नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कता हरायो ३ लाख डोज खोप ?
कता हरायो ३ लाख डोज खोप ?
छापाबाट
मंगलबार, साउन ५, २०७८ छापाबाट
कता हरायो ३ लाख डोज खोप ?

नेपालगन्ज । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन ।

नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो । स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्ला जिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो। भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो। नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।

भारत सरकारद्वारा सेरम इन्स्टिच्युटद्वारा उत्पादित १० लाख डोज कोभिसिल्ड खोप गत माघमा प्राप्त भएपछि नेपालले खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरी २७ देखि फेब्रुअरी २२ सम्म ४ लाख ५८ हजार ९६२ डोज, मार्च ७ देखि २३ सम्म १३ लाख ६९ हजार ५२२ डोज गरी १८ लाख २८ हजार ४८४ डोज खोप लगाएको देखिन्छ। यसैगरी २० देखि २८ अप्रिल तथा २५ देखि ३० मेसम्म ४ लाख ६० हजार ७३४ जनालाई दोस्रो खोप डोज उपलब्ध गराएको देखिन्छ। यसरी पहिलो र दोस्रो डोजसहित नेपालमा कुल २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको देखिन्छ।

कोभिसिल्डको एक भायल खोपमा ६।३ मिलिलिटर औषधि हुन्छ । खोपको एक डोजमा ०।५ मिलिलिटर दिइने भएकाले एक भायलबाट १० अथवा ११ डोज खोप लगाउन पुग्छ। नेपालले कुल २ लाख ३४ हजार ८ सय भायल खोप प्राप्त गरेको हिसाबले एक भायलबाट १० डोज खोप लगाउँदा २३ लाख ४८ हजार डोज र ११ डोज खोप लगाउँदा २५ लाख ८२ हजार ८ सय डोज खोप लगाउन पुग्छ। खोप केन्द्र अनुसार केही फरक भए पनि नेपालका अधिकांश खोप केन्द्रमा हरेक भायलबाट ११ जनालाई खोप लगाइएको छ । यसरी हिसाब गर्दा कुल २५ लाख ८२ हजार ८ सय डोज कोभिसिल्ड खोप नेपालमा उपलब्ध भएको देखिन्छ । तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हालसम्म २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको हिसाबले झन्डै ३ लाख डोज खोपको हिसाबकिताब देखिँदैन ।

प्रतिभायल १० डोज खोप लगाइएको अवस्थामा पनि कुल ६४ हजार ६४६ डोज खोप प्रयोगको तथ्यांक देखिँदैन । विज्ञका अनुसार अन्य खोपको हकमा एक प्रतिशतको हाराहारीमा खोप खेर ९वेस्टेज० जाने गर्छ । तर कोभिसिल्डको हकमा खोप खेर जाने प्रतिशत नगण्य छ। उत्पादन मितिदेखि ६ महिनाभित्रमा कोभिसिल्ड खोप प्रयोग गरिसक्नुपर्छ । नेपालले पछिल्लो खेपमा प्राप्त गरेको कोभिसिल्डको प्रयोग गर्ने मिति पनि गत साता कटिसकेको छ। आपूर्ति सुनिश्चित नभएपछि जेठको मध्यदेखि कोभिसिल्ड खोप औपचारिक रूपमा लगाउन बन्द गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।


प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०७:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP