नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दङ्गिशरणलाई खेलकुदको गन्तव्य बनाउँछौ : गिरी
दङ्गिशरणलाई खेलकुदको गन्तव्य बनाउँछौ : गिरी
RSG-2
लक्ष्मण बस्नेत
बिहीबार, माघ २६, २०७९ लक्ष्मण बस्नेत
दङ्गिशरणलाई खेलकुदको गन्तव्य बनाउँछौ : गिरी

दाङ । दङ्गिशरण गाउँपालिका स्तरीय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आजदेखि सुरु भएको छ ।

दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य दिपक गिरीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले दङ्गिशरण गाउँपालिकालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागिपर्ने बताए । "भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम पालिका खेलकुदको गन्तव्य बन्न खेल पुर्वाधार पहिलो आधार हो यसर्थ हामीले पालिकामा बहुउद्देश्यीय कवर्ड हल निर्माणलाई पहिलो प्राथिकतामा राखेका छौ", उनले भने । "खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धिमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजैदेखि खेल विकासमा जुटौं, सिङ्गो पालिका खेलकुदको गन्तव्य अवश्य बन्नेछ." उनले भने । 

कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य धनबहादुर मास्कीले स्थानीय तहले ग्रामीण स्तरबाटै खेल विकासको स्पष्ट खाका कोर्दै यसको विकासमा चासो र चिन्तन गर्नुपर्ने बताए । मानव जीवनमा शिक्षाको जत्तिको महत्त्व छ, खेलकुद पनि त्यत्तिकै महत्त्व रहेकाले शिक्षा र खेलकुदलाई संगसंगै लैजानुपर्ने उनको भनाई छ । उनले यस क्षेत्रको खेलकुदको बिकासमा आफू लागिपर्ने बताए । साथै उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष सम्भु गिरीले बालवालिकाको सर्वाङगीण विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आफु लागिपर्ने बताए । "हामी गाउँपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौं, अब दंगिशरण गाउँपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ," अध्यक्ष गिरीले भने ।

गाउँपालिका सामाजिक बिकास समितिका संयोजक रोषणजंग शाहको स्वागत रहेको कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन पालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजी विद्यालय गरी ८ विद्यालयको सहभागिता रहेको पालिकाका प्रेस संयोजक प्रमोद आचार्यले जानकारी दिए ।

यसैबीच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड इभेन्ट्समा बिरेन्द्र नमुना मावि हेकुली ५ स्वर्ण, १ रजत र १ कास्य पदका साथ अग्रस्थानमा रहेको छ । त्यस्तै सिद्धपृथ्वी मावि श्रीगाउँ १ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ दोस्रो स्थानमा रहँदा मावि मधपुर १ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए । प्रतियोगिता अन्तरगत भोलि एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रातर्फ खेलहरु बिहान ८ बजेदेखि सुरु हुनेछ्न् ।
No description available.


प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP