prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा प्यानल बनाउनै सकस
कांग्रेसमा प्यानल बनाउनै सकस
RSG-2
छापाबाट
मंगलबार, मंसिर २१, २०७८ छापाबाट
कांग्रेसमा प्यानल बनाउनै सकस

काठमाण्डौ । कांग्रेसको महाधिवेशन सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुंगो लागेको छैन । संस्थापनइतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने निर्क्योल भएको छैन ।

paribartan 1

समूह बनाउन सोमबारदेखि निर्णायक गृहकार्य थालेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् । प्रदेश १ र झापा जिल्ला अधिवेशनमा देउवा–सिटौला गठबन्धन सफल बनेको छ । ६ वटा प्रदेशमा भएको अधिवेशनमा देउवा–सिटौलाका चार र रामचन्द्र पौडेल पक्षका दुई सभापति छानिएका छन् ।

महाधिवेशनमा बाँकी समूह एक भए आफूमाथि जोखिम बढ्ने बुझाइमा देउवाले सिटौलासँग महाधिवेशनमा पनि सहकार्य गर्न चाहेका हुन् । देउवाले उपसभापति विमलेन्द्र निधि अलग्गिएपछि क्षतिपूर्तिका लागि सिटौलालाई आफ्नो टिमबाट उपसभापतिमा अघि सार्न चाहेका छन् । विभिन्न पदाधिकारीमा आफ्नै विश्वासपात्रलाई अलग्याएर सिटौला समूहलाई अटाउन देउवाका लागि सहज भने छैन । मधेसको भावना र टिमका आकांक्षीको व्यवस्थापन गरेर अघि बढ्न उनलाई चुनौती नै रहेको नेता रमेश लेखक बताउँछन् । ‘अर्को पक्षलाई टाउको मिलाउनै समस्या छ, संस्थापन पक्षलाई अंग मिलाउन समस्या हो,’ उनले भने ।

देउवा पक्षमै रहेका उपसभापति विजय गच्छदारले त्यही पदमा दोहोरिन चाहेका छन् । महामन्त्री पूर्णबहादुर खड्काको दाबी उपसभापतिमा छ । सिटौला उपसभापतिमा उठ्न तयार भए देउवाले गच्छदार र खड्कामध्ये एक जनालाई रोज्नुपर्नेछ । त्यस्तो अवस्थामा भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारलाई बाहिर राख्न देउवाले मनाउन सक्ने संस्थापनपक्षीय अर्का एक नेताले बताए ।

सिटौला उपसभापतिमा नउठे उनले महामन्त्रीमा प्रदीप पौडेललाई अघि सार्ने सम्भावना छ । त्यसो त सिटौलालाई छाडेमा पौडेललाई सहमहामन्त्री दिने मनस्थितिमा संस्थापनइतरको मनस्थिति छ । अहिले महामन्त्रीकै तयारी गरिरहेका पौडेल भने सिटौलाको निर्णय नआउँदासम्म स्पष्ट नबोल्ने पक्षमा छन् । 

महामन्त्रीका लागि देउवा पक्षबाट गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टीका सहमहामन्त्री प्रकाशरण महत, केन्द्रीय सदस्यहरू एनपी साउद र रमेश लेखकले दाबी गर्दै आएका छन् । महामन्त्री घोषणा गरेर अघि बढेका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि देउवाले आफ्नै टिममा ल्याउन खोजेका छन् । साउद र शर्माले महामन्त्री भन्दा तलको पदमा प्रतिस्पर्धा नगर्ने बताउँदै आएका छन् । ‘युवा अनुहार देखाउनका लागि पनि विश्वप्रकाश माने उनलाई सहमहामन्त्री दिएर आफ्नो टिममा राख्न सभापतिजीले खोजिरहनु भएको छ,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यतिबेला एनपी र रमेशले के गर्छन् भन्न सकिँदैन ।’

सिटौला पक्षका नेता प्रदीप पौडेल अहिल्यै कता जोडिने भन्ने तय भइनसकेको बताउँछन् । संस्थापन बाहेक समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन् । प्रदेश अधिवेशनको परिणामपछि साझा उम्मेदवार तय गर्न उनीहरूमा दबाब बढेको छ । साझा उम्मेदवारीका विषयमा पौडेल निवास बोहोराटारमा सोमबार साँझ बसेको उनीहरूको छलफल निष्कर्षमा पुग्न सकेन ।

संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताले भने साझा उम्मेदवार छिटो टुंगो लगाउन नेतृत्वलाई निरन्तर दबाब दिइरहेका छन् । युवा नेताले सोमबार पनि संयुक्त र छुट्टाछुट्टै भेटेर उनीहरूलाई दबाब दिएका थिए । महामन्त्री कोइरालाले साझा उम्मेदवार बन्ने अवस्था बने आफू पछि हट्ने संकेत दिएका छन् । पौडेल, सिंह र शेखर भने एकले अर्कालाई छाड्ने ठाउँमा आइनपुगेको नेताहरूको भनाई छ ।

पौडेल पक्षमा भने सभापतिको उम्मेदवार नै तय नहुँदा पदाधिकारीमा प्रतिस्पर्धा गर्न खोजिरहेका नेता अन्योलमा छन् । सभापतिमा को र कति जना उम्मेदवार हुने भन्नेले पदाधिकारीमा उम्मेदवारी निर्धारण गर्ने नेता बलबहादुर केसीले बताए । उपसभापतिमा उनीसहित अर्जुननरसिंह केसी, रामशरण महत, महेश आचार्य, चन्द्र भण्डारीको दाबी छ । महामन्त्रीमा गगन थापा निर्विकल्प जस्तै छन् भने मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी छन् ।

नेता केसीले मंगलबार पनि आकांक्षीहरूलाई मिल्न दबाब दिने बताए । ‘एक हुन सकेनौं भने सबै स्वाहा हुने हो, त्यति त बुझेका होलान्, सबै अटाउने र एक हुने ठाउँमा पुर्‍याउन खोजिरहेका छौं,’ उनले भने, ‘कांग्रेस बचाउने र हामी पनि बच्ने हो भने जे–जे गरेर मिलाउन सकिन्छ, त्यो गरेर मिलाउनैपर्छ भन्नेमा छौं ।’

समावेशी कोटा अनुसार कांग्रेसले ८ जना सहमहामन्त्री छान्दै छ, जसमा युवा नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । देउवाले खस–आर्य कोटाबाट सहमहामन्त्रीमा प्रवक्ता शर्मादेखि साउद र लेखकलाई समेट्न खोजेका छन् । देउवाले दलित कोटाबाट मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मामध्ये एक जनालाई सहमहामन्त्रीमा अघि सार्न खोजेका छन् । उनले मधेसी कोटाबाट महेन्द्र यादव, आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे, महिलाबाट डिना उपाध्याय, थारूबाट सिटौलानिकट उमाकान्त चौधरी वा आफूनिकट रामजनम चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सहमहामन्त्रीमा उतार्न खोजेका छन् ।

आङ्देम्बेले सोमबार नै सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सोही पदमा महिला नेत्री सीता गुरुङले पनि दाबी गरेकी छन् । आदिवासी जनजाति विभाग प्रमुख र यसअघि विभिन्न क्षेत्रमा रहेर काम गरेको अनुभवका आधारमा आफू महिलामा नभएर आदिवासी जनजाति कोटाबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्न खोजेको उनको भनार्इ छ । ‘पदाधिकारीमा पनि ३३ प्रतिशत महिला चाहिन्छ भन्ने मुद्दा बोकेका कारण पनि सहमहामन्त्रीमा मेरो दाबी छ,’ उनले भनिन् । संस्थापन पक्षबाट महिला सहमहामन्त्रीमा डिला संग्रौलाले उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

महामन्त्रीमा दाबी गरेका नेता धनराज गुरुङलाई पौडेल समूहले आदिवासीतिरको सहमहामन्त्रीमा राख्न चाहेको छ । पिछडिएको क्षेत्रमा यो समूहमा निर्विकल्प जस्तै रहेका बद्री पाण्डेले केही दिनअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । महिलाबाट कमला पन्त र सरिता प्रसाईंमध्ये एक जना र दलितबाट जीवन परियारलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने पौडेल पक्षको तयारी छ । मुस्लिम कोटाको सहमहामन्त्रीका लागि भने पौडेल पक्षमा उम्मेदवार नै देखिएको छैन । देउवा पक्षबाट चुनाव जितेका रूपन्देहीका जिल्ला सभापति अब्दुल रजाकलाई आफ्नो पक्षमा ल्याएर सहमहामन्त्रीको उम्मेदवार बनाउने रणनीतिमा पौडेलपक्षीय नेताहरू लागिरहेका छन् । मधेसी कोटाबाट रामकृष्ण यादव र थारू कोटाबाट टीएल चौधरी चर्चामा छन् । कान्तिपुर दैनिक


प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP