नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लक्ष्मण थापा स्मृति कप फुटबलको उपाधि युएनबिसीलाई
लक्ष्मण थापा स्मृति कप फुटबलको उपाधि युएनबिसीलाई
RSG-2
लक्ष्मण बस्नेत
बुधबार, फागुन १२, २०७७ लक्ष्मण बस्नेत
लक्ष्मण थापा स्मृति कप फुटबलको उपाधि  युएनबिसीलाई

दाङ । दाङको तुलसीपुरमा संचालित नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को उपाधि युएनबिसी घोराहीले हात पारेको छ । नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको संयुक्त ब्यबस्थापनमा तुलसीपुर अरनिको मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेड युथ क्लब तुलसीपुरलाई १ का विरुद्ध ३ गोल अन्तरले पाखा लगाउंँदै युएनबिसीले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद १ लाख, कप मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको युनाइटेड उपबिजेतामा सिमित रहंँदै नगद ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा युएनबिसीका तर्फबाट खेलको १५ औंं मिनेटमा जर्सी नम्बर १० का एन्जस रोकाले पहिलो गोल गरे । त्यस्तै जर्सी नम्बर ७ का बिक्रम बिकले खेलको ३३ औं मिनेटमा गोल गरे भने ५६ औं मिनेट एन्जस रोकाले थप १ गोल गर्दै टिमलाई ३-१ को जित दिलाउन सफल भए । युनाइटेडका तर्फबाट खेलको ६६ औं मिनेटमा जर्सी नम्बर ७ सन्दिप बिकले जवाफी गोल गरे । जहांँनिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृति दिवसका अवसरमा प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, डिएन दाहाल, बिनोद बिक, सुरेन्द्र चौधरी र आदेश केसी रहनुभएको छ ।

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्ड अपनाउंँदै संचालन गरिएको प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको थियो । यसैवीच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष घनश्याम पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना मगर, नेपाल मगर संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगर, नेपाल मगर बुद्ध सेवा समाज लुम्बिनी प्रदेश उपाध्यक्ष बलभद्र कुसारीको बिशिष्ट आतिथ्यतामा भएको थियो ।

प्राबिधिक संयोजक इन्द्र पुनको स्वागत रहेको कार्यक्रममा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ युनाइटेड क्लबका सन्दिप बिक बेस्ट प्लेयर, एसएसएफए तुलसीपुरका निशान डांँगी राइजिङ प्लेयर, बेस्ट डिफेन्स युनएनबिसीका दिपेनसिंह ठकुरी, बेस्ट स्कोरर युएनबिसीका आकाश बुढामगर, मिडफिल्डर युनाइटेडका निशान न्यौपाने, बेस्ट स्टाइकर युनबिसीका एन्जस रोका, बेस्ट किप्पर युएनबिसीका जिनेश केसी, बेस्ट कोच युएनबिसीका सन्दिप ओली, बेस्ट टिम म्यानेजर युनाइटेडका प्रीति भण्डारी र फेयर प्लेय टिम नवलपुर फुटबल क्लबलाई घोषित गरिएको थियो ।

त्यस्तै सो अबसरमा १३ औं साग प्रतियोगितामा दाङ जिल्लाबाट नेपालको प्रतिनिधित्व गर्दै खोखो खेलमा मेडल दिलाउन सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको थियो । प्रशिक्षक उषा कंँवर मगर, रजत पदकधारी खेलाडी सुमित्रा चौधरी, कास्यपदक पदकधारी खेलाडी बेद बहादुर ओली सम्मानित हुनुभएको हो । नेपाल मगर संघ तुलसीपुर कमिटीका अध्यक्ष राम कुमार घर्तिले संचालन गर्नुभएको कार्यक्रममा मगर संस्कृति झल्कने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP