नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सिडियोलाई तत्काल जिल्ला छोड्न तरुण दलको चेतावनी
सिडियोलाई तत्काल जिल्ला छोड्न तरुण दलको चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २०, २०७६ बागेश्वरी पोस्ट
सिडियोलाई तत्काल जिल्ला छोड्न तरुण दलको चेतावनी

दोलखा । दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडियो) खगेन्द्रप्रसाद रिजालले ३ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न भन्दै लिएको एक लाख २५ हजार रुपैयाँ रकम फिर्ता गरेको अभियुक्त र उनका आफन्तले दाबी गरेका छन्।

प्रजिअ रिजालले बिहीबार दिउँसो छुट्टाछुट्टै २ घटनाका ३ जना अभियुक्त र उनीहरूका आफन्तलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई आफ्नै क्वाटरमा लगेर पैसा फिर्ता गरेको अभियुक्तले दाबी गरेका हुन्।

बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोप लागेका कालिञ्चोक गाउँपालिका–१ का बाबु/छोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङले प्रजिअ रिजालले आफूहरुबाट लिएको घुस फिर्ता गरेको बताएका हुन् ।

रिजालले मंसिर १७ गते १४ हजार रुपैयाँ धरौटी रसिद काटेर लिएको र बाँकी ३५ हजार रकम बिनारसिद लिएर घर्रामा राखेको समेत बाबु/छोराको आरोप छ ।

त्यस्तै जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानले पनि प्रजिअ रिजालले आफूबाट लिएको घुस फिर्ता गरेको बताएका छन् । धरौटीमा रिहा गर्न भन्दै रिजालले एक लाख रुपैयाँ लिएर १० हजार रुपैयाँको धरौटी रसिद दिएको उनको भनाइ छ ।

प्रजिअ रिजालमाथि उदिम, इन्द्रबहादुर र कुमारलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोप लागेको छ । योसँगै उनी विवादमा तानिएका छन् ।

तर प्रजिअ रिजालले प्रक्रियागत त्रुटि भएको बताएका छन्। अभियुक्तबाट पीडित भएकाहरूको उपचार माग दाबी आएमा क्षतिपूर्ति भुक्तानी दिन उक्त रकम राखिएको दाबी गरेका छन् ।

रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग दोलखाका जिल्ला प्रतिनिधि समेत हुन् ।

यता प्रतिवादीबाट कार्यकक्षमै घुस मागेर विवादमा तानिएका रिजालविरुद्ध चरिकोटमा तरुण दलले शुक्रबार प्रदर्शन गरेको छ। प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गर्दा प्रजिअ रिजालले प्रतिवादीका परिवारबाट सवा लाख रुपैयाँ लिएको घटना सार्वजनिक भएपछि दलले चरिकोटमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी तरुण दलका नेता/कार्यकर्ताले रिजाललाई तत्काल जिल्ला छोड्न चेतावनी समेत दिएका छन् । उनीहरुले सिडियो रिजाललाई कारबाही गर्न समेत सरकारसँग माग गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP