नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शुभकामना आदानप्रदानमा विकासको प्रतिबद्धता
शुभकामना आदानप्रदानमा विकासको प्रतिबद्धता
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
शुभकामना आदानप्रदानमा विकासको प्रतिबद्धता

कपिलवस्तु । प्रदेश  ५ का भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले मानव विकासको सुचाङ्कमा पछिपरेको ठाउँका विकासलाई विशेष प्राथमिकता दिएको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकाले वडा नं. २ गुगौलीमा बुधवार आयोजना गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा चौधरीले गाउँपालिकाको शिक्षा, स्वास्थ्य, सिचाइँका लागि यस वर्ष पनि प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस क्षेत्रको सिचाइँ समाधानका लागि राप्ती डाइभर्सनको काम भइरहेको जनाउँदै उनले राजकुलो सिचाइँ योजना यसै वर्ष सम्पन्न गर्ने गरी काम हुने बताए । विजयनगर गाउँपालिकामा पुग्ने गरी सिँचाईको मुख्य रहेको राजकुलोलाई स्थलगत निरिक्षण गरी प्राथमिकतामा राखेर सिँचाई पुरा हुने गरी योजना सञ्चालन गर्ने मन्त्रीले दाबी गरे ।

यस्तै, सिँचाईका लागि तालतलैया, पोखरीलाई व्यवस्थापन गरी पानी सङ्कलन गर्ने योजना रहेको चौधरीले जानकारी गदिए । खानेपानीको समस्यलाई समाधान गर्न गाउँपालिकामा तीनवटा ओभरहेड ट्याङ्की निर्माणको काम लगत्तै सुरु हुने उनले बताए ।

सबैलाई शुभकामना मन्तव्य दिँदै विजयनगरका अधिकांश जनता कृषिमा आधारित भएकाले विजयनगरको शंकरपुर ताल कृषि सिँचाईका लागि महत्वपुर्ण रहेकोले पुर्वाधारको तयारीका लागि बुधवार कार्यक्रममा आउने क्रममा अवलोकन गरेको उनले बताए । त्यस तालमा सम्बन्धित नदी, नालाबाट पानी सङ्कलनको व्यवस्था गर्ने उनले बताए । यस्तै रुद्रपुर आरटिओ सडक खण्डलाई बजेट परी सकेकोले आउने वर्ष भित्र कालो पत्रे सडक बनि सक्ने ठोकुवा गरे ।

आउँदो आर्थिक वर्षभित्र वडा नं. १ को नेवलागञ्जको नदीमा पुल बन्ने पनि बताए । गाउँपालिकामा रहेको प्रहरी चौकीको भवन पनि यसै आर्थिक बर्षमा निर्माण गर्ने आश्वासन समेत व्यक्त गरे । दुधाधारी माध्यमिक विद्यालय गुगौलीमा चार कोठे भवन निर्माण साथै भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुरमा सिभिल इन्जिनियरिङ्ग सञ्चालन रहेकोमा प्रदेश सरकारसँग सहयोगका लागि पहल गर्ने बताए ।

गाउँपालिकामा अझै पनि स्तरीय अस्पताल, उच्च शिक्षाका लागि क्याम्पस नभएकोले यसका लागी प्रदेश सरकारले विचार गरिदिनु पर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । अझै पनि गाउँपालिकामा धेरै विकास निर्माणका काम बाँकी रहेको र गाउँपालिकाको बजेटले विकास निर्माणका कामहरु गर्न नसकिने हुदाँ प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको समेत थापाले उल्लेख गरे ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP