prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • छुट्टै निर्देशनालय बनाएर सुगौली सन्धि खोज्दै सेना
छुट्टै निर्देशनालय बनाएर सुगौली सन्धि खोज्दै सेना
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २९, २०७६ बागेश्वरी पोस्ट
छुट्टै निर्देशनालय बनाएर सुगौली सन्धि खोज्दै सेना
सैनिक मुख्यालय

काठमाडौँ । नेपाली सेनाले भारत र चीनसहित द्विपक्षीय सम्बन्ध भएका राष्ट्रहरुसँग विभिन्न ऐतिहासिक कालखण्डमा भएका सन्धि–सम्झौता खोजिरहेको खुलासा भएको छ। सैनिक मुख्यालय जंगी अड्डाभित्र एउटा छुट्टै निर्देशनालय नै स्थापना गरेर यस्ता महत्वपूर्ण दस्तावेजको खोजी तथा संकलन भइरहेको हो। उच्च सैन्य अधिकारीका अनुसार सेनाले पछिल्लो सात महिनादेखि नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको आधिकारिक प्रति खोजीरहेको हो। सुगौली सन्धीसँग सम्बन्धित अन्य दस्तावेज सहित यस विषयमा जानकारहरुको खोजीमा पनि सेना जुटेको छ। सुगौली सन्धि अहिले कालापानी क्षेत्रमा देखिएको नेपाल–भारत सिमा विवादको सबैभन्दा प्रमाणिक दस्तावेज हो। रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन तहमा पुर्याउन सेनालाई सीमा सम्बन्धी छिमेकी देशहरुसँग भएका सन्धि–सम्झौता जस्ता महत्वपूर्ण दस्तावेजको अध्ययन–अनुसन्धान र संकलनको जिम्मेवारी दिएको हो। ‘हामी सुगौली सन्धि खोजिरहेका छौं’, जंगी अड्डामा उच्च सैनिक अधिकारीले भने, ‘केही दस्तावेज फेला परेका छन्, यसका जानकारहरूसँग पनि सेनाले सम्पर्क गर्नेछ।’ सेनाले पाएको जिम्मेवारी अनुसार ऐतिहासिक नक्साको समेत अध्ययन अनुसन्धान हुनेछ। यस्तै पुराना सीमाको सर्वेक्षण र नक्सांकनमा खटिएका पूर्व अधिकारीलाई समेत सूचना स्रोतका रुपमा सेनाले उपयोग गर्ने अधिकार पाएको छ। ‘हामी बाह्य स्रोतसँग समेत सहयोग लिनेछौं’, ती सैन्य अधिकारीले भने, ‘यसका लागि सेनाको एउटा महाशाखाले काम गरिरहेको छ।’ सेनाले निर्देशनालय बनाएपछि भारतको नयाँ नक्सा नेपाली सेनाले सहायक रथी ९ब्रिगेडियर जर्नेल० को नेतृत्वमा चार महत्वपूर्ण महाशाखा सहित निर्देशनालय नै स्थापना गरेर सीमा तथा सन्धि–सम्झौता सम्बन्धी दस्तावेजको अध्ययन, अनुसन्धान, संकलन र सर्वेक्षण थालेपछि भारतले नयाँ नक्सा सार्वजनिक गरेको खुलासा भएको छ। सेनाले एकजना सहायक रथीको नेतृत्वमा चारजना महासेनानी सहितको निर्देशनालय यही बैशाखमा स्थापना गरेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै गत चैतमा सेनालाई पत्र पठाएपछि रक्षा मन्त्रालयको निर्देशनअनुसार सेनाले नयाँ निर्देशनालय स्थापना गरेको हो। नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सचिवालयको प्रत्यक्ष निर्देशनमा रहने गरि २०७६ बैशाखमा सर्वे तथा सीमा अनुगमन निर्देशनालय स्थापना गरेको हो। निर्देशनालय अन्तर्गत प्राविधिक विज्ञ सहितको सीमा अनुगमन समन्वय महाशाखा, सर्वे महाशाखा, सन्धि तथा सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा र बन्दोबस्ती महाशाखा रहेका छन्। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले रक्षा मन्त्रालयको पत्रपछि सेनाले बैशाखदेखि नै सर्वे तथा सीमा अनुगमन निर्देशनालय स्थापना गरेर काम गरिरहेको स्वीकार गरे। उनले सेनाले राष्ट्रिय सुरक्षा नीतिअनुसार रक्षाले दिएको कार्य गरिरहेको बताए। ‘हामीलाई रक्षाले पठाएको पत्रपछि हामी निर्देशनालय निर्माणको प्रक्रियामा गएका हौंं’, सहायक रथी पाण्डेले नेपालखबरसँग भने, ‘निर्देशनालयले चार महाशाखा सहित काम गरिरहेको छ।’ उपप्रधान तथा रक्षामन्त्री पोखरेलले २०७५ फागुन २१ मा मन्त्रीस्तरीय निर्णय गर्दै सन्धि–सम्झौताको एकिकृत संकलन, अध्ययन अनुसन्धान र सीमा सुरक्षा तथा समन्वयको म्याण्डेट सहित सेनालाई खटाउने निर्णय गरेका थिए। रक्षाले सोही मन्त्रीस्तरीय निर्णयका आधारमा २०७५ चैत्र १४ मा सेनालाई औपचारिक पत्र पठाएको थियो। के हो सुगौली सन्धी नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भारतको सुगौलीमा भएको सन्धि ‘सुगौली सन्धि’ का नामले चर्चित छ। नेपालले ठूलो भू–भाग गुमाउनु परेको यो सन्धिपछि नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिश ९कम्पनी० पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए। सन्धिअनुसार नेपालले युद्धमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ना गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्न नपाउने सर्त नेपालले मानेको थियो। सुगौली सन्धिअघि फ्रान्सका कमाण्डरहरूले नेपाली सेनालाई तालिम दिन्थे।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP