prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
banijya office
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २४, २०८२ बागेश्वरी पोस्ट
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता

कोहलपुर (बाँके) । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेकी छन् । इलाका प्रहरी कार्यालय कोहलपुरमा आज विहान आयोजित कार्यक्रममा एक साता अघि मात्र सरुवा भएर आएकी डिएसपी खनालले संगठनको सिस्टम अनुसार आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । 

nepalgunj 081-082

पत्रकारहरुसंग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताएकी खनालले कानुन पालना गराएर शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा अमनचयन कायम गर्ने दिशामा दत्तचित्त भएर लाग्ने बताइन् । डिएसपी खनालले केन्द्रिय समाचार कक्षमा दुई बर्ष काम गरेको बताउँदै पत्रकारहरुसंग साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता जनाइन् । समाजमा प्रहरी र पत्रकारको लक्ष्य र उद्देश्य एउटै भएको बताउँदै उनले भूमिका मात्रै फरक रहेको उल्लेख गरिन् । खनालले पत्रकारको काम सुसूचित गर्ने र प्रहरीको काम कानुन पालना गराउने रहेको भन्दै भूमिका मात्रै फरक रहेको बताइन् । 

May be an image of 5 people and text

डिएसपी खनालले पत्रकारहरुबाट आफूलाई सहयोग रहने विश्वास ब्यक्त गरिन् । उनले कोहलपुर क्षेत्रमा हुने लागूऔषध दुब्र्यसन, सडक दुर्घटना, साइवर क्राइम, घरेलु हिंसा लगायतका घटनाहरुको अध्ययन गरिरहेको जानकारी दिँदै समाजमा कसरी नागरिकमैत्री कार्यक्रम लिएर जान सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढ्ने बताइन् । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकाहरुको सूचनामा सहज पहुँच हुनुपर्ने र प्रहरी प्रशासन मिडियामैत्री बन्नुपर्नेमा जोड दिए । प्रहरी र मिडियाबीच आपसी विश्वास, सहकार्य र पारदर्शिता आवश्यक रहेको भन्दै गिरीले प्रशासकहरु मिडियामैत्री बन्नुपर्ने बताए । राम्रो कामको प्रशंसा हुने भन्दै उनले खराब हुँदा मिडियाले खबरदारी गरिरहने बताए । "राम्रो काम हुँदा हामी प्रशंसा गर्छौं तर अति प्रंशसा गर्दैनौं, खराब भए निन्दा पनि गर्छौं तर अति निन्दा गर्दैनौं,' उनले भने । प्रशासकहरुमा दम्भ र इगो देखिए समस्या निम्तिने उनको भनाई छ । प्रहरी संगठन नागरिकको भरोसा बनिरहनुपर्नेमा उनको जोड छ । 'प्रहरी मेरो साथी', 'मुस्कान सहितको सेवा' जस्ता नारालाई ब्यवहारमा लागू गर्न प्रहरी प्रतिबद्ध हुनुपर्ने गिरीले बताए ।  

May be an image of 8 people and text

कार्यक्रममा पत्रकारहरु विष्णु बेल्वासे, हेमन्त विक, प्रदिप वाग्ले, प्रियास्मृति ढकाल, प्रमोद रिजाल, पुष्पराज हमाल, कुशल दलामी, कपिल अञ्जान, रवि रोकाय लगायतले सुझाब दिँदै सहज, छिटोछरितो सूचना प्रवाहमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक हरि भट्टराईले गरेका थिए ।

May be an image of 14 people and people studying


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP