prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपाका दुवै समूह आ-आफ्नो रणनीतिमा व्यस्त
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपाका दुवै समूह आ-आफ्नो रणनीतिमा व्यस्त
banijya office
छापाबाट
बुधबार, वैशाख २४, २०७७ छापाबाट
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपाका दुवै समूह आ-आफ्नो रणनीतिमा व्यस्त
फाइल फोटो

नेपालगन्ज । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् । प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् । तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक व्यक्ति : एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने योजनामा छ । 

nepalgunj 081-082

मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त राजनीतिक प्रस्ताव तयार पार्न अध्यक्ष प्रचण्डलाई सुझाब नै दिएका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेटेर बैठकमा उठाउने मुद्दा र बैठक छोटो गराउनेबारे परामर्श गरेका छन् । त्यस्तै, प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेका छन् ।

प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने भएकाले बरु स्थायी समिति बैठक नै सार्न सकिने विकल्पसमेत प्रस्तुत गरेका छन् । तर, प्रचण्ड र नेपाल समूहका स्थायी सदस्यहरू जसरी पनि बैठक बस्ने पक्षमा छन् । 

बैठक छोटो बनाउने प्रधानमन्त्रीको प्रस्तावपछि स्थायी समितिका २० सदस्यले मंगलबार भेला गरेर बैठकमा सम्पूर्ण विषयमा छलफल गर्नुपर्ने रणनीति बनाएका छन् । उनीहरूले आफूहरूले पत्र लेखेर बोलाएको बैठक भएकाले त्यसैअनुसार एजेन्डा बनाएर छलफल गर्नुपर्ने माग दोहोर्‍याएका छन् । सरकार र पार्टी सञ्चालनका समग्र समीक्षा हुने गरी प्रतिवेदन नआउने संकेत पाएपछि स्थायी समितिको बैठक माग गर्ने सदस्यले मंगलबार ललितपुरको एक रेस्टुरेन्टमा झन्डै पाँच घन्टा छलफल गरेका थिए । 

भेलाले मुख्यगरी राजनीतिक विषयमा साझा धारणासहित बैठकमा एकीकृत रूपमा प्रस्तुत हुने सहमति गरेको छ । भेलामा बैठक माग गर्ने देव गुरुङबाहेक १९ नेता सहभागी थिए ।

‘प्रधानमन्त्रीले आलोचना हुन्छ भनेर संक्षिप्त बैठक राख्ने चाहना राख्नुभएको होला । तर, हामी यसअघि लिखित रूपमा प्रस्तुत गरेका विषयमा स्थायी कमिटीमा विस्तृत र गम्भीरतापूर्वक छलफल गरेर सहमति र निकास खोज्नुपर्छ भन्ने पक्षमा छौँ,’ स्थायी समिति सदस्य रघुजी पन्तले नयाँ पत्रिकासँग भने, ‘२० जना सबैका कुरा राख्ने आ–आफ्ना शैली छन्, विषय र एजेन्डालाई बुझ्ने आ–आफ्ना तरिका छन् । कतिपय आधारभूत कुरामा हाम्रा विचार साझा पनि हुन सक्छन्, बैठक माग्ने साथीहरू सबै मुख्य राजनीतिक विषयमा एउटै धारणासहित प्रस्तुत हुनेछौँ ।’ 

उनले राजनीतिक प्रतिवेदनले आफूहरूले राख्दै आएको विषय नसमेटे खुलस्त रूपमै मत राख्ने तयारी भएकोसमेत जानकारी दिए । ‘प्रतिवेदनमा समेटिएर आए धेरै राम्रो, नत्र हामी आफ्ना भनाइ खुलस्त राख्छौँ । हामीले कुनै स्थायी गुट बनाएका होइनौँ, बैठक माग्न अधिकार मात्र प्रयोग गरेका हौँ,’ पन्तले भने ।

प्रधानमन्त्री केपी ओली पक्षधर स्थायी समिति सदस्यहरू भने मुलुकको ध्यान कोरोना, नीति तथा कार्यक्रम र बजेटतर्फ केन्द्रित भइरहेका वेला सरकारको कमजोरी खोतल्ने वा नेतृत्वको विकल्प खोज्ने कुरा जनमतकै अपमान हुने बुझाइमा छन् । ‘अहिले कसैको त्यस्तो विचार हुँदैमा वा मेरो विचार हुँदैमा प्रस्तुत गर्ने उपयुक्त वेला होइन, त्यसरी सोच्नु कम्युनिस्ट आन्दोलनको अहितमा हुन्छ, त्यसरी सोच्ने कुराले कसको भलो गर्छ ? भोलि जनताका बीचमा म कम्युनिस्ट नेता हुँ भनेर को टिक्न सक्छ ?’ स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने । 

स्थायी समितिका अर्का सदस्य देवेन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने सन्दर्भमा बैठक माग गर्ने २० नेताका बीचमा मात्र नभएर प्रधानमन्त्री पक्षधर नेतासँग समेत अनौपचारिक छलफल चलिरहेको बताए । ‘कसरी जाने, पार्टीलाई कसरी एकताबद्ध बनाउने विषयमा सबै नेतासँग भेटघाट भएको छ, प्रधानमन्त्रीनिकटका नेतासँग पनि कुराकानी भएको छ,’ पौडेलले भने, ‘एकता तलमाथि हुन दिनुहुन्न भन्नेमा सबैको एकमत छ, गल्तीलाई महसुस गर्नुपर्‍यो, कार्यविभाजन, सरकारको काम, अध्यादेश प्रकरणसहितका विषयमा समीक्षा गरेर जानुपर्छ भन्ने कुराकानी भइरहेको छ ।’ उनले पनि राजनीतिक प्रतिवेदनले विषय नसमेटे खुलस्त ढंगले नै कुरा उठाइने समेत बताए ।

राजनीतिक दल तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण पार्टी विभाजनको मनोविज्ञान सिर्जना भएको भन्दै स्थायी समितिका २० जना सदस्यले १० वैशाखमा तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । उनीहरूको दबाबपछि २० वैशाखमा बसेको सचिवालय बैठकले २५ वैशाखमा बैठक बोलाउने निर्णय गरेको थियो । बैठकमा पेस हुने एजेन्डा तयका लागि सचिवालय बैठक बुधबार बस्दै छ ।

प्रधानमन्त्रीसँगको भेटमा वरिष्ठ नेता झलनाथ खनालले भने– पार्टी निर्णयलाई सर्वोपरी मानेर सरकार चलाउनुस् 
नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णयलाई सर्वोपरी मानेर सरकार र पार्टी चलाउन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको भेटमा वरिष्ठ नेता खनालले त्यस्तो आग्रह गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भने अहिले मुलुक अप्ठ्यारो स्थितिमा रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्दर्भमा वरिष्ठ नेताको हैसियतमा सन्तुलित र समन्वयकारी भूमिका खेल्न खनाललाई आग्रह गरेका थिए । पार्टीभित्र अध्यक्ष प्रचण्डसँग प्रायः नियमित तथा अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग बढी परामर्श गर्दै आए पनि प्रधानमन्त्री ओलीले खनालसँग भने करिब ६ महिनापछि छुट्टै भेटवार्ता गरेका हुन् ।

‘पार्टीलाई एकताबद्ध बनाउने विषयमा मेरो साथ र सहयोग हुन्छ, तर पार्टीले जे निर्णय गर्छ, जस्तो निर्देशन दिन्छ, त्यसलाई सर्वोपरी मानेर तपाईं चल्नुस्,’ खनालको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘पार्टीले नै तपाईंलाई प्रधानमन्त्री बनाएकाले दायाँ–बायाँ नगरी तपाईंले पार्टी निर्णय कार्यान्वयन गर्नुपर्छ, त्यसैले स्थायी समितिले गरेको निर्णय मानेर सरकारलाई पनि विधि, प्रक्रियाअनुसार चलाउनुपर्छ र कमजोरी पनि स्वीकार गर्नुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ०७:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP