नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके प्रहरी नेकपाका कार्यकर्ता जस्ता भए : तरुण दल अध्यक्ष बस्नेत
बाँके प्रहरी नेकपाका कार्यकर्ता जस्ता भए : तरुण दल अध्यक्ष बस्नेत
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २३, २०७६ बागेश्वरी पोस्ट
बाँके प्रहरी  नेकपाका कार्यकर्ता जस्ता भए : तरुण दल अध्यक्ष बस्नेत

नेपालगन्ज । नेपाल तरुण दलले कार्तिक २५ गतेदेखि अन्यायको अन्तिम लडाईं बाँकेबाट शुरु गर्ने उद्घोष गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर तरुण दलले यही २५ गतेदेखि शान्तिपूर्ण सशक्त आन्दोलन गर्ने बताएको हो ।
तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले बाँकेमा योजनाबद्ध रुपमा कांग्रेसका नेता कार्यकर्तालाई फसाउन प्रहरी प्रशासन लागेको भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभयो । बाँकेको प्रहरीले नेकपाको भ्रातृ संगठनको जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘कांग्रेसका नेता कार्यकर्ता, तरुण दलका नेता कार्यकर्ताहरुलाई फसाउने नियतका साथ काम गरिरहेको प्रहरी प्रशासन नेकपाको भ्रातृ संगठन जस्तो भयो, हामीमाथि एक पछि अर्को अन्याय भइरहेको छ, त्यसका विरुद्ध अब बाँकेबाट अन्तिम लडाईं शुरु गर्दैछौं ।’ प्रहरी विरुद्ध निकै आक्रामक ढंगले प्रस्तुत हुनुभएका बस्नेतले आफूहरुको आन्दोलन बाँके प्रहरी विरुद्ध भएको बताउनुभयो । ‘यो यहाँका प्रहरी विरुद्धको आन्दोलन हो, प्रहरीको ज्यादती विरुद्ध हामी सडकमा उत्रिँदैछौं,’ उहाँले भन्नुभयो, ‘कसैको ‘पेड मान्छे’ बनेर कार्य गर्ने प्रहरी प्रशासनका खराब मान्छेहरुको कारबाहीका लागि हाम्रो आन्दोलन हो ।’
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठोरले अबको आन्दोलन तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजंग शाहको रिहाईको लागि मात्र नभएर बाँकेमा एक पछि अर्को गर्दै कांग्रेसमाथि भइरहेको ज्यादती विरुद्ध भएको बताउनुभयो । ‘हामीलाई न्यायालयमाथि विश्वास छ, सन्दीप लगायतका हाम्रा कार्यकर्ता निर्दोष छन्, उनीहरु पक्कै निर्दोष सावित भएर छुट्छन्,’ केन्द्रिय सदस्य राठोरले भन्नुभयो । उहाँले प्रहरीले आफैं हतियार राखेर तरुण दलका कार्यकर्तालाई फसाएको भन्दै प्रहरीकै पनि पोलीग्राफ टेस्ट हुनुपर्ने बताउनुभयो ।
कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाले बाँके प्रहरी कांग्रेस विरुद्ध खराब नियतका साथ प्रस्तुत भइरहेको बताउनुभयो । तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले पछिल्लो समय बाँके प्रहरीले तरुण दलका नेता कार्यकर्ताहरुलाई अनावश्यक दुःख दिने काम गरिरहेकाले आन्दोलनको विकल्प नभएको बताउनुभयो । उहाँले तरुण दलका नगर सभापति शाह, राप्तीसोनारी तरुण दलका उपाध्यक्ष प्रदिप कुमार रजक लगायतमाथि भएका पछिल्ला घटनाले प्रहरी प्रशासन योजनाबद्ध रुपमा तरुण कार्यकर्तालाई फसाउन लागेको प्रष्ट हुने जिकिर गर्नुभयो ।


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP