नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बिगतमा कस्ले कति काम गरे ? समिक्षा गरेर मत दिनुस : दीपक गिरी
बिगतमा कस्ले कति काम गरे ? समिक्षा गरेर मत दिनुस : दीपक गिरी
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २९, २०७९ बागेश्वरी पोस्ट
बिगतमा कस्ले कति काम गरे ? समिक्षा गरेर मत दिनुस : दीपक गिरी

तुलसीपुर  । दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले बिगतमा गरेका कामलाई मूल्यांकन गरेर मत दिन मतदातालाई आग्रह गरेका छन् । मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गिरीले भने, ‘इतिहासमा कसले के–कति काम गरे, म आफू पनि मन्त्री हुँदा पनि जिल्लामा विकासका कामहरु कति भए बुझ्नुस् तब मात्र मत दिनुस् ।’

त्यस्तै उनले वली सरकारले मुलुकको राष्ट्रियता र संविधानलाई धरापमा पार्न खोजिरहँदा यसको रक्षाका लागि गठबन्धन बनेको तर्क गरे । उनले भने, ‘जतिबेला म तपाईंहरुको अभिमतले मन्त्री थिएँ, त्यो बेला दाङको मुहार बदल्ने पर्यत्न गरे, धेरै बोरिङ, तटबन्धनका कामहरु भए, ती पर्याप्त भएनन्, किसानहरुकै सहजताका लागि बृहत सिंचाई आयोजना तुलसीपुरमा स्थापना गरें, जसका कारण आज ती किसानहरुले सिन्चित गर्न पाइराखेका छन् ।’ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथ पूर्व मन्त्री समेत रहेका गिरीले जिल्लामा धुलाम्य सडक कालोपत्रे गर्ने, जलासय, खानेपानी, महिला तथा युवाहरुलाई स्वरोजगारका कार्यक्रमहरु संघिय सरकारबाट बजेट बिनियोजन गरेर योजनाबद्ध तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले चमेरीगुफा/खुमखानीको क्षेत्रलाई पर्यटकीय स्थल बनाउन जरुरी रहेको बताउँदै सबैभन्दा पहिलो सबै बाटो कालोपत्रे गरेर बाह्य पर्यटकहरु आउने गरी यसको विकास गर्ने समेत बताए ।

कार्यक्रममा दाङ क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली बहादुर चौधरीले तुलसीपुरलाई नामको मात्र उपमहानगरपालिका बनाइएको तर्क गरे । ‘पहिलेका मेयरले ऋणको भारी बोकाएर जानुभो, अहिले त सबै पैसा सकिएपछि सुत्केरी भत्ता समेत रोकिएछ ।'

चौधरीले भने, ‘नेता धनी बन्ने जनतालाई गरिब बनाउन काम भयो, चिन्ता नगर्नुहोस् अब हामीले यस ठाँउलाइ बिकास गरेर देखाउछौँ ।’ उनले प्रतिपक्षले स्मार्ट सिटी र पानी जहाज जस्ता ठुलो सपना नदेखाई विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने धारणा राखे ।  साथै उनले प्रदेश सरकनरबाट बजेट बिनियोजन गरेर खाद्रेदेखि खुमखानीसम्म जाने  सडकलाई कालोपत्रे गर्ने बताए । 

नेपाली कांग्रेस तुलसीपुर ४ का सभापति नन्दलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ का समानुपातिक पदका उम्मेदवार देबिका नेपाली, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शेसुराम भण्डारी, माओवादी केन्द्र तुलसीपुर नगरका काबा अध्यक्ष मोहन थापा लगायतले मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका थिए । उक्त कार्यक्रम सहजीकरण नेपाली कांग्रेस तुलसीपुर नगरका सदस्य  कृष्ण खड्काले गरेका थिए ।  त्यस कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 

यसैबीच मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को कट्कुइँया, जुम्लेकुला, तुलसीपुर ३ रानागाउँ लगायतका स्थानमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएका छन् ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २१:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP