prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘प्रचण्ड-सरकार’ हल्लाइरहेका रवि र केपीहरू
‘प्रचण्ड-सरकार’ हल्लाइरहेका रवि र केपीहरू
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २०, २०७९ बागेश्वरी पोस्ट
‘प्रचण्ड-सरकार’ हल्लाइरहेका रवि र केपीहरू

नेपालगन्ज । केही वर्षसम्म अमेरिकामै गुमनाम भएका रवि लामिछाने नेपाल फर्किएपछि टेलिभिजनका पर्दामा देखिए ।

nepalgunj 081-082

नेपालको न्यूज टेलिभिजनमा करिब ६० घण्टाभन्दा लामो अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाएका रविलाई त्यो अन्तर्वार्ता दिने पहिलो व्यक्ति थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

त्यसपछि पनि रवि पत्रकार भइरहे । तर, संसदीय राजनीतिको ‘केन्द्र’ बनिसकेका प्रचण्डसँग अन्तर्वार्ता गर्ने रविका प्रयास त्यसपछि कहिल्यै सफल भएनन् ।

त्यही अन्तर्वार्ताबाट चर्चाको शिखरमा उक्लिँदै गरेका रवि लामिछानेलाई तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी टेलिभिजनमा ताने । अनि रविले नेपाल टेलिभिजनका पर्दामा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ सुरु गरे ।

केही समय उनले त्यो कार्यक्रम चलाए । देश विदेशबाट आउने नेपाली नागरिकका गुनासाहरूलाई उनले सिधै प्रधानमन्त्रीसँग राख्थे र त्यसको जवाफ माग्थे । प्रधानमन्त्रीसँग सिधा कुरा गर्नै नपाउने आमनागरिक माझ रवि एउटा सिधा पुल बनेर खडा भए  ।

२०७३ सालमा माओवादीका सांसदहरूले ओलीविरुद्ध संसदमा अविस्वासको प्रस्ताव दर्ता गरे । ओलीले राजीनामा दिए र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्डको सरकारले रविको त्यो कार्यक्रम बन्द गरिदियो ।

त्यसपछि रविले फेसबुकमा एउटा स्टाटस लेखे ‘अब यस्तो सरकार बनोस् जहाँ कार्यक्रम नियमित चलाउनेहरूलाई सरकार परिवर्तनले छुन पनि नसकोस् । कार्यक्रम छापामार शैलीमा न लुटियोस् ।’

त्यसपछि रवि उही न्यूज २४ कै पर्दामा फर्किए । अनि त्यस्तै अर्को कार्यक्रम सुरू गरे ‘सिध कुरा जनतासँग’ देशका कुना कुनाबाट आम नागरिकले सिधै रविको कार्यक्रममा आफ्ना गुनासाहरू राख्न पाए ।

विदेशमा दु:ख पाएकादेखि एजेन्टहरूबाट ठगिएका अनि गाउँघरमा हुने भ्रष्टाचारदेखि श्रीमान श्रीमतीका झगडाहरूमा पनि रवि सिधै छिर्न थाले । विदेशमा दु:ख पाएकाहरूलाई उद्धार गर्न उनी आफैँ खाडीका देश पुगे । नेपालमै ठगिनेहरूको हुलसँगै यहाँका म्यानपावरहरूमा छापा मार्न आफै पुगे । पिल्सिएका नागरिकले प्रहरी प्रशासन भन्दा अघि सिधै रविलाई नै फोन गरेर ‘उजुरी’ गर्न थाले ।

यसैगरी उनी चर्चित भइरहे । नेपालका नियम, कानुनहरूलाई उतिसारो मतलव गरेनन् । त्यो बेलै नेपाल प्रेस काउन्सिलले नेपाली नागरिकता लिन भन्दा उनले जवाफ फर्काए ‘बरू सडकमा जुत्ता पालिस गरेर बस्छु ।"

त्यही टेलिभिजनमै रहँदा उनलाई एउटा मुद्दा लाग्यो ‘आत्महत्या दुरूत्साहन ।’ कुनै बेला उनकै टिममा काम गरेका पत्रकार शालिकराम पुडासैनी ‘सुसाइड नोट’ लेखेर चितवनको एउटा होटेलमा मृत भेटिएका थिए । र, त्यो नोटमा रविको नाम थियो ।

त्यसैलाई आधारमा परेको उजुरीपछि प्रहरीले उनलाई काठमाडौंमा गिरफ्तार गरेर चितवन लग्यो । त्यहाँ उनको पक्षमा दिनहुँ नाराबाजी हुन थाल्यो । केही दिनपछि अदालतबाट सफाई पाएर छुट्दै गर्दा उनलाई चितवनको अदालत बाहिर कुरिरहेको एउटा ठूलो भीडले स्वागत र सम्मान गर्‍यो ।

त्यो बेला चितवनका प्रहरी प्रमुख थिए दानबहादुर मल्ल । डिएसपी हुँदा लामो समयसम्म मल्ल माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षक थिए । प्रचण्डसँग फेरि एकपटक ठोक्किए रवि ।

रविले पनि त्यसकै आधारमा शक्तिको दुरूपयोग गरेर आफूलाई फसाइएको आरोप लगाए । प्रचण्डको सचिवालय र मल्ल आफैँले पनि त्यसको खण्डन गरे ।

लामो समयपछि उनी एउटा अर्को एउटा टेलभिजनमा छिरे, ‘ग्यालेक्सी फोर के ।’ त्यहाँ करिब २ वर्षसम्म काम गरिसकेपछि उनले पत्रकारिता छोडे । अनि राजनीतिमा उक्लिए ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाएर ।

मंसिर ४ को चुनाव आउनुभन्दा आठ महिना मात्रै अघि बनाएको यो पार्टीले रवि आफैँसहित २० जना सांसद पायो देशभरिबाट ।

पार्टीको नामदेखि नै आलोचना खेप्न थालेका उनीविरूद्ध उम्मेदवारी दर्ताकै बेला ‘नागरिकता’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परिसकेको थियो । त्यसलाई आयोगले गम्भिरताका साथ अध्ययन नै गरेन । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएपछि नेपाली नागरिकता पुनस् प्राप्तिका लागि उनले कानुनी प्रक्रियाहरू पूरा गरेका थिएनन् ।

मुद्दा सर्वोच्चमा बहस भइरहँदा उनले चुनाव जितिसकेका थिए ।

अदालतले लगभग निर्णायक सुनुवाइको तयारी गरिरहेका बेला उनी नेकपा एमालेका अध्यक्ष ओलीसँग मिलेर उनै प्रचण्डका हात समाउदै सरकारमा जान कस्सिइसकेका थिए । प्रचण्ड प्रधानमन्त्री भएसँगै रवि उपप्रधान तथा गृहमन्त्री भए ।

मन्त्रालय छिरेको ३२ दिनपछि उनको प्रक्रिया नपुर्‍याएको भन्दै सर्वोच्चले उनको नागरिकताका आधारमा रहेका सबै पदहरू खारेज गरिदियो ।

दुई दिनपछि जिल्ला प्रशासन कार्यालयबाट उनले नागरिकता लिए र पार्टी सभापतिमा पुनर्वहाली भए। तर उनले जितेको चितवन २ मा भने उपनिर्वाचन नै हुनेछ ।

‘प्रचण्ड’ सरकारको कमजोर जगमा बसेका एउटा बलियो ढुङ्गा थिए रवि । उनी निस्किएरपछि सरकार प्रचण्डले थाम्नै नसक्नेगरी हल्लिइरहेको छ र त्यसको पछाडि एउटा शक्ति हुन् केपी ओली ।

आठ राजनीतिक दलको गठबन्धन भनेपनि कतिपय दलहरू अझै सरकारमा आइसकेका छैनन् । रविको पद गइसकेको छ । तर, उनका मन्त्रीहरू सरकारमा छन् । गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा गएका छैनन् ।

‘फेरि गृहमन्त्रालय नै चाहिन्छ’ भनेर घेराबन्दीमा पारेका रविलाई सम्हाल्ने उपाय खोजिरहेका बेला प्रचण्डलाई सरकार बाहिर रहेका गठबन्धन अरू दलले पनि निरन्तर पेलिरहेका छन् ।

सुरुदेखि नै ‘रेशम चौधरी रिहाइ’ को शर्त राखिरहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा छैन । उसले बाहिरबाटै प्रचण्डलाई अनेक दबाव दिइरहेको छ । यही बेला बिहीबारमात्रै त्यही पार्टीका एकजना सांसद १३ वर्ष अघिको एउटा कैद सजाय भुक्तान नगरेको भन्दै पक्राउ परेका छन् । उनको रिहाइका लागि प्रचण्ड सरकारलाई २४ घण्टाको अल्टिमेटम छ ।

आफूले भनेको उद्योग मन्त्रालय नपाएपछि सुरुमै सपथ ग्रहण गरेका जनमत पार्टीका मन्त्री अब्दुल खानले कैयौ दिनसम्म खानेपानी मन्त्रालय नै जान मानेनन् । सिके राउतले प्रचण्ड र ओलीसँग कुरा गरेपछि मात्रै उनले कार्यभार सम्हाले ।

जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले आफूलाई ‘वास्ता’ नगरेको र शक्ति बाँडफाट नमिलेको भन्दै सरकारमा गएका छैनन् र प्रचण्डलाई ‘समर्थन फिर्ता लिन्छौं’ भनेर निरन्तर धम्क्याइरहेका छन् ।

र, सबैभन्दा ठूलो टाउको दुखाइ प्रचण्डका लागि राष्ट्रिय स्वतन्त्र पार्टी भएको छ । रविले राजीनामा दिएपछि उनले गृहमन्त्रालय आफैसँग राखेका छन् । त्यो मन्त्रालयको भाग आफूलाई नै परेको भन्दै रास्वपाले मागिरहेको छ । तर, प्रचण्डले भनिरहेका छन् ‘अहिले नै हुँदैन । सर्वोच्च फैसलाको पूर्णपाठ आएपछिमात्रै निर्णय हुन्छ ।’

अर्कोतिर ओलीले प्रचण्डलाई निरन्तर दबाव दिइरहेका छन् ‘गृहमन्त्रालय रास्वपालाई नै देऊ ।’

बिहीबार विराटनगर पुगेका ओलीले प्रचण्डलाई भनेका थिए ‘फैसलाको पूर्णपाठ किन चाहियो ? कण्ठ गर्नलाई ?’

ओलीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै भागमा परेको भन्दै जुनसुकै व्यक्तिलाई मन्त्री बनाए पनि मन्त्रालय त्यही पार्टीलाई नै दिनुपर्ने बताइरहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड भने यो कुरा स्विकार गर्न तयार छैनन् । उनले भनिरहेका छन् ‘गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई होइन रवि लामिछानेलाई दिइएको हो । सहमति पनि त्यही हो ।’ तर ओलीले ‘त्यस्तो हुँदैन’ भनेर प्रचण्डमाथि दबाव बढाइरहेका छन् ।

बिहीबारको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले त्यही कुरा भनेका थिए । ‘ओलीजी सरकारमा समझदारी गर्ने भन्दा पनि बिगार्नतिर लाग्नुभएको छ’ उनले भनेका थिए ‘काम गर्न गाह्रा हुन थाल्यो ।’ त्यसअघि नै उनले पदाधिकारी बैठकमा ओलीसँग ‘दिक्क’ लागिसकेको भनेर सुनाएका थिए ।

गृह नपाए सरकार छोड्ने धम्की दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बिहीबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष एंव उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सम्झाइबुझाइ गरेर २ दिनका लागि थामथुम त पारेका छन् तर अझै निर्णायक समझदारी भने भइसकेको छैन ।

रविले बिहीबार सरकारबारे निर्णय गर्न भनेर पार्टीका केन्द्रीय सदस्यहरू तथा सबै मन्त्री र सांसदहरूको संयुक्त बैठक बोलाएका थिए । पार्टी कार्यालय धुम्बाराहीमा करिब ४ भन्दा बढी बसेको बैठकले सरकारबाट बाहिरिएन । बरू सरकारलाई २ दिन कुर्ने निर्णय गरेको छ ।

बैठक चलिरहेकै बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष र राप्रपाका अध्यक्षसमेतले फोन गरेपछि सरकार छोड्ने निर्णय रास्वपाले स्थगित गरेको थियो ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार सत्ता साझेदार दुई नेताको आग्रहका आधारमा दुई दिन कुर्ने निर्णय गरेको हो । उनले गृहमा आफ्नो पार्टीको दाबी भने कायमै रहेको बताए ।

‘हामीले उहाँहरूको आग्रहलाई स्विकार गर्दै दुई दिन कुर्ने निर्णय गरेका छौं’ उनले भने ‘नेताहरूले उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल गर्ने वचन पनि दिनुभएको छ । त्यसपछि पनि हाम्रो माग सुनुवाइ नभए हामीले उचित निर्णय लिनेछौं ।’

बैठकमा सबैजसो नेता तथा मन्त्रीहरूले आआफ्नो धारण राखेका थिए । उनीहरूमध्ये अधिकांश नेताहरूले अहिले नै सरकार छोड्न नहुने धारणा राखेका थिए । तर पार्टी सभापति रवि लामिछानेले भने दलहरूले पार्टीको भागमा परेको गृह मन्त्रालय दिन नमानेको भन्दै सरकार छोड्न नै उचित हुने भन्दै सरकार छोड्ने अडान लिएका थिए ।

‘तर हामीले उच्चस्तरीय संयन्त्रका संयोजक र प्रधानमन्त्रीले समेत हामीसँग समय माग्नुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा हाम्रो पार्टी पनि छ’ ढकालले भने ‘राप्रपाका अध्यक्षज्यूले पनि फोन गरेर केही समय कुर्न भन्नुभएको थियो । सबैको आग्रहमा हामीले दुई दिन कुर्ने निर्णय गर्‍यौं ।’ आयोमेलबाट


प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:०५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP