Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्रमा सुधार देखिएकै हो त ?
अर्थतन्त्रमा सुधार देखिएकै हो त ?
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ९, २०८१ बागेश्वरी पोस्ट
अर्थतन्त्रमा सुधार देखिएकै हो त ?

काठमाडौं । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरू देखिएको बताएको छ । 

नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ)को कार्यान्वयनबारे छलफल गर्न सेप्टेम्बर ११ देखि २२ सम्म नेपालमा आईएमएफको टोली बसेको थियो । आईएमएफ प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँले पछिल्ला समयका तथ्यांकले आयात वृद्धि सकारात्मक बन्न थालेको, कर संकलनमा सुधार हुँदै गएको तथा सार्वजनिक लगानी बढ्न थालेकाले अर्थतन्त्रमा सुधारका प्रारम्भिक लक्षण देखिएको बताइन् । 

त्यसैगरी कर्जा विस्तारमा सुधार भएको छ भने मुद्रास्फीति ३ दशमलव ६ प्रतिशतमा झरेको छ । आर्थिक गतिविधिमा आएको शिथिलता स्वरूप विगत लामो समयदेखि आयातनिर्यात घट्दै गएकोमा चालू आर्थिक वर्षको भदौसम्ममा आयात सामान्य बढेको भन्सार विभागले बताएको छ । ११ महीनामा पहिलोपल्ट आयात १ प्रतिशतले बढेको हो । ११ महीनाअघि पनि १५ महीनामा आयात पहिलोपल्ट बढेको थियो । 

निर्यात भने घटेको घट्यै छ । चालू आर्थिक वर्ष (आव)को भदौ मसान्तसम्म निर्यात ५ दशमलव १२ प्रतिशतले घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत आवमा व्यापार क्षेत्र शून्य दशमलव १६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । 

निजीक्षेत्रका अगुवाहरू भने चाडपर्वका कारण अर्थतन्त्र केही चलायमान जस्तो देखिए तापनि अझै पूर्णरूपमा सुधार हुन नसकेको बताउँछन् । 

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल अझै पनि उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकिरहेको र अर्थतन्त्रमा सुधार आइनसकेको बताउँछन् । गत आवको तेस्रो त्रैमासमा नेपाल उद्योग परिसंघले गरेको उद्योगहरूको सर्वेक्षणअनुसार उत्पादनमूलक तथा सेवामूलक उद्योगहरू औसत ५८ दशमलव ४७ प्रतिशतमा चलिरहेका थिए । उत्पादनमूलक उद्योगले भने ५२ दशमलव शून्य ३ प्रतिशत क्षमता उपयोग गरेका थिए ।

‘प्रधानमन्त्री, अर्थमन्त्रीले केही सकारात्मक बोलिदिएकै कारण अर्थतन्त्र चलायमान जस्तै देखिएको हो,’ ढकालले भने, ‘दशैंतिहारजस्ता पर्वले केही फरक पारे पनि यो दिगो हुँदैन ।’ 

अर्थतन्त्रलाई पूर्णरूपमा सुधारमा लैजान सिंगो अर्थतन्त्रमा सुधार गर्नुपर्ने ढकाल बताउँछन् । खासमा सरकारले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम ल्याउने बताएको छ । र, यसका लागि आयोग पनि बनाउने तयारीमा सरकार छ । 

आईएमएफले पनि अर्थतन्त्रलाई दिगो, बलियो र समावेशी वृद्धिको दिशामा लैजान सुधारलाई गति दिनु अत्यावश्यक रहेको बताएको छ । ‘यसका लागि सार्वजनिक खर्चको कार्यान्वयनलाई तीव्रता दिनु, आन्तरिक राजस्व परिचालनलाई अझै बलियो बनाउनु तथा बालबालिकालाई दिइने अनुदान भुक्तानी तत्काल हुनुपर्छ,’ आईएमएफले भनेको छ ।

वस्तुको मूल्यमा आएको कमी तथा कमजोर मागका कारण गत आवको अन्त्यमा मूल्यवृद्धि ३ दशमलव ६ प्रतिशत रहेको आईएमएफले बताएको छ । बलियो रेमिट्यान्स, पुनरुत्थान हुँदै गएको पर्यटन तथा अझै बढ्न नसकेको आयातका कारण विदेशी मुद्राको सञ्चिति निरन्तर बढिरहेको आईएमएफको भनाइ छ । तर, दिगो, बलियो तथा समावेशी आर्थिक वृद्धिको बाटोमा मुलुकलाई लैजान सुधारको गति बढाउनुपर्ने उसको सुझाव छ । 

पूर्वअर्थमन्त्री वर्षमान पुन अझै पनि अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन नसकेको बताउँछन् । उनका अनुसार अर्थतन्त्रलाई चलायमान गराउन निजीक्षेत्रको आत्मबल उच्च राख्ने गरी सरकारले नीतिगत रूपमा बृहत् सुधारका काम गर्नुपर्छ । 

मुलुकमा उच्च दरको आर्थिक वृद्धिका लागि सम्भाव्य क्षेत्र पहिचान गरी नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाउन जरुरी रहेको उनी बताउँछन् । त्यसका लागि आफू अर्थमन्त्री भएका बेला उच्चस्तरीय आयोग गठन गर्ने व्यवस्था गरिएको र आयोग बनाएर सरकारले काम लगाई हाल्नुपर्ने पुनको भनाइ छ । 


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP