prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चर्चित 'डनहरु'को कहाँ के गर्दै छन् ...
चर्चित 'डनहरु'को कहाँ के गर्दै छन् ...
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ६, २०७६ बागेश्वरी पोस्ट
चर्चित 'डनहरु'को कहाँ के गर्दै छन् ...

काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।

राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् । केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् ।

धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् । नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी विश्वराज पोखरेल भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् । ‘अहिलेको सरकारले कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता र समानता राख्न तथा पद प्रतिष्ठा र सम्बन्ध, शक्ति र सम्पन्नता नहेरी काम गर्ने वातावरण सिर्जना गरिदिएको छ, त्यो नै सबै प्रकारको गुन्डागर्दी, तस्करी र कालोबजारीविरुद्धको सफलताको मूल आधार हो,’ प्रहरी प्रवक्ता पोखरेलले भने ।

तत्कालीन एमाले धादिङका उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा २१ साउन २०७१ मा मारिएपछि गुन्डा नाइकेहरू राजनीतिक संरक्षणमा रुमल्लिन थालेको प्रहरीका पूर्वअधिकारी बताउँछन् । चरी इन्काउन्टरको दुई वर्षपछि अर्थात् ३ भदौ २०७३ मा अर्का डन कुमार श्रेष्ठ (घैंटे) समेत मारिएका थिए । नेपाली कांग्रेस निकट गुन्डा नाइके भनेर चिनिएका उनलाई प्रहरीले राजधानीको कपुरधारामा इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ । यस्तै, १० फागुन २०७४ मा प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन तत्कालीन नेकपा एमालेका नेताहरूको संरक्षणमा रहेको बताइन्छ ।

उनले युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या गरेका थिए । घैैंटेले भने जीवन रक्षाको माग गर्दै मारिनुभन्दा एक महिनाअघि मात्रै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए । चरी र घैंटेलगायतको इन्काउन्टर विषयमा आयोगले अहिले पनि अनुसन्धान गरिरहेको बताउँदै आएको छ । चरी र घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि केही गुन्डा नाइके विदेश पलायन भएको प्रहरीले दाबी गरेको छ । सो दुई घटनापछि गुन्डा नाइकेले आफूलाई प्रहरीबाट असुरक्षित महसुस गरेको र सुरक्षित अवतरण खोजेको बताइन्छ । डनका रूपमा चर्चामा रहेका दीपक मनाङे हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सांसद भएका छन् । उनी मनाङको प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशको प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

उनी गत १९ असारमा (नेकपा)मा प्रवेश गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले नेकपा प्रवेश गराएका थिए । अर्का गुन्डा नाइके गणेश लामा पहिले राप्रपाको संरक्षणमा थिए । पछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बनेका उनी गच्छदार नेपाली कांग्रेसमा फर्किएपछि हाल कांग्रेस नेताकै रूपमा छन् । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा लामा कांग्रेसका तर्फबाट काभ्रे निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट नेपाली कांग्रेसका लागि उम्मेदवार बनेका थिए । हाल उनी गच्छदारकै निकट रहेर काम गर्दै आइरहेका छन् । हाल उनी निर्माण व्यवसायको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेका छन् ।

यस्तै, नेकपासँग निकट रहेका अर्का गुन्डा नाइके हुन् मिलन गुरुङ अर्थात् ‘चक्रे मिलन’ । उनले नेकपाका एक नेताकी श्रीमतीसँग भाइटीका नै लगाउने गरेका छन् । अर्का गुन्डा नाइके राजु गोर्खालीको सम्बन्ध नेकपाका नेताहरूसँगै भएको बताइन्छ । यस्तै, साजन महर्जनसमेत नेकपा निकट नै मानिन्छन् । यसैगरी, ललितपुरका गुन्डा नाइके मीनकृष्ण महर्जन, समीर केसी, काभ्रेका सञ्जीव लामा र अजयमान श्रेष्ठ, सुन्धाराका पूर्ण गुरुङ र सामाखुसीका महेश श्रेष्ठ कांग्रेस निकट मानिन्छन्। अर्का गुन्डा नाइके मनोज आचार्यको राष्ट्रिय जनता पार्टी नेपालसँग साँठगाँठ रहेको बताइन्छ । फिल्म निर्माता मधु श्रेष्ठ पनि प्रहरीको गुन्डा सूचीमा छन् ।

धादिङका गुन्डा मानिएका राधे भण्डारी पनि कांग्रेसका नेतासँग प्रत्यक्ष सम्बन्धमा छन् । चलचित्र क्षेत्र हुँदै राजनीतिमा लागेका अर्का गुन्डा नाइके रोज राणा हाल चलचित्र निर्देशक र निर्माताका रूपमा सक्रिय छन् ।श्रोत:राजधानी दैनिक।


प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP