिए । लगत्तै दुबैजना एउटा सैन्य सवारी साधनमा चढेका थिए । सुलेमानीको सुरक्षामा खटिएका सैनिकहरु अर्को सवारी साधनमा चढेका थिए ।

दुबै सवारी साधन विमानस्थलबाट बाहिर निस्कने सडकमार्गतिर लागेका थिए । सोही क्रममा नै १२ः५५ बजे सुलेमानी र मुहान्दिस चढेको सवारीलाई लक्षित गरी ड्रोनबाट २ वटा रकेट प्रहार गरिएको थियो । केही सेकेण्डमा नै सुरक्षा गार्ड चढेको सवारी साधनमाथि हमला भएको थियो ।

सुलेमानी र मुहान्दिस मारिएको केही मिनेटमा नै इराकी अधिकारीहरुले उक्त घटनाबारे छानबिन सुरु गरेका थिए । ड्रोन हमलालगत्तै सुरक्षाकर्मीले बगदाद विमानस्थललाई घेराबन्दी गरेका  थिए भने विमानस्थलमा तैनाथ सुरक्षाकर्मी, प्रहरी, राहदानी अधिकृत तथा गुप्तचरहरूलाई बाहिर आउन दिएका थिएनन् ।

हाल अनुसन्धानकर्ताले सिरियाको राजधानी दमास्कस र बगदादबाट सूचना चुहिएको र सोही सूचनाका आधारमा अमेरिकी सेनाले सुलेमानीविरुद्ध ड्रोन हमला गरेको बताएका छन् ।

सूचना चुहाउने संदिग्न व्यक्तिले कसरी अमेरिकी सेनालाई सुलेमानीको यात्राबारे जानकारी दिए भनेर अनुसन्धान भइरहेको छ ।

ड्रोन हमलाबारे छानबिन गर्न बनेको टोलीको नेतृत्व इराकका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पपुलर मोबिलाइजेशन फोर्सेसका प्रमुख फलिह अल फायदले गरिरहेका छन् ।

अहिलेसम्मको छानबिनबाट ‘बगदाद विमानस्थलमा रहेका गुप्तचरको एक सञ्जालले सुलेमानी बगदाद आउन लागेको संवेदनशील सूचना अमेरिकालाई उपलब्ध गराएको’ संकेतहरु देखिएका छन् ।

अमेरिकालाई सूचना चुहाउनेमा ‘बगदाद विमानस्थलमा कार्यरत २ जना सुरक्षाकर्मी र २ जना चाम विङ्स विमानका कर्मचारी (जसमध्ये एकजना दमास्कस विमानस्थलमा बसको र एकजना सुलेमानी सवार जहाजमै रहेका थिए) रहेको’ छानबिन टोलीसँग नजिक एक सुत्रले जनाएको छ ।

इराकको राष्ट्रिय सुरक्षा एजेन्सीका अनुसन्धानकर्ताले चारै जना संदिग्धहरू अमेरिकी सेनालाई सूचना उपलब्ध गराउँदै आएको एक सञ्जालसँग आबद्ध रहेको बताएका छन् । तर उनीहरूलाई हालसम्म पक्राउ गरिएको छैन ।

चाम विङ्स विमान सेवाका २ जना संदिग्ध कर्मचारीबारे सिरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको इराकी अधिकारीको भनाइ छ ।

बगदाद विमानस्थलमा कार्यरत २ जना संदिग्ध सुरक्षाकर्मीबारे इराकी अधिकारीहरूले छानबिन गरिरहेका छन् । इराकी अधिकारका अनुसार दुबै जना संदिग्ध फ्यासिलिटी प्रोटेक्सन सर्भिसका सदस्य हुन् ।

‘इराकी अधिकारीहरूले गरेको प्रारम्भिक छानबिनबाट सुलेमानीबारे सूचना सबैभन्दा पहिला दमास्कस विमानस्थलबाट चुहिएको देखिन्छ’, छानबिनमा संलग्न एक अधिकारीले बताए, ‘बगदादमा रहेको जासुसी सेलले सुलेमानी आगमन हुने समय र उनी चढ्ने सवारी साधनसम्बन्धी विवरण अमेरिकी सेनालाई दिएको देखिन्छ ।’

तर अमेरिकी रक्षामन्त्रालयले सिरिया र इराकस्थित व्यक्तिले दिएको सूचनाका आधारमा सुलेमानीमाथि ड्रोन हमला भएकोबारे कुनै प्रतिक्रिया दिएको छैन ।

नाम गोप्य राख्ने सर्तमा एक अमेरिकी अधिकारीले ‘सुलेमानीको आवतजावतलाई अमेरिकाले नजिकबाट निहालिरहेको’ रोइटर्सलाई बताएका छन् । ड्रोन हमलापूर्व नै सुलेमानीलाई निगरानीमा राखेको ती अधिकारीले बताए । तर आक्रमणस्थलबारे सेनाले कसरी थाहा पायो भन्नेबारे उनले केही बताएनन् ।

दमास्कसस्थित चाम विङ्स विमानका एक व्यवस्थापकका अनुसार विमान सेवाले कर्मचारीलाई ड्रोन हमला र छानबिनबारे कुनै टिप्पणी गर्न रोक लगाएको छ ।

यता इराकको उड्डयन प्राधिकरणका प्रवक्ताले छानबिनबारे केही नभने पनि ‘उच्च स्तरीय सैन्य अधिकारीको हत्या गरिएको उक्त घटना योजनाबद्ध’ भएको बताएका छन् ।

अमेरिकी ड्रोन हमलामा परी सुलेमानी र मुहान्दिससहित ५ जनाको घटनास्थलमा नै ज्यान गएको थियो । अधिकांश पश्चिमी समाचार माध्यम र विश्लेषकले अमेरिकाको उक्त कारबाहीलाई ‘राजनीतिक हत्या’ (assassination) भनेका छन् ।

अमेरिकाले भने आफ्ना सैनिक र अमेरिकी नागरिकमाथि आक्रमण गर्ने योजना बनाइरहेकाले सुलेमानीको हत्या गर्नुपरेको बताइरहेको छ । तर हालसम्म सुलेमानीले यसबारे के कस्तो योजना बनाएका थिए भनेर ट्रम्प प्रशासनले पुष्टि गर्न सकेको छैन ।

सुलेमानीको हत्यासँगै मध्यपूर्वमा जारी तनाव समेत उच्च विन्दुमा पुगेको छ । हत्याको बदला स्वरुप इरानले इराकस्थित २ वटा अमेरिकी हवाइ अखडमा ब्यालिस्टिक मिसाइल प्रहार गरिसकेको छ ।


प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १६:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP