prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • नारीहरु पुरुष सरह स्वतन्त्र हुन जरुरी छ
नारीहरु पुरुष सरह स्वतन्त्र हुन जरुरी छ
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २४, २०७८ बागेश्वरी पोस्ट
नारीहरु पुरुष सरह स्वतन्त्र हुन जरुरी छ
शोभा सुवेदी केसी

हरेक बर्ष मार्च ८ का  दिनमा बिश्वभरी महिलाहरुको सम्मानमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । आजको दिन नारीको त्याग र समाजप्रतिको वलिदानका लागि महिलाहरुलाई प्रेम, प्रशंसा, आदर र सम्मान गर्ने दिनका रुपमा संसारभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिँदै आइएको छ ।

nepalgunj 081-082

नारीहरु पहिला छोरी अनि पछि दिदि-बहिनी, श्रीमती, बुहारी, आमा र हजुरआमा आदिका रुपमा आफ्नो हरेक इच्छा आकांंक्षाहरुलाई पछि सारेर परिवारको उन्नतिका लागि हरपल प्रयासरत रहन्छन् । घरपरिवार  लगायत समाजका साथै राष्ट्रको प्रगतिमा नारीले सधैं महत्त्वपूर्ण भूमिका निभाउंदै आएका छन् ।

तर, परापूर्वकालदेखि नै बिश्वभर नारीहरु सधैं पछाडि पर्दै आएको देखिएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने महिलाहरुको अवस्था अत्यन्त दयनीय छ । जनसंख्याको आधारमा आधा भन्दा बढी संख्या ओगटेका नारीहरु अझै पनि दाइजो प्रथा, घुम्टो प्रथा, बिधवा प्रथा, छाउपडी प्रथा आदि जस्ता कुरितीहरु झेल्न बाध्य र बिवश हुँदै आएका छन् । नेपालको परिस्थितिलाई हेर्ने हो भने धेरैजसो महिलाहरु अझै पनि भात-भान्सा मेलापात, घाँस-दाउरामै सीमित रहँदै आएका छन् । 

तर पनि समय र परिस्थितिसँगै समाज परिवर्तन हुँदै आएको छ । समय परिवर्तनसँगै सती प्रथा जस्तो अमानवीय प्रथाहरु र सधैँ बिधवा भनेर समाजलाई परिचय दिइरहनु पर्ने प्रथाहरु उन्मूलन भई बिस्तारै महिलाहरुको स्थितिमा सुधार आएर  छोरीहरु पनि विद्यालय जाने र शिक्षा हासिल गर्ने अवसर पाइएको छ ।  उच्च शिक्षाका लागि विदेश वा स्वदेशमै पठनपाठन गरिरहेको अवस्था रहँदै आएको पनि छ ।

चुलो-चौकाको काममा मात्र सीमित नरही बाहिर अथवा विभिन्न सेवाका कार्यालयको कार्यहरु पनि गर्न महिलाहरु अहिले सक्षम हुँदै आएका छन् ।

यसकारण, आजका महिला आश्रित नारी नभई सबै काम गर्न सक्षम, सबल, स्वतन्त्र र आत्मनिर्भर भएर अगाडि बढेको अवस्था छ । विभिन्न ठाउँहरुमा रहेका महिलाहरुभित्र लुकेका प्रतिभाहरु बिस्तारै अगाडि आइरहेका छन् । विश्व कीर्तिमानी कार्यहरु सफलताका साथ गर्न सकिरहेका महिलाहरु समय परिवर्तनसँगै आफू पनि परिवर्तन हुँदै गएका छन् । यसो भन्नूपर्दा आजका महिलाहरु आफ्नो भबिष्य कोर्न आफैँ सक्षम बन्दै गएका छन् ।

विस्तारै-बिस्तारै विश्वभरी नै नारी उत्थानका लागि धेरै प्रशंसनीय तथा प्रभावकारी कदमहरु अघि बढिरहेको अवस्था छ ।

नेपालमा विभिन्न समयमा महिला अधिकारका लागि सकारात्मक गोरेटाहरु अगाडि बढेका छन् । तर, अझै पनि धेरै गर्न बाँकि छ ।

चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसा र सामाजिक कुरितीहरुलाई सकेसम्म चाँडो उन्मूलन गर्न जरुरी देखिन्छ ।

नारी दिवसको दिनमा मात्र नारा-जुलुस गरेर हामी नारीहरुको उत्थान कहिले हुँदैन । स्वदेश र विश्वभर घर-घरबाट  नारीहरु पुरुष सरह स्वतन्त्र हुन जरुरी छ । आबश्यकतामा मात्र निर्भर भएर सफलताका लागि कदम उठाउन सक्नु आजको नारीहरुको मुख्य उद्देश्य हो । यति मात्रै नभई नारी-पुरुषहरुको छुट्टाछुट्टै अधिकारको अन्त्य भएमा मात्र नारीको सम्मान हुन्छ । सबैलाई नारी दिवसको शुभकामना ।                                   

शोभा सुवेदी केसी/नेपालगन्ज 


प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP