नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २७, २०८२ बागेश्वरी पोस्ट
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकप टी–२० क्रिकेटका लागि नेपाल एक जित टाढा रहेको छ । नेपालले आज ओमानको मस्कटमा भइरहेको टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारसँग खेल्दैछ ।

यो खेल जित्दा नेपाल विश्वकपमा छानिने लगभग पक्का हुनेछ । कतारविरुद्धको खेल राति ८ः४५ बजे शुरु हुनेछ । 

यसअघि नेपालले आइतबार यूएईमाथि एक रनको सनसनीपूर्ण विजय हात पारेको थियो । दाबेदार मानिएको यूएईमाथिको यस विजयपछि नेपाल विश्वकपको नजिक पुगेको हो । 

खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रन बनाउन सकेको थियो ।

जवाफमा जित नजिक पुगेको यूएईलाई अन्तिम ओभरमा विजयका लागि १० रन आवश्यक भएको समयमा दीपेन्द्रसिंह ऐरीले ८ रनमात्र दिएका थिए । 

सो क्रममा नेपालले ३ विकेट लिँदै नाटकीय जित हात पारेको थियो । जसका कारण यूएई ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्रले अन्तिम ओभरको पहिलो दुई बलमा १ रनमात्र दिएका थिए । तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । त्यसपछि नेपालले लगातार तीन विकेट लिएको थियो । 

चौथो बलमा दीपेन्द्रले परासरलाई बाउन्ड्री लाइनमा क्याच गराएका थिए । पाँचौँ बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे । 

छैटौँ तथा अन्तिम बलमा यूएईलाई विजयका लागि ३ रन चाहिन्थ्यो । तर जुनाइद सिद्धिकी २ रन लिने क्रममा रोहित पौडेलको थ्रोमा रनआउट भए । 

यसरी नेपालले रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ ।

अब आज रातिको बहुप्रतिक्षित खेलले नेपाललाई थप उत्साही बनाइरहेको छ । यो खेल जित्दा आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान लगभग पक्का हुनेछ ।


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP