prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने
नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ६, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । 

नरैनापुर गाउँपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धि अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत् विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धि जानकारीका साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकाले उक्त पोर्टल सञ्चालनका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए ।

कार्यशालालाई सहजीकरण गर्दै आइ.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्व तयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न तथा स्थानीयस्तरमा निर्णय लिन र नीति बनाउन समेत मद्दत पु¥याउने बताए । उनले पोर्टल सञ्चालनका लागि आफूहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यशालामा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जल विज्ञान र मौसम सम्बन्धि जोखिमहरु भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने बताए । उनले गाउँपालिकासंग सहकार्य गरेर वडा स्तरबाट तथ्यांक संकलन गरी दुई महिनाभित्रै पोर्टल सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी गराएका थिए ।

पोर्टल सञ्चालनमा ल्याउनका लागि एसडीएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मानन्धर र रोजिना ढकालले प्रकोप सम्बन्धि कागजात, स्थानीय, वार्ड र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजना सम्बन्धि डाटा र जानकारी एकीकृत गर्न पोर्टल सञ्चालनमा ल्याउन जरुरी रहेको बताउँदै पोर्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपदमा कार्य गरिरहेका सङ्घसंस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्कले गाउँपालिकाको रणनीति योजना बनाउन सहज हुने बताए । उनले पोर्टल सञ्चालनमा आइसकेपछि सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष जयन्तीदेबी श्रीवस्तव, प्रमुख प्रशासकिय अधिकृत खराल, वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, विपद् शाखाका प्रमुख लक्ष्मीकान्त शर्मा लगायत उपस्थित थिए । 
 


प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP