prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको नीति कार्यक्रमः 'मेरो पाइला राप्तीसोनारीलाई'
राप्तीसोनारीको नीति कार्यक्रमः 'मेरो पाइला राप्तीसोनारीलाई'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १०, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीको नीति कार्यक्रमः 'मेरो पाइला राप्तीसोनारीलाई'

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १७औं अधिवेशनमा गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति कार्यक्रम गाउँपालिकाको दिगो विकास, सामाजिक समावेशीकरण, स्रोत संरक्षण र समृद्धि लक्षित गरिएको छ । यस्तो छ नीति तथा कार्यक्रमः

paribartan 1

पर्यटन उद्योगबाट आम्दानी वृद्धि

गाउँपालिकाले आफ्नो आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मुख्य स्तम्भको रूपमा लिएको छ । ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्दै पर्यटनको विकास गर्न नीति बनाइएको छ । गाउँपालिकाले ट्रेकिङ, क्यानोइङ, बन्जी जम्पिङ, जिप फ्लायर, र ¥याफ्टिङ जस्ता साहसिक खेलहरूलाई प्रवद्र्धन गर्दै स्थानीय रोजगार र आम्दानी सिर्जना गर्ने लक्ष्य राखेको छ । पर्यटन उद्योगसँग जोडिएका पूर्वाधारहरू क्रमशः निर्माण तथा व्यवस्थापन गरिनेछ ।

आधारभूत पूर्वाधार विकास

सहरीकरणका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, इन्टरनेट र बैंकिङ क्षेत्रमा गाउँपालिकावासीको पहुँच विस्तार गर्न नीति बनाइएको छ । अध्यक्ष पौडेलले भने, ‘सामाजिक विकास र आर्थिक समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगति अनिवार्य छ । यसैले यी क्षेत्रमा लगानी बढाउने हाम्रो लक्ष्य हो ।’

शिक्षा क्षेत्रको विकास

शिक्षालाई गाउँपालिकाको समग्र विकासको मूल आधार मान्दै नीति बनाइएको छ । राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार शिक्षा क्षेत्रलाई गाउँपालिकाको समग्र विकासको मूल आधार मान्दै विशेष प्राथमिकता दिएको छ । गाउँपालिकाले विद्यालयमा रिक्त शिक्षक दरबन्दीहरू पूर्ति गर्ने योजना अघि सारेको छ, जसले गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई एक आपसमा समायोजन गर्ने नीति समेत अघि बढाइनेछ । जसले स्रोतको प्रभावकारी उपयोग र विद्यालयहरूको दिगो सञ्चालनमा मद्दत पु¥याउनेछ । विद्यालयका भौतिक संरचनामा पनि व्यापक सुधार गर्ने योजना छ । विशेषगरी टिनको छाना भएका विद्यालयहरूमा वातावरण अनुकूल जिप्सन वा प्लाई प्रयोग गरी गर्मीबाट शितलता दिने व्यवस्था गरिनेछ, जसले विद्यार्थीहरूको पढाइमा सहजता थप्नेछ । साथै, सबै विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने लक्ष्य राखिएको छ, जसले शिक्षामा आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । विद्यालयहरूको खानेपानी व्यवस्था, शौचालय निर्माण र मर्मत सम्भारमा पनि जोड दिइनेछ ताकि बालबालिकाको स्वास्थ्य र सरसफाई सुनिश्चित होस् । बालमैत्री गाउँपालिका बन्नका लागि बालबालिकाको शिक्षा सुधार र संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसले बालबालिकामैत्री वातावरण सिर्जना गर्दै गुणस्तरीय शिक्षा र समग्र विकासमा योगदान पु¥याउनेछ ।

गाउँपालिका अध्यक्ष पौडेल भने, ‘शिक्षा क्षेत्रमा गरिएको लगानी नै दिगो विकासको आधार हो । हामी सबैले मिलेर गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै बालबालिकालाई उज्ज्वल भविष्यको बाटोमा अघि बढाउने छौं ।’ यस प्रयासले राप्तीसोनारीका विद्यार्थीहरूलाई नयाँ ज्ञान र सीपको अवसर प्रदान गर्नेछ र गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिन्छ ।

भूमि व्यवस्थापन र कृषि क्षेत्रको सुधार

गाउँपालिकाले भूमि व्यवस्थापन र कृषि क्षेत्रको समग्र सुधारमा विशेष जोड दिएको छ । गाउँपालिकामा हाल कृषि योग्य भूमिको अनियन्त्रित खण्डीकरण, अतिक्रमण, उत्पादनमा कमी, र खाद्य सुरक्षामा चुनौतीहरू देखिएका छन् । यसलाई मध्यनजर गर्दै प्रभावकारी भूउपयोग योजनाको कार्यान्वयन गरी बस्ती र कृषि योग्य भूमिको दिगो संरक्षणमा जोड दिइनेछ । कृषिमा आधुनिक प्रविधि र दिगो खेती प्रणाली अपनाउने लक्ष्यसहित मल्चिंग खेती, जैविक मल र हरियो कम्पोस्ट उत्पादनलाई प्रवद्र्धन गरिनेछ । अनावश्यक खण्डीकरणलाई निरुत्साहित गरी कृषकहरूको परिचयपत्र वितरण गरी तथ्यांक व्यवस्थापन गरिनेछ, जसले कृषक पहिचान र सेवामा सहजता ल्याउनेछ । व्यवसायिक खेती गर्ने कृषकलाई लक्षित गरी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । खाद्य सुरक्षा र पोषण सुधारका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गरी प्रत्येक वडामा स्थानीय उत्पादन वृद्धि गरिनेछ । विशेष गरी महिला, मधेशी, मुस्लिम, दलित, एकल महिला र द्वन्दपीडित वर्गलाई प्राथमिकता दिइनेछ, जसले समावेशी विकास सुनिश्चित गर्नेछ ।

कृषक तालिम, कृषि प्रसार तथा क्षमता विकासमा समेत जोड दिइनेछ । साना सिँचाई क्षेत्रमा यान्त्रिकीकरण गरिनेछ र स्थानीय तरकारी तथा फलफुल संकलन र बिक्री केन्द्र स्थापना गरी कृषकलाई बजारमा सहज पहुँच दिइनेछ । डिजिटल म्यापिङ प्रणाली प्रयोग गरी माटो सुधार कार्यक्रम पनि सञ्चालन गरिनेछ । अर्गानिक खेती र मसला बाली उत्पादनलाई प्रोत्साहन गर्दै सहकारी संस्थाहरूको सुशासन र क्षमता विकासमा समेत बल दिइनेछ । सामुदायिक वनसँग सहकार्य गरेर जडीबुटी खेतीलाई प्रवद्र्धन गर्ने र दुग्ध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी पशुपालन क्षेत्रको विकासमा पनि विशेष ध्यान दिइनेछ । यस योजनाले राप्तीसोनारी गाउँपालिकामा कृषि उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षा र आर्थिक समृद्धिमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सामाजिक समावेशीकरण र महिला सशक्तिकरण

लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई नीति कार्यक्रमको केन्द्रमा राखिएको छ । महिलाहरुको आर्थिक सशक्तिकरणका लागि कृषिमा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । जेष्ठ नागरिक, दलित, पिछडिएका वर्गलाई पनि प्राथमिकतामा राखेर योजना बनाइनेछ । 

वातावरण संरक्षण र विपद् व्यवस्थापन

प्राकृतिक स्रोत संरक्षण, जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनमा जोड दिइनेछ । वन क्षेत्रको अतिक्रमण रोक्न प्रभावकारी कदम चालिनेछ ।

बजेट र कार्यान्वयन

नीति कार्यक्रम अनुरुप आगामी वर्षका लागि आवश्यक बजेट विनियोजन र कार्यान्वयनका लागि योजना तयार गरिनेछ । गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूसँग समन्वय गरी कार्यक्रम प्रभावकारी बनाउन पहल गरिनेछ ।

अध्यक्ष पौडेलको प्रतिबद्धता

अध्यक्ष पौडेलले भने, ‘हामी सबै मिलेर दिगो विकास, सामाजिक न्याय र समृद्ध गाउँपालिका निर्माणका लागि कटिबद्ध छौं । नीति तथा कार्यक्रमले यस दिशामा ठोस मार्गदर्शन गर्नेछ ।’

'मेरो पाइला राप्तीसोनारीलाई'

राप्तीसोनारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय सरकारको दीर्घकालीन सोच, नागरिक सहभागिता र क्षेत्रीय समृद्धिको स्पष्ट संकेत दिएको छ । अध्यक्ष पौडेलको नेतृत्वमा प्रस्तुत गरिएको नीति दस्तावेजमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, वातावरणीय सन्तुलन र सामाजिक समावेशिताका विषय समेटिएको छ । यसपटकको नीति दस्तावेजमा ‘मेरो पाइला राप्तीसोनारीलाई’ कार्यक्रमलाई विशेष प्राथमिकताका साथ समावेश गरिनु उल्लेखनीय छ । यो कार्यक्रम राप्तीसोनारीको सामुदायिक जागरूकता, आर्थिक आत्मनिर्भरताको प्रवद्र्धन र सहरी–ग्रामीण समन्वयमा आधारित नविनतम् पहलको रूपमा अघि आएको छ । राप्तीसोनारी क्षेत्रमा केन्द्रित यो अभियानले स्थानीय स्तरमै स्वच्छता, शिक्षा, महिला सशक्तिकरण, वातावरण संरक्षण, कृषि प्रवद्र्धन र स्वरोजगार सिर्जनाका विषयमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस कार्यक्रममार्फत महिला समूह, सामुदायिक संस्थाहरू, युवाहरू र किसानहरूलाई लक्षित कार्यक्रम सञ्चालन गरिने अपेक्षा छ । यसमार्फत उत्पादनमुखी, वातावरणमैत्री र स्थानीय स्रोतमा आधारित विकासको दृष्टिकोण अपनाइएको छ ।

शिक्षा क्षेत्रको विकास

– ‘शिक्षक झोला’ कार्यक्रम लागू गरी प्रत्येक शिक्षकको झोलामा शिक्षक डायरी, पाठ्यक्रम, शिक्षक 
निर्देशिका, पाठ्यपुस्तक, ल्यापटप, पेनड्राइभसहितको कार्यक्रम लागु गरिनेछ ।
– शिक्षालाई गाउँपालिकाको समग्र विकासको मूल आधार मान्दै नीति बनाइएको छ ।
– विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गरी गुणस्तरीय शिक्षा प्रवाह सुनिश्चित गरिनेछ ।
– विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई एक आपसमा समायोजन गर्ने नीति अघि बढाइनेछ ।
– विद्यालयका भौतिक संरचनामा सुधार गरिनेछ । विशेष गरी टिनको छाना भएका विद्यालयमा वातावरण अनुकूल जिप्सन वा प्लाई प्रयोग गरी शितलता दिने व्यवस्था गरिनेछ ।
– इन्टरनेट सुविधा सबै विद्यालयमा पु¥याउने योजना छ ।
– विद्यालयको खानेपानी व्यवस्था, शौचालय निर्माण र मर्मतमा जोड दिइनेछ ।
– बालबालिकाको शिक्षा सुधारका लागि बालमैत्री गाउँपालिका निर्माणको कार्यक्रम अगाडि बढाइनेछ ।

भूमि व्यवस्थापन र कृषि क्षेत्रको सुधार

– गाउँपालिकामा कृषि योग्य भूमिको अनियन्त्रित खण्डीकरण, अतिक्रमण, उत्पादनमा ह्रास, खाद्य सुरक्षामा चुनौतीहरू रहेको छ ।
– प्रभावकारी भूउपयोग योजनाको कार्यान्वयन गरी बस्ती र कृषि योग्य भूमिको दिगो संरक्षण गरिनेछ ।
– कृषिमा मल्चिंग खेती प्रणाली, जैविक मल र हरियो कम्पोस्ट उत्पादन प्रवद्र्धन गरिनेछ ।
– जग्गाको अनावश्यक खण्डीकरणलाई निरुत्साहित गरिनेछ ।
– कृषकलाई परिचयपत्र वितरण गरी तथ्यांक व्यवस्थापन गरिनेछ ।
– व्यवसायिक खेतीलाई लक्षित गर्दै अनुदान र प्राविधिक सहयोग दिइनेछ ।
– खाद्य सुरक्षा र पोषण सुधार गर्न ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गरिनेछ ।
– महिला, मधेशी, मुस्लिम, दलित, एकल महिला र द्वन्दपीडितलाई विशेष प्राथमिकता दिइनेछ ।
– कृषक तालिम, प्रसार तथा क्षमता विकासमा जोड दिइनेछ ।
– साना सिँचाई क्षेत्रमा यान्त्रिकीकरण गरिनेछ ।
– स्थानीय तरकारी र फलफुल संकलन बिक्री केन्द्र स्थापना गरिनेछ ।
– डिजिटल म्यापिङ प्रणालीमार्फत माटो सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
– अर्गानिक खेती र मसला बाली उत्पादन प्रवद्र्धन गरिनेछ ।
– सहकारी संस्थाको सुशासन अभिवृद्धि गर्दै क्षमता विकास गरिनेछ ।
– सामुदायिक वनसँग सहकार्य गर्दै जडीबुटी खेती प्रोत्साहन गरिनेछ ।
– दुग्ध संकलन र प्रशोधन केन्द्र निर्माण गरी पशुपालन प्रवद्र्धन गरिनेछ ।

स्वास्थ्य सेवा सुधार

– सबैका लागि सर्वसुलभ प्राथमिक स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
– प्रसूति सेवा, आकस्मिक सेवा, नवशिशु सेवा विस्तार गरिनेछ ।
– किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
– स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार बालमैत्री र अपांगमैत्री गरिनेछ ।
– महामारी र आकस्मिक अवस्थाका लागि तयारी र स्टक व्यवस्थापन गरिनेछ ।
– स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा जोड दिइनेछ ।

रोजगार र उद्यमशीलता

– बेरोजगारहरूका लागि रोजगार बैंक स्थापना गरिनेछ ।
– महिला र युवाहरूका लागि उद्यमशीलता तालिम गरिनेछ ।
– वैदेशिक रोजगार सम्बन्धि सहजीकरण निरन्तरता दिइनेछ ।
– स्वरोजगार तथा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

पर्यटन विकास र पूर्वाधार

– बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सहज बनाउन पहल गरिनेछ ।
– होटल, रेष्टुरेण्ट, होमस्टे र रिसोर्ट निर्माणमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ ।
– राप्ती नदीमा न्याफ्टिङ्ग र बोटिङ कार्यक्रम सञ्चालन गरिनेछ ।
– पर्यटन सूचना केन्द्र स्थापना गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
– ‘घुमौं नाचौं राप्तीसोनारी’ अभियान अन्तर्गत पर्यटकीय स्थल प्रचार–प्रसारका लागि डकुमेन्ट्री निर्माण गरिनेछ ।
– हात्तीसार पार्क निर्माण कार्य अघि बढाइनेछ ।

सहकारी संस्थाहरुको सुदृढीकरण

– सहकारी संस्थाहरूको अभिलेख, नियमन, अनुगमन र क्षमता विकासमा जोड दिइनेछ ।
– सहकारी संस्थाहरुमा ‘एक सहकारी एक उत्पादन’ तथा ‘एक घर एक सहकारी’ कार्यक्रम सञ्चालन गरिनेछ ।
– सहकारी संस्थाहरुले कृषि, पशुपालन, जडीबुटी, पर्यटन क्षेत्रका उत्पादनहरुमा संयुक्त लगानी र नमुना उत्पादन कार्यक्रम सञ्चालन गर्नेछन् ।
– उत्पादित वस्तुहरुको ब्राण्डिङ, प्याकेजिङ, बजारीकरण र भण्डारणका लागि पूर्वाधार विकास गरिनेछ ।

स्थानीय सञ्चारकर्मी तथा सञ्चार माध्यमको उपयोग, पालिकाको आमसञ्चार नीति बनाउने, स्थानीय सञ्चारकर्मी उत्पादन, लेखन सीप क्षमता विकास जस्ता कार्यक्रम सञ्चालन गर्ने विषय पनि समेटिएको छ । 

प्रस्तुत नीति तथा कार्यक्रम आजै पारित भएको गाउँपालिकाका प्रबक्ता मिनराज खड्काले बताए । त्यसपछि सभामा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गरेकी थिइन् । राप्तीसोनारी गाउँपालिकाले १ अर्ब २० करोड ६ लाख २९ हजारको बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताए । गाउँसभाको १७औं अधिवेशनको अर्को बैठक असार १६ गते बस्ने ऐडीले जानकारी दिए । सभामा विभिन्न विषयगत समिति संयोजकहरुले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । यस्तै गाउँसभाबाट विभिन्न ऐन र कार्यविधि पनि पारित भएका छन् ।

 


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP