नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एनआरएनएहरुलाई शुल्क लिएर भिसा दिने प्रावधान गलत : सांसद गिरी
एनआरएनएहरुलाई शुल्क लिएर भिसा दिने प्रावधान गलत : सांसद गिरी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ ८, २०८१ बागेश्वरी पोस्ट
एनआरएनएहरुलाई शुल्क लिएर भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंव  प्रतिनिधि सभा सदस्य दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएनए) हरुलाई शुल्क लिएर भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन् ।

प्राइम टाइम एचडीको अन्तरवार्तामा नेता गिरीले नेपालको संविधानले नै  एनआरएनए नागरिकता सुनिश्चित गरिसकेपछि  एनआरएनएहरुलाई  आफ्नै  मातृभूमि आउँदा भिसा लगाउनु पर्ने  प्रावधान सरासर  संविधानको मर्म विपरित रहेको बताए ।  उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए ।  

एनआरएनएलाई भिसा दिने प्रावधान गलत भएको भन्दै त्यसलाई हटाउनै पर्ने नेता गिरीले बतए। "नेपाली नागरिकता लिइसकेको एउटा नेपालीले किन भिसा लिनुपर्यो ? आफ्नो देशमा आउनलाई भिसा किन चाहियो ? यो बन्द गर्नुपर्छ," गिरीले भने ।

अर्को प्रसंगमा नेता गिरीले नेपाली नागरिकता नलिएकाहरुको हकमा भने भिसा लिन आवश्यक रहेको बताए ।

एक प्रश्नको जवाफमा पूर्व मन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए ।  यद्यपि उनले यो सरकारलाई काम गर्न दिनु पर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए ।

उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए ।   "सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्छ ।  उनीहरुले आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्छ ।  यसमा सरकारले खुट्टा कमाउनु हुँदैन ।  जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन," गिरीले भने ।  

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ । रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको थियो । 

स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि रवि ६० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

त्यस्तै गिरीले हमास विद्रोहीको कब्जामा रहेका नेपालका विपीन जोशीलाई सरकारले फिर्ता ल्याउन अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको बताए । 'उनलाई सरकारले ल्याउँछ,' गिरीले भने ।

 


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP