prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाको नीति तथा कार्यक्रम पारित, ५६ करोडको बजेट सार्वजनिक
डुडुवाको नीति तथा कार्यक्रम पारित, ५६ करोडको बजेट सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १०, २०८२ बागेश्वरी पोस्ट
डुडुवाको नीति तथा कार्यक्रम पारित, ५६ करोडको बजेट सार्वजनिक

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, नीति तथा कार्यक्रम र रु. ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

paribartan 1

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । संघिय सशर्त अनुदान चालुतर्फ रु. २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु. १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ रु. १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु. ७५ लाख, प्रदेश सशर्त अनुदान रु. १ करोड २० लाख र आन्तरिक आयतर्फ रु. ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो ।  

नयाँ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

कृषि विकास कार्यक्रमतर्फ
१. कृषि विकास कार्यक्रम अन्तर्गत बिउ प्रशोधन केन्द्रको संचालनबाट आ.ब. २०८१/०८२ मा १५ मेट्रिक टन विउ प्रसोधन गरी वितरण गरिएको र आ.ब. २०८२/०८३ मा सबै कृषकलाई पुग्ने गरी विउ प्रशोधन तथा विक्री वितरण गर्ने नीति लिइएको छ । 
२. डुडुवा गाउँपालिका तरकारी उत्पादनको पकेट क्षेत्र रहेको र जिल्लामा आपूर्ति हुने तरकारीको मुख्य हिस्सा डुडुवाबाट आपूर्ति हुने हुँदा शित भण्डार निर्माणबाट तरकारी तथा फलफूल भण्डारण गर्न स्थानीय कृषकको उत्पादन सस्तो मूल्यमा बिक्रि गर्नुपर्ने र स्टोरको लागि टाढा लैजाँदा कृषकको खर्च बढी हुने समस्या समाधान भई आफ्नो उत्पादन स्टोर गरी बढी मूल्यमा बिक्रि वितरण गर्न सकियोस् भनी वडा नं. ६ मा कोल्ड स्टोर निर्माण कार्यको ९० प्रतिशत निर्माण कार्य भएको तथा आ.ब. २०८२/०८३ मा सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको ।
३. व्यवसायिक कृषि उत्पादन कार्यका लागि कृषि यन्त्र, कृषि उपकरण, उन्नत बिउविजन तथा किटनाषक बिषादी निःशुल्क वितरण कार्यलाई निरन्तरता दिइने ।
४. उन्नत बिउ उत्पादन कार्यक्रम संचालनबाट कृषकहरुले उत्पादन गरेको बिउ संकलन गरी बिक्री वितरण कार्यबाट आयआर्जन बृद्धि गर्ने लक्ष्य लिइएको । 
५. खाद्यान्न बिउ उत्पादन कार्यक्रम अन्तरगत आ.ब.२०८१/०८२ मा धानको मूल बिउ कृषक/समूह/सहकारीमार्फत वितरण गरी उन्नत बिउ उत्पादन कार्यको क्षेत्र बिस्तार तथा उत्पादन कार्यमा नियमन गरी गुणस्तर बिउ उत्पादन गर्न कृषकहरुलाई प्राविधिक सेवा प्रदान गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिइएको । 
६. डुडुवा गाउँपालिका भित्रै बजारीकरणका लागि कृषि घुम्ती हाटबजारको व्यवस्थापन गरी घरघरमा तरकारीको पहुँच पुर्याउने र किसानहरुको आर्थिक जीवनस्तर उठाउने कार्यको थालनी गरिनेछ । 

पशु स्वास्थ्य कार्यक्रमतर्फ
१. घर–घरमा पशु स्वास्थ्य उपचार कार्यलाई निरन्तरता दिई सेवा दिइरहेको ।
२. नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रममार्फत सेवा दिइरहेको ।
३.पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि विभिन्न खोप कार्यक्रम घरदैलोमा संचालन भइरहेको हुँदा सो कार्यक्रमलाई निरन्तरता दिइएको ।
४. पशुको बाह्य तथा आन्तरिक परिजिवि नियन्त्रण सेवा घरदैलोमा संचालन भइरहेको हुँदा सो कार्यक्रमलाई निरन्तरता दिइएको ।
५. बाख्रापालन गर्ने कृषकहरुको लागि नश्ल सुधार गर्नका लागि बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइएको ।

 
स्वास्थ्य सेवा कार्यक्रमतर्फ
१. डुडुवा गाउँपालिकाका वडा नं. २, ३, ५ र ६ मा स्वास्थ्य परिक्षण ल्याब संचालन गरी स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्य भइरहेको साथै आ.ब. २०८२/०८३ मा थप वडामा ल्याब स्थापना गर्ने लक्ष्य लिइएको ।
२. जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क प्रयोगशाला जाँच सेवा संचालन भइरहेको तथा प्रभावकारी रुपमा निरन्तर संचालन गरिने ।
३. घर–घर स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमा गई सबै समुदायका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाँच सेवा, दिर्घरोगको पहिचान, स्वास्थ्य कार्ड वितरण, स्वास्थ्य सम्बन्धि जनचेतनमूलक जानकारी गराउने तथा विभिन्न अभियानलाई निरन्तरता दिने ।
४. घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क प्रयोगशाला जाँच, ग्रामिण अल्ट्रासाउण्ड सेवा तथा निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको छ ।
५. आयुर्वेद सेवा निःशुल्क रुपमा सञ्चालन तथा निरन्तरता दिइनेछ ।
६. बैकल्पिक स्वास्थ्य सेवा वडा नं. २ र ५ मा संचालन भइरहेको छ । प्रभावकारितालाई मध्यनजर राख्दै अन्य वडामा विस्तार गरिनेछ । 
७. स्वास्थ्य संस्थाको पूर्वाधार सुधारका लागि गाउँपालिकाको बजेटका अतिरिक्त संघ र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्ने गरी आवश्यक पहल भइरहेको ।
८. डुडुवा गाउँपालिका वडा नं. ४ मा आँखा उपचार सेवा केन्द्र सञ्चालन गरिएको र आधुनिक उपकरण थप गरी सेवालाई प्रभावकारी तथा सर्वसुलभ बनाइनेछ । 
९. स्वास्थ्य चौकी बेतहनीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरी सञ्चालन गर्न आवश्यक पूर्वाधार पूरा गरिएको र यसै आ. ब.बाट ५ शैयाको अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण जडान, औषधि व्यवस्थापन लगायतका कार्य सम्पन्न भएको र आ. ब. २०८२/०८३ देखि विशेषज्ञ सहितको स्वास्थ्य सेवा सुचारु गरी २४ घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
१०. प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आइसके पश्चात सम्पूर्ण डुडुवाबासी जनताहरुलाई क्रमिक रुपमा निःशूल्क स्वास्थ्य बीमामा आबद्ध गराउँदै उपचार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्य लिइएको छ । 
११. स्वास्थ्य क्षेत्रको खम्बाको रुपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पर्व खर्चको व्यवस्थापन गरिनेछ ।

शिक्षा कार्यक्रमतर्फ
१. बालविवाह न्यूनीकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि एसईईसम्मको पढाई अनिवार्य गर्न आकस्मिक दुर्घटना विमा सहितको कन्या मद्दती शिक्षा योजनालाई निरन्तरता दिइएको छ ।
२. उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन गर्न एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
३. संस्कार र नैतिक शिक्षा विकास गर्ने हेतु सहित राष्ट्र, राष्ट्रियता र देशभक्तिले ओतप्रोत गराउने गरी गाउँपालिका स्तरीय पाठ्यक्रम विकास निर्माण कार्य भइरहेको ।
४. डुडुवा गाउँपालिका भित्रका योग्य नागरिकहरुलाई योग्यता अनुसारको सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा संचालन कार्यलाई निरन्तरता दिइएको छ ।
५. आर्थिक रुपमा कमजोर तथा जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा पढाईमा आवश्यक सहयोग गर्ने कार्यलाई आ. ब. २०८२/०८३ मा निरन्तरता दिइने । ।
६. बाल विकास केन्द्र, मदरसा, गुरुकुल, गुरुनानक बिद्यालय तथा सामुदायिक बिद्यालयलाई गुणस्तरिय शिक्षा, भाषा संरक्षण र विकासमा जोड दिइनेछ ।
७. बिद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याइने ।
८. मा.वि., उच्च मा.विमा प्रतिस्पर्धा सहितको शिक्षा तथा कार्य सम्पादन गरिने 
९. शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आधारभूत तालिमको व्यवस्था गरिने ।
१०. डुडुवा गाउँपालिका वडा नं. २ रामनगर पाझामा कृषि क्याम्पस (कृषि र प्राविधिक धार) स्थापनाका लागि डी.पी.आर. सहित भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि बढाइनेछ ।
११. रामनगर पाझास्थित प्राथमिक विद्यालय संचालन गरिनेछ ।


सूचना तथा संचारतर्फ 
१. संचार क्षेत्र प्रवद्र्धन कार्यक्रमको बजेट आकारमा वृद्धि गरी निरन्तरता दिएको छु ।
२. स्थानीय संचार माध्यमलाई प्राथमिकता दिइनेछ । आगामी आर्थिक वर्षमा पालिकाको आमसंचार नीति बनाइनेछ । त्यसका लागि आवश्यक बजेटको विनियोजन गरेको छु । 
३. संचार क्षेत्रको संस्थागत विकास, नयाँ पत्रकार उत्पादन, पत्रकारहरुको क्षमता विकासका लागि कार्यशाला, अभिमुखीकरण, लेखनवृत्तिसंगै पालिकाको समग्रता (विकास र समृद्धि) झल्किने गरी पुस्तक प्रकाशनका लागि प्रबन्ध मिलाएको छु । 
४. गाउँपालिका तथा वडा कार्यालयको विभिन्न विज्ञापन, सूचनाहरु, लोककल्याणकारी सूचना स्थानीय स्तरमै प्रकाशनका लागि प्राथमिकता दिइनेछ । 
५. स्थानीय सरकारको तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वातावरण कायम राखिराख्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

संस्थागत विकासतर्फ
१. गाउँपालिका अन्तर्गत वडा कार्यालय स्वास्थ्य चौकी तथा बिद्यालयहरुमा सि.सि.टि.भिबाट निगरानी गरी आवश्यक निर्देशन दिने गरिएको ।
२. मठ, मन्दिर, मस्जिद, चर्च, गरूद्वाराको पूर्वाधार निर्माण गरी धार्मिक सद्भाव कायम गरिने ।
३.  राप्ति नदी किनारमा शव दाह गृह निर्माण कार्य सम्पन्न भई सेवा सुचारु रहेको ।
४.  ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको ।
५.  भूमिहिन सुकुमवासी तथा आव्यवस्थित बसोवासीहरुको लगत संकलन कार्य वडा नं. २ ४ र ५ बाट सुरु गरिएको । आ. ब. २०८२/०८३ मा बाँकी वडामा लगत सङ्कलन कार्य गरिने ।
६. डुडुवा गाउँपालिकाको विकट मानिने रामनगर पाझा छिटाईपूर्वा पाझामा सडक संजाल र विद्युतीकरणमार्फत गाउँपालिकासंग जोडिएको ।
७. पर्यटकीय दृष्टिकोणले महत्व राख्ने डुडुवा गाउँपालिका वडा नं.२ रामनगर पाझामा खेल मैदान, पिकनिक स्पट र होम स्टे निर्माणबाट पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय जनतालाई रोजगारी सिर्जना हुन गई आय आर्जन वृद्धि हुने उदेश्यले एकिकृत विकास योजना सुरु गरिएको छ । 
८. डुडुवा गाउँपालिका वडा नं. १ टेपरीमा रिक्सा तथा मोटरसाइकल चलाउन मिल्ने गरी झोलुङ्गे पुल निर्माण कार्य यसै बर्ष शुरु गरिने । 
९. जग्गा पहिचान कार्यक्रमलाई निरन्तरता दिइएको ।
१०. साँस्कृतिक प्रवद्र्धन तथा विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिइएको ।
११. नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा विक्री वितरण कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नक्साङ्कन गरी सिमा छुट्याउने कार्य तत्काल गरिने ।
१२. विपदबाट प्रभावित व्यक्तिहरुलाई तत्काल उद्धार तथा राहतका लागि गाउँपालिकाका विभिन्न वडा, विभिन्न टोलमा रहेका सामूदायिक भवनलाई व्यवस्थित गर्न शौचालय, बाउन्ड्री लगायतका संरचना बनाई व्यवस्थित गरिनेछ ।
१३. छात्रछात्राहरुको बौद्धिक तथा व्यक्तित्व विकासका लागि अन्तर विद्यालय तथा मदरसाबीच प्रतिस्पर्धामा आधारित रचनात्मक कार्यक्रममार्फत शैक्षिक गुणस्तर बृद्धि गरिने ।
१४. खानेपानी धाराको अत्याधिक माग आउने भएको हुँदा व्यवस्थित रुपमा नल्का धारा वितरण कार्य सञ्चालन गरिने ।
१५. फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको नीति अनुरुप गाउँपालिकाबाट अत्यावश्यक भएका व्यक्तिहरुलाई आवश्यकता पहिचान गरी सामग्रीको व्यवस्थापन गर्ने नीति लिइएको छ ।
१६. डुडुवाका आधा आकाश धान्ने महिलाहरु/गृहणीहरुको कार्यबोझ कम गर्न र स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरी प्रति परिवार बिशेष प्याकेजको व्यवस्था गरिनेछ  ।
१७. नेपालको कानुनलाई स्थानीय भाषामा जानकारी गराउनका लागि डुडुवा गाउँपालिकाले प्रकाशन गरेको अवधि संविधानलाई दोस्रो संस्करण प्रकाशन गर्ने र स्थानिय सरकार सञ्चालन ऐन, २०७४ लाई अवधि भाषामा अनुवाद गरी प्रकाशन गरिनेछ ।   

बन वातावरण र विपद् व्यवस्थापनतर्फ
१.  वन वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । 
२.  नदी तथा खोलानालाको कटान रोक्नका लागि जैविक तटबन्ध निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।
३.  डुडुवालाई स्वच्छ र हराभरा वातावरण संरक्षणका लागि घर तथा सार्वजनिक स्थानमा वृक्षारोपण कार्यलाई प्राथमिकता दिइनेछ ।

लघु–उद्यम कार्यक्रमतर्फ
१.    सिपमूलक तालिम मार्फत आयआर्जन बृद्धि गर्न आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको ।

खेलकुद विकास कार्यक्रम
१.    खेलकुदका माध्यमबाट व्यक्तिको मानसिक शारिरिक विकासका लागि विभिन्न खेलकुदहरुमा समूह तथा क्लबमार्फत खेल साम्रगी प्रदान गर्ने तथा छात्राहरुलाई आत्मरक्षाका लागि प्रोत्साहन गर्न विद्यालय स्तरीय जूडो प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।


सभामा वडाध्यक्ष दुर्गाप्रसाद बर्माले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८२ र विनियोजन विधियेक २०८२ प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँसभा सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम चौधरीले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा वडा सदस्य समेत रहेका जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको समेत उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP