नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार लेख्ने पत्रकारको हात काट्ने नेकपा नेताको धम्की
समाचार लेख्ने पत्रकारको हात काट्ने नेकपा नेताको धम्की
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ९, २०७६ बागेश्वरी पोस्ट
समाचार लेख्ने पत्रकारको हात काट्ने नेकपा नेताको धम्की

रुकुम। नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकोट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्।

समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका केसीले शुक्रवार भने ददेललाई खाना खाइरहेका ठाउँमा आक्रमणको प्रयास गरेका थिए। साथमै रहेका अन्य स्थानीयनले आक्रमणबाट जोगाए पनि ददेललाई जहाँ भेट्यो त्यहि ठीक पार्ने धम्की समेत केसीले दिएका छन्। नेपाल प्रेस युनियनले घटनाको भत्सर्ना गर्दै आक्रमणको प्रयास गर्ने तथा धम्की दिने नेकपाका नेता केसीलाई कानुनी कार्वाहीको माग गरेको छ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली समाचार लेख्ने पत्रकारको हात काट्छु भन्ने नीज केसीलाई कानुनी दायरामा ल्याई पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रसासनसँग माग गरेका छन् ।हाम्राकुराडटकमबाट।

युनियनले निकालेको वक्तव्य जस्ताको तस्तैः

मितिः २०७६ कार्तिक ९

प्रेस विज्ञप्ती

नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि, पत्रकार महासंघ रुकुम पश्चिमका कोषाध्यक्ष तथा रेखदेख साप्ताहिकका प्रकाशकर सम्पादक प्रवीर ददेललाई मुसिकोट नगरपालीका १३ का वडाध्यक्ष दिपक केसीले आक्रमणको प्रयास गरेकोमा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ। समाचारको बिषयलाई लिएर पटक पटक ज्यान मार्ने धम्की दिदै आएका वडाध्यक्षले शुक्रवार राती भने आक्रमणको प्रयास गरेका हुन्। शुक्रबार साझ ७ बजे मुसिकोटस्थित एक होटेलमा खाना खाईरहेका पत्रकार ददेललाई मदिरा सेवन गरेर खाएर आएका वडाध्यक्ष केसीले समाचार लेख्ने हात काट्ने र ज्यानै लिने धम्कि समेत दिएका हुन् । उनले अपशब्द बोल्दै जहाँ भेट्यो त्यहि ठिक पार्ने धम्की समेत दिएका छन् । समाचार लेख्ने पत्रकारको हात काट्ने तथा ज्यानै लिने धम्की दिने नेकपाका नेता तथा वडाध्यक्ष केसीको हर्कतको नेपाल प्रेस युनियन भत्सर्ना गर्दै उनलाई तत्काल कानुनी दायरामा ल्याउन प्रसासनसँग माग गर्दछ। साथै पत्रकार ददेलको सुरक्षामा उचित व्यवस्था गरि भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण मिलाइदिन नेपाल प्रेस युनियन स्थानीय प्रसासनसँग आग्रह गर्दछ। धन्यवाद ।

जय नेपाल।

अजयबाबु शिवाकोटी

महासचिव नेपाल प्रेस युनियन


प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  ०९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP