prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • साढे दुई बर्षको अवधीमा ८० जनप्रतिनिधि पक्राउ,करणीदेखि ज्यान मुद्दा सम्म
साढे दुई बर्षको अवधीमा ८० जनप्रतिनिधि पक्राउ,करणीदेखि ज्यान मुद्दा सम्म
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १९, २०७६ बागेश्वरी पोस्ट
साढे दुई बर्षको अवधीमा ८० जनप्रतिनिधि पक्राउ,करणीदेखि ज्यान मुद्दा सम्म
undefined

काठमाडौं। स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो ।

विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उप्रमुख हुँदै वडा सदस्यसम्म गरी साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।

उनीहरूलाई ज्यानसम्बन्धी कसुर, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, झुटा विवरण पेस गरी नागरिकता बनाएको, कुटपिट, बहुविवाह, सार्वजनिक शान्तिविरुद्ध, अभद्र व्यवहार, गैरकानुनी भेला, ठगी, लागूऔषधसहितका विभिन्न शीर्षकमा पक्राउ गरी कारबाही अघि बढाएको प्रहरी तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार यस अवधिमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, संघीय सांसद मोहम्मद अफताव आलम तथा प्रमोदकुमार साह र कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीसहित कुल ८० जना जनप्रतिनिधि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । खड्गीले भने अदालतमा आत्मसमर्पण गरेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

जसमध्ये जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका महरा सोमबार मात्रै पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन् भने आलमविरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार मात्रै मुद्दा दर्ता भएको छ । यस्तै, अर्का सांसद साह भने अदालतको आदेशमा रिहा भइसकेका छन् भने कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खत्रीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले कारबाही गरिरहेको छ । नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले कानुनलाई निष्पक्ष, पारदर्शी, समान र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल प्रहरीले दृढतासाथ गति लिएको बताए ।

प्रहरीले कानुनी राज्यमा व्यक्तिको पहिचान र हैसियत नहेरेर अपराधमा निजको संलग्नता वा असंलग्नताको पुष्टि गर्ने आधार र प्रमाण मात्रै खोज्ने र कानुन आकर्षित हुन सक्ने सबै क्षेत्र र व्यक्तिमा निर्बाध कानुनको प्रयोग गरेर जनतामा विधिको शासनप्रतिको विश्वासलाई बलियो बनाउनेतर्फ प्रहरी केन्द्रित भएको उनले बताए ।

कुन पदका कति पक्राउ 

सभामुख—१

संघीय सांसद—२

प्रदेश मन्त्री—१

मेयर—१

उपमेयर—१

अध्यक्ष—१

उपाध्यक्ष—२

वडाध्यक्ष—५६

वडा सदस्य—१५

सचिव÷कर्मचारी—७

‘कानुनलाई निष्पक्ष, पारदर्शी, समान र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल प्रहरीले दृढतासाथ गति लिएको छ, प्रहरीले कानुनी राज्यमा व्यक्तिको पहिचान र हैसियत नहेरेर अपराधमा निजको संलग्नता वा असंलग्नताको पुष्टि गर्ने आधार र प्रमाण खोज्छ,’ प्रवक्ता पोखरेलले  भने, ‘कानुन आकर्षित हुन सक्ने सबै क्षेत्र र व्यक्तिमा निर्बाध कानुनको प्रयोग गरेर जनतामा विधिको शासनप्रतिको विश्वासलाई बलियो बनाउनेतर्फ प्रहरी केन्द्रित भएको यी घटनाक्रमले देखाउँछ ।’

तथ्यांकअनुसार यस अवधिमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष १-१ जना गरी कुल तीन जना पक्राउ परेका छन् । यस्तै, गाउँपालिकाका उपाध्यक्ष दुई, वडाध्यक्ष ५६ र वडा सदस्य १५ जनालाई प्रहरीले विभिन्न शीर्षकमा पक्राउ गरेको हो । स्थानीय तहका ६ जना कर्मचारीसमेत पक्राउ परेका छन् ।राजधानीदैनिकबाट साभार।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP