prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तुलसीपुर उपमहानगरपालिका स्थित गुहार खोलाको सार्बजनिक जग्गा आफू खुसी बिक्री वितरण गर्दै
तुलसीपुर उपमहानगरपालिका स्थित गुहार खोलाको सार्बजनिक जग्गा आफू खुसी बिक्री वितरण गर्दै
banijya office
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ३, २०७६ बागेश्वरी पोस्ट
तुलसीपुर उपमहानगरपालिका स्थित गुहार खोलाको सार्बजनिक जग्गा आफू खुसी बिक्री वितरण गर्दै
फाइल तस्बिर

खेमराज रिजाल, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका स्थित गुहार खोलाको सार्बजनिक जग्गा आफू खुसी बिक्री वितरण भइरहेको छ। यस्तो हुँदा पनि स्थानीय निकाय मौन झै बसेको छ। भूमिहिनका नाममा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ जगतागाउँ नजिक ग्वारखोला पुल उत्तरदक्षिणको करिव १ सय विगाहा जति जग्गा अतिक्रमण र वेचबिखन सुरु भएको छ । यसअघि भोगचलन गर्दै आएका चौधरी समुदायका केही अगुवाहरुले त्यहा जग्गा अतिक्रमण संगै आफुखुसी विक्रम वितरण समेत गर्न थालेका छन् ।

nepalgunj 081-082
सार्वजनिक जग्गा संरक्षणको दायित्व बोकेको स्थानीय सरकार भने मौन बस्दै आएको छ । आर्वजनिक जग्गा वेचविखन हुनुका साथै त्यस स्थानमा पक्कि संरचना निर्माण भइरहंदा समेत स्थानीय सरकार रमिते मात्रै बनेको छ । कतिपयले मिलोमतोको आशंका पनि व्यक्त गरेका छन् । जगतागाउंदेखि–तुलसीपुरको महेन्द्र हाईस्कुल पुग्ने पक्कि पुल निर्माण संगै करिव ८० विगाहा जग्गा अतिक्रमण भइसकेको छ ।तर त्यसक्षेत्रमा घर निर्माण गरिरहेका स्थानीयले भने उक्त जग्गा आफुहरु बर्षौंदेखि उपभोग चलन गर्दै आएको दाबी गरे । पक्कि पुल निर्माण र तटवन्ध समेत निर्माण भएसंगै त्यहां भूमाफियाहरुको समेत चलखेल सुरु भएको छ । सरकारी ऐलानी जग्गालाई प्रतिहातको भाउमा विक्रिवितरण समेत हुन थालेको छ । भोगचलन गर्दैआएको दावी गर्ने कतिपय चौधरी समुदायले गाउँले मिलेर जग्गा भाग वण्डा गरेको बताए । उनीहरुले आफुहरुको अन्यत्र कतैपनि जग्गा नभएको हुँदा बाध्यताले बगरको जग्गालाई आश्रयस्थल बनाउन थालेको दाबी गरे ।

पुलको उत्तरदक्षिण क्षेत्रमा रहेको सो जग्गामा तुलसीपुर उपमहानगरपालिकाले भविस्यमा औद्योगिक क्षेत्र निर्माण गर्ने प्रस्ताव समेत गरेको जग्गा हो । औद्योगिक क्षेत्र निर्माण गर्न सो जग्गा उपयुक्त समेत छ । तर उक्त जग्गा स्वघोषित भूमिहीन र भूमाफियाका नाममा अतिक्रमण र वेचविखन सुरु भएको छ । अतिक्रमण बढ्दै गएपछि स्थानियबासीले सार्वजनिक जग्गा संरक्षण गरीपाउ भनी तुलसीपुर उपमहानगरपालिका संग गुहार समेत मागेका छन् ।गाउँलेको आवेदनमा मेयर घनश्याम पाण्डेले तोक लगाउंदै जग्गा संरक्षणको आवस्यक कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्र समेत लेखेका छन् । प्रमुख प्रशासकीय अधिकृतले पनि प्रशासन शाखालाई आवस्यक कारवाहीका लागि पत्राचार गरेका थिए । भदौ ३० गते पत्रमा तोक लगाएपनि सो स्थानको जग्गा खरिदविक्रि भने अझैं रोकिएको छैन । वडा अध्यक्ष भूपबहादुर केसी समेत यो विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन् ।

पटक÷पटक सञ्चार माध्यमहरुमा समाचार आएपनि स्थानीय सरकार अझै निर्णय विहिन अवस्थामा रहेको छ । अतिक्रमणकारीहरु भने तुलसीपुरकै पातुखोलामा रातारात बजार बसेको अवस्थामा ग्वारखोलामा आफुहरु बस्न पाउने अडानमा छन् ।

पुलको उत्तरपट्टी भर्खरै पक्कि ईट्टाको भवन निर्माण हुंदै छ। कम्तिमा १० कठ्ठा आफ्नो बटामा परेको रीता चौधरीले दावी गरेकि छिन् । ‘विसं २०५० शालदेखि यो जग्गा भोगचलन गर्दै आएका थियौं, अहिले तटवन्ध र पुल निर्माण भएसंगै घर पनि यतै बनाउन थालेको हो’– चौधरीले भनिन्,’– हामी जग्गा विहीन सुकुम्वासी हौं।’

तर भूमिहिनका नाममा उनलाइ यो जग्गा उपभोग र स्थायी संरचना निर्माण गर्न स्थानिय सरकारले अनुमति भने दिएको छैन । रीता जस्तै राजकुमारी चौधरीले पनि आफु २२ बर्षदेखि सो जग्गामा बस्दै आएको दावी गरिन ।उनले त्यहाँ रेष्टुरेन्ट समेत  सञ्चालन गर्दै आएकी छन् । पुलको दक्षिणपट्टी पनि केहि पक्कि संरचना निर्माण भइसकेका छन् । पुल निर्माण संगै त्यहांको जग्गा उपभोग गरीरहेका चौधरी समुदायले पहाडियालाई जग्गा विक्रि समेत गर्न थालेका छन् । प्रतिहातको दुईलाखदेखि ४ लाख रुपैया सम्ममा विक्रि भइरहेको जानकारहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु मगरले यो विषयमा कार्यपालिका बैठकले समेत अतिक्रमण हटाउने निर्णय गरिसकेको बताएका छन् । सो विषयमा वडा कार्यालयमा पनि पत्राचार भइसकेको उनले बताए । ‘त्यो राज्यको संपत्ति हो स्वघोषित व्यक्तिले भूमिहिनका नाममा जग्गा कव्जा गर्न मिल्दैन, राज्यले भुमिहिनलाई कहां जग्गा उपलव्ध गराउने, त्यो पछि हुनेछ’– सारुले भने ।

स्वघोषित भूमिहिनका नाममा कुनैपनि सार्वजनिक जग्गा अतिक्रमण गर्ने अधिकार कसैलाई पनि नहुने उनले स्पष्ट पारे ।
तुलसीपुरका मेयर पाण्डेलेपनि उपमहानगरपालिकाले सार्वजनिक महत्वका परियोजना सञ्चालनको खाका बनाइसकेको हुँदा थप संरचना निर्माण नगर्न समेत संबन्धित सरोकारवालालाई आग्रह गरिसकेको छ । केही दिनभित्रै बनेका संरचना हटाउने र वास्तविक सुकुम्वासी र भूमिहिनहरुलाई सरकारले चांडै व्यवस्थापन गर्ने पनि नगर प्रमुख पाण्डेले बताए ।

अतिक्रमण हटाउँछौं प्रमुख जिल्ला अधिकारी
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भूमिहीनका नाममा कसैले पनि स्वघोसित सुकुम्वासी बनेर जग्गा कव्जा गर्न नमिल्ने बताएका छन् । यो विषयमा तुलसीपुर उपमहानगरबासीको चासो र कार्यपालिकाको समेत चासो भएकाले तत्काल निर्माण गरिएका संरचना हटाइने उनले बताए ।

त्यसमा स्थानीय सरकारसंग समन्वय भइरहेको पनि उनले जानकारी दिए । ‘स्थानीय सरकार जागरुक हुन आवस्यक छ, जनप्रतिनिधिको रोहवरमा हटाउन सके राम्रो हो, अन्यथा प्रशासनले पनि हटाउन सक्छ’—प्रमुख जिल्ला अधिकारी रिजालले भने । स्थानिय सरकारले औद्योगिक क्षेत्रका रुपमा प्रस्ताव गरेका जग्गामा अतिक्रमण हुन नहुने भन्दै यदि त्यस्तो भएको भए स्थानीय सरकारको समन्वयमा तत्काल हटाउन प्रहरी प्रशासन तयार भएको बताए ।

सरकारी जग्गा अतिक्रमण हटाउने जिम्मा प्रशासन र प्रहरीको पनि हो । ‘अतिक्रमण हटाउने प्रहरीको दायित्व हो, तर स्थानीय जनप्रतिनिधिको रोहवरमा त्यो काम भए विवाद रहित हुन सक्छ’, प्रजिअ रिजालले भने ।


प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १०:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP